मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
पत्रकारिता क्षेत्रमा दक्ष जनशक्तिको अभाव भइरहेको अवस्थामा पत्रकार समाज नेपालले शनिबारबाट दुईहप्ते ‘पत्रकारिता तालिम’ सुरुआत गरेको छ । आमसञ्चारको विकाससँगै पत्रकारिताको स्तर बढ्नुपर्ने तर त्यसो नभएको भन्ने चिन्ता र चासो विश्लेषकहरू राख्छन्, यस्ता तालिमले लेखनको स्तरसमेत बढाउने आशा गर्न सकिन्छ ।
पुराना पुस्ताका पत्रकारहरू पढेरभन्दा परेर जानेको कुरा गर्छन् । हुन पनि आवश्यक पर्दा गरिने काममा झन् राम्रो मेहनत हुन्छ । पत्रकारिताको पुरानो पुस्ताले तालिम पाएको भए अझ राम्रो गर्न सक्थ्यौँ होला भन्ने कुरा व्यक्त गरी आजको पुस्तालाई पढेर र गरेर सिक्न हौसला दिनु सान्दर्भिक छ । पत्रकारिताका सिद्धान्तहरूको अध्ययनसँग कार्य जोड्न सकिए अब्बलकोटीका समाचार र लेखहरू बन्न सक्छन् ।
पत्रकारिताले सत्य बोल्नुपर्ने मान्यता राख्छ । तर नेपाली समाजमा कहावत छ, ‘सत्य बोल, प्रिय बोल । अप्रिय छ भने सत्य पनि नबोल’ । सत्य कसैको निम्ति अप्रिय हुनसक्छ । भ्रष्टाचारी, कालाबजारिया, ठग, लुटेरा, चोर आदिको निम्ति सत्य प्रिय हुन्न । कोही सार्वजनिक पदधारी मानिसले लुकाउन खोजेको सार्वजनिक महत्वको कुरा पत्रकारले सार्वजनिक गर्छ, त्यतिबेला सर्वसाधारणले पत्रकारलाई स्यावासी दिएको हुन्छ भने उच्च पदासीनहरूले दुत्कारिरहेका हुन्छन् । खराब प्रवृत्ति, संस्कार तथा संस्कृतिको निन्दा र असल पक्षलाई हौसला दिई टेवा दिने काम पत्रकारको हो ।
पत्रकारिताको सिद्धान्त र कामबीच तुलना नै गर्ने हो भने पत्रकारिता थोरै सैद्धान्तिक अध्ययन तर बढी अभ्यास हो । पत्रकारितालाई काम गर्दै सिकिने पेशाको रूपमा लिन सकिन्छ । जसरी साइकल नचढी सिकिन्न, गीत नगाई गीत गाउन सिकिन्न, पानीमा नगई पौडी सिकिन्न, त्यसरी नै समाचार सङ्कलनको निम्ति ‘फिल्ड’ मा नखटी सिकिन्न । लेख्दै नलेखी सिकिन्न । अभ्यासले मात्र भएर पनि पुगेन, सही अभ्यास पनि चाहिन्छ ।
समाचार कसरी लेख्ने भन्ने ढाँचा हुन्छ । समाचार लेख वा निबन्धभन्दा फरक हुन्छ । समाचार र सूचनामा पनि भेद छ । सूचना समाचार होइन, समाचारमा सूचना पनि हुन्छन् । यी सैद्धान्तिक प्रश्न हुन् । त्यति बुझेपछि समाचार बनाउन सहयोग मिल्छ । सिक्न अध्ययन गर्नुप¥यो, पढेर वा सुनेर वा कक्षामा बसेर । तालिमको महत्व यसैमा निहीत छ ।
पत्रकारिताले सत्य बोल्नुपर्ने मान्यता राख्छ । तर नेपाली समाजमा कहावत छ, ‘सत्य बोल, प्रिय बोल । अप्रिय छ भने सत्य पनि नबोल’ । सत्य कसैको निम्ति अप्रिय हुनसक्छ । भ्रष्टाचारी, कालाबजारिया, ठग, लुटेरा, चोर आदिको निम्ति सत्य प्रिय हुन्न । कोही सार्वजनिक पदधारी मानिसले लुकाउन खोजेको सार्वजनिक महत्वको कुरा पत्रकारले सार्वजनिक गर्छ, त्यतिबेला सर्वसाधारणले पत्रकारलाई स्यावासी दिएको हुन्छ भने उच्च पदासीनहरूले दुत्कारिरहेका हुन्छन् । खराब प्रवृत्ति, संस्कार तथा संस्कृतिको निन्दा र असल पक्षलाई हौसला दिई टेवा दिने काम पत्रकारको हो ।
वर्गीय समाजमा पत्रकारिता पनि वर्गीय नै हुन्छ । कोही पत्रकार स्वतन्त्र हुनसक्दैन । पत्रकारले एउटा न एउटा वर्गको प्रतिनिधित्व गरिरहेको हुन्छ । स्वतन्त्र प्रेस भन्नु पनि झूटमात्र हो । हरेक पत्रकार वा सञ्चारमाध्यमको राजनीतिक दृष्टिकोण हुन्छ, राजनीतिक सिद्धान्त हुुन्छ । यसबारे कति पत्रकार प्रस्ट प्रकट गर्छन्, कोही गर्दैनन् । तर सेतो र कालोबीचको ‘गे्र जोन’ मा बस्नेहरू अवसरवादी हुन्छन् ।
आज पनि ‘मिसन’ पत्रकारिताको सान्दर्भिकता छ, भोलि पनि रहने छ । अब ‘मिसन’ पत्रकारिता आवश्यक रहेन भन्दै ‘प्रोफेसनल’ पत्रकारिता गर्नेहरूले ‘कमिसन’ पत्रकारिता गरिरहेका छन् । अझ पनि कामदार वर्गले न्याय, समानता, स्वतन्त्रता पाएका छैनन् । पुँजीवादी व्यवस्थाविरुद्ध लड्ने पत्रकारिता आजको आवश्यकता हो ।
Leave a Reply