“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
भक्तपुर, १२ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाली शासक दलका नेताहरूको कारण विदेशमा नेपालको छवि धमिलिँदै गएको बताउनुभयो ।
शनिबार बाल विकास सेकेन्डरी स्कूलको ३२ औँ वार्षिकोत्सव कार्यक्रममा बाल विकास स्कूलको बुलेटिन ‘दी दन’ को अड्ढ ३६ विमोचन एवम् कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष रोहितले शासक दलका नेताहरू देशको हितमा भन्दा पदको लागि झगडामा लागेकाले देशले दुर्दशा भोग्नु परिरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै आफ्नो योग्यताभन्दा माथिल्लो पदको अपेक्षा नगर्ने संस्कार सिकाउनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “राजनीतिले अभिभावकमा नकारात्मक प्रभाव पारेकोले आफ्ना नानी–बाबुहरू राजनीतिबाट टाढा रहून् भन्ने धारणा रहेको हुँदा विद्यालयले यो भ्रम चिर्नको लागि आवश्यक गतिविधि गर्नु आवश्यक छ ।”
उहाँले आर्थिक अवस्था सबल भएका अभिभावकहरूले आफ्ना छोराछोरी जागिरेभन्दा पनि देशका सेवक बनून् भन्ने सोच राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईंले सरकार शिक्षाको दायित्वबाट पछि हटिरहेको चर्चा गर्दै सरकारले सहयोग नगरे पनि अभिभावक तथा स्थानीय समाजसेवीहरूको सहयोगले विद्यालयले कम शुल्कमा कामदार वर्गका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
अतिथि पोषणविद् डा. अरूणा उप्रेतीले बालबालिकाको आहारमा अभिभावकले विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।
सानो बेलामा आहारमा ध्यान दिन नसक्दा युवा अवस्थादेखि नै उनीहरूमा विभिन्न नसर्ने रोगको जोखिम बढेको चर्चा गर्दै उहाँले बालबालिकालाई बजारिया खाना–खाजा दिने भनेको रोगको पोको दिनु सरह भएको बताउनुभयो ।
डा. उप्रेतिले भन्नुभयो, “हाम्रा पुर्खाहरूले चलाएका खानेकुराहरूको प्रचलन तथा परिकार पौष्टिक हिसाबले निकै वैज्ञानिक र स्वस्थकर रहेको छ । बजारिया खानेकुरा बालबालिकाका लागि विष समान हुने भएकोले बालबालिकालाई बजारिया खानादेखि टाढा राख्नुपर्छ ।” अभिभभावक प्रतिनिधि डा. सुमिता चोलेखोले विद्यालयले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा खुसी व्यक्त गर्दै विद्यालय र अभिभावकको निरन्तरको सहकार्यले बालबालिकाको सुन्दर भविष्य निर्माण हुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति मोहनप्रसाद प्रजापतिले बहुसङ्ख्यक कामदार जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गरी शिक्षित र समुन्नत समाज निर्माण गर्न समुदायको सामूहिक प्रयासमा विद्यालय स्थापना भएको बताउनुभयो ।
शिक्षिका सीता प्रजापतिले स्वागत गर्नुभएको उक्त कार्यक्रममा शिक्षकद्वय शड्ढर आचार्य र मनिषा श्रेष्ठले पनि बोल्नुभएको थियो
कार्यक्रममा प्ले–गु्रपदेखि कक्षा तीनसम्मका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।
Leave a Reply