भर्खरै :

जिल्ला जिल्लामा स्तालिन र माओ दिवस

काठमाडौँ
स्तालिन र माओ जयन्तीको अवसरमा नेक्रामहिला काठमाडौँ जिल्ला समितिको आयोजनामा शनिबार काठमाडौँमा महिला कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले ‘जनताको माझमा गई जनताबाट सिकी जनताको सेवा गर्ने’ माओ विचारधाराअनुसार नेमकिपाले देश र जनताको इमानदारीपूर्वक सेवा गरिरहेको बताउनुभयो ।
नेकपा कम्युनिस्ट पार्टी नरहेको स्पष्ट पार्दै उहाँले नेकपाले कम्युनिस्टको नाममा जनतालाई झुक्याउने काम गरिरहेको छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले स्तालिन र माओको योगदानबारे चर्चा गर्दै समाजवादले मात्र मानव कल्याण गर्नसक्ने र माक्र्सवाद वैज्ञानिक विचार भएको धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले स्तालिनको नेतृत्वमा फासीवादी हिटलरलाई परास्त गरी संसामा समाजवादी व्यवस्थाको लहर ल्याउन सफल भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सभासद् सृजना सैंजूले स्तालिन तथ्य र तथ्याड्ढमा विश्वास गर्ने महान कम्युनिस्ट नेता भएको बताउनुभयो ।
लेनिन–स्तालिनको नेतृत्वमा सोभियत रूसमा समाजवादी व्यवस्था लागू भएपछि सोभियत रूसमा महिलाहरूले पुरूषसरह स्वतन्त्रता पाएको उहाँले बताउनुभयो ।
आयोजक समितिका चमेली महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, नेक्रामहिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैँया सुवाल, सुनकेश्रा शाही, जानकी सिजापति, रविता महर्जनले पनि बोल्नुभएको थियो ।
भेलाले मीना महर्जनको अध्यक्षतामा १३ सदस्यीय नेक्रामहिला सङ्घ काठमाडौँ जिल्ला समिति गठन गरेको छ ।
बनेपा
नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा विश्व सर्वहारा वर्गका गुरूहरू स्तालिनको १४० औँ र माओ त्सेतुङको १२६ औँ जन्मदिवसको अवसरमा शनिबार बनेपामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले स्तालिनको नेतृत्वमा संसारको सबभन्दा ठूलो भू–भाग ओगटेको सोभियत सङ्घ र माओको नेतृत्वमा सबभन्दा बढी जनसङख्या भएको चीनमा समाजवादी क्रान्ति सफल भएको बताउनुभयो ।
संसारका सबै देशमा समाजवादी क्रान्ति सफल हुने धारणा राख्दै उहाँले नेमकिपाले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने, माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा लिई देशमा समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्य लिएको बताउनुभयो ।
संविधानमा नेपालको क्षेत्रफल यकिन नगरेकै कारण भारतले सीमा मिच्ने प्रवृत्ति बढेको धारणा राख्दै उहाँले भारतको हेपाहा र मिचाहा प्रवृत्तिको विरोध गर्न नसक्नु शासक दलको कायरता हो भन्नुभयो ।
सत्तामा टिकिराख्न नेपालका शासकहरूले राणा शासनदेखि विदेशीको चाकरी गर्ने गरेको र हाल नेपाली काङ्ग्रेस र नेकपाको सरकारले पनि नेपालका युवा–युवतीहरू विदेशमा पठाएर दलाली गरिरहेको उहाँले बताउनुभयो ।
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले अरूको नक्कल गरेर होइन आप्mनो देशको परिस्थितिअनुसार क्रान्तिको बाटो तय गर्नु पर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाली भूमि अतिक्रमण र चिनियाँ क्रान्तिमा माओ त्सेतुङको देनबारे श्रव्यदृश्य प्रस्तुत गर्नुभएको थियो ।
नेक्रामहिला सङ्घ काभ्रेका अध्यक्ष कान्ती अवाको सभापतित्वमा भएको प्रवचन कार्यक्रममा नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य पवित्रा शाही, शर्मिला प्रजापति, मनशोभा सुवाल र तारा न्यौपानेले स्तालिन र माओ त्सेतुङको योगदानबारे चर्चा गर्नुभएको थियो ।
मध्यपुर
सर्वहारा वर्गका महान् नेताहरू स्तालिन र माओ त्सेतुङको जन्म दिवसको अवसरमा शनिबार नेमकिपा मध्यपुर नगर समितिले एक प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले महान् व्यक्तिहरूको जन्म दिवस मनाउनुको अर्थ तिनको जीवन दर्शन र कार्यबाट सिक्नु हो भन्नुभयो । उहाँले क्रान्तिकारीहरूको जीवन त्याग, समर्पण र बलिदानले भरिएको भन्दै क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी कार्यकर्ता भएको क्रान्तिकारी पार्टीको नेतृत्वमा क्रान्ति हुने बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले नेमकिपाले साम्राज्यवादी एवम् विस्तारवादी शक्तिविरुद्धमात्र होइन स्वदेशी प्रतिक्रियावादीविरुद्ध निरन्तर सङ्घर्ष गरिरहेको उल्लेख गर्दै कम्युनिस्टको नामधारी शासक दलहरूको संशोधनवादी नीति तथा कार्यक्रमविरुद्धको सङ्घर्ष झन् कठिन हुने बताउनुभयो ।
नेमकिपा, मध्यपुर नगर समितिका अध्यक्ष सूर्यराम श्रेष्ठले नेताहरूले आफ्नो निहित स्वार्थ नहेरी समग्र देशको प्रगति र स्वार्थको निम्ति काम गर्ने बताउनुभयो । उहाँले अध्ययन र सङ्घर्षलाई सँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपा, मध्यपुर नगर समितिका सचिव प्रकाशकुमार श्रेष्ठले कम्युनिस्ट पार्टीभित्र पसेका संशोधनवादीहरूले कम्युनिस्ट पार्टीलाई कमजोर बनाएको धारणा राख्नुभयो । चीनको प्रगति देखेर साम्राज्यवादी देशहरू तिरमिराएको भन्दै उहाँले चीनले आफ्नो देशको परिवेशअनुसार समाजवादी कार्यक्रम लागू गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका जिल्ला सचिव हरिसुन्दर सुवालले स्तालिन र माओले विश्व कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको बताउनुभयो । उहाँले सोभियत समाजवादको रक्षा र विकासमा स्तालिनको योगदान रहेको चर्चा गर्दै किसान क्रान्ति र नौलो जनवादी क्रान्तिमा माओको योगदान रहेको विचार राख्नुभयो ।
कैलालीमा पनि स्तालिन–माओ जयन्ती
स्तालिन–माओ जयन्तीको अवसरमा शनिबार कैलालीको जानकी गाविस कञ्चनपुरमा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले कामदार वर्गको मुक्तिको लागि समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य भएको उल्लेख गर्दै समाजवादी व्यवस्था स्थापना गर्नमा स्तालिन र माओले गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।
लक्ष्मी पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेमकिपा कैलाली सचिव गगन थापामगर, गोवद्र्धन तारामी र मनिशा थापामगरले पनि स्तालिन र माओको जीवनीबाट सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कञ्चनपुर
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीको आतिथ्यमा महाकाली नगरपालिकामा एक कार्यकर्ता प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
१२६ औँ माओजयन्तीको अवसरमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य शाहीले वर्तमन लोकतान्त्रिक गणतन्त्र पनि पुँजीवादी व्यवस्था नै भएकोले यस व्यवस्थाबाट पनि बहुमत कामदार वर्गको हित नहुने स्पष्ट पार्नुभयो ।
नेमकिपा आमूल परिवर्तन ल्याएर शोषणहित समाजवादी व्यवस्था स्थापना गर्न लागिरहेको स्पष्ट पार्दै उहाँले समाजवाद र साम्यवाद स्थापनाको कुरा नगर्नेहरू नक्कली कम्युनिस्ट हुन् भन्नुभयो ।
पुँजीवादी सरकारमा गएर राष्ट्रिय उद्योग र संस्थानहरू निजीकरण गर्नु कम्युनिस्ट नीति नभएको भन्दै उहाँले नेमकिपा पुँजीवादी सरकारमा जाँदैन, बरु समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ भन्नुभयो ।
उहाँले विश्व सर्वहारा वर्गका नेताहरूको जन्मजयन्ती मनाउनुको अर्थ उहाँहरूको जीवनी, सिद्धान्त र कामबाट सिक्नु हो भन्नुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेश कुमार रावलले आफै परनिर्भर पार्टी र सरकारहरूले देशको हितमा कुनै कदम चाल्न नसक्ने बताउँदै ती शासक पार्टीहरूले देशको विकास गर्छौं र जनताको सेवा गर्छौं भन्नु हास्यास्पद छ भन्नुभयो ।
वर्तमान सरकार पनि भारतीय विस्तारवाद र एकाधिकार पुँजीका मालिकहरूबाट सञ्चालित छ भन्ने कुरा कालापानी–लिम्पियाधुरा क्षेत्रको नेपाली भूमिबाट भारतीय सेना हटाउनलाई केही भन्न नसकेकोबाट पुष्टि हुन्छ भन्नुभयो ।
नेमकिपा कञ्चनपुर जिल्ला सम्पर्क समितिका अध्यक्ष दलबहादुर बोहराले सभापतिको आसनबाट बोल्दै नेमकिपा चुनाव जित्नुलाई भन्दा सैद्धान्तिक प्रशिक्षण र कामदार वर्गका जनताको हितको निम्ति सङ्घर्षमा जोड दिन्छ भन्नुभयो ।
कार्यक्रममा सोही समितिका परमानन्द भट्टले पनि कम्युनिष्ट कार्यकर्तामा हुनुपर्ने गुणबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *