‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
राजन
सधैँ छिमेकीमाथि वक्रदृष्टि राख्ने हाम्रो दक्षिणी छिमेकी देश भारतमा दैनिक धेरै हत्या र लुटपाट हुने गर्छ । ती अपराध र हत्यामध्ये कतिमा भारतीय नेता र प्रहरी आफँै नै संलग्न हुन्छन् । दक्षता र सक्षमताको अभावमा प्रहरी आफ्नो कर्तव्यबाट च्युत हुँदा भारतीय समाज झन्–झन् हिंस्रक बन्दैछ । प्रहरीको अक्षमतालाई ढाकछोप गर्न इन्काउन्टरको सहारा लिने चलन भारतमा छ । वास्तविक अपराधी पक्रन सकेन भने निहत्था मान्छेलाई समातेर ‘इन्काउटर’ गर्दा निरपराध व्यक्ति परेको धेरै उदारहणहरू भेटिन्छन् । यस्ता इन्काउन्टरमा विशेषगरी गरिब मान्छेमात्र पर्छन् । भर्खरै तेलङ्गना राज्यमा बलात्कार गरी हत्या गरेको आरोप लागेका ४ जनालाई इन्काउन्टरको नाममा राति ३ बजे प्रहरीले हत्या ग¥यो । बलात्कार भएको समयमा परिवारले जानकारी दिनेबित्तिकै प्रहरीले सक्रियता देखाएको भए घटना टाल्न सकिन्थ्यो । तर प्रहरीको उदासीनताको कारण यस्तो जघन्य घटना घटेको भनेर निकै आलोचना भएपछि आफू चोखिन प्रहरीले इन्काउन्टरमा सबै आरोपीलाई मारे । विडम्बना के हो भने आरोपीलाई मारिसकेपछि तिनै अक्षम प्रहरीलाई फूल बर्साएर त्यहाँका जनताले स्वागत गरे । यस्तो छ–भारतीय समाजको मानसिकता । भारतीय समाजलाई विभाजित गर्ने कोसिस मोदीका कार्यकर्ताबाटै भइरहेको छ । जब उक्त आपराधिक घटना घट्यो, ती समाजलाई अपराधीहरूको नाम थाहा पाउनुभन्दा थरमा बढी चासो थियो । ४ जना अपराधीमध्ये एकजनाको थर ‘मोहम्मद’ भन्ने थाहा पाउनेबित्तिकै समाजमा दङ्गा भड्काउने मनसायले बलात्कारी मुस्लिम रहेको प्रचार गरियो । तर, पछि थाहा भयो, बाँकी तीन जना हिन्दू थिए । यति डर र घृणाले भरिएको विभाजित समाज छ भारतमा ।
भारतमा वार्षिक ३० हजार बलात्कारका घटना हुने गरेको तथ्याड्ढले देखाएको छ । बलात्कारीमा सामान्य मान्छेमात्र नभई कानुन निर्माण गर्ने सांसद पनि छन् । अहिलेको भारतीय संसद्मा ३० जनाभन्दा बढी सांसद बलात्कारका आरोपी छन् । भारतीय राजनीतिमा बलात्कारलाई राजनीतिक मुद्दा बनाइएको छ । सन् २०१४ को संसदीय चुनावमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले ‘बलात्कारी राजधानी दिल्ली’ भनेर काङ्ग्रेस सरकारको विरोध त ग¥यो तर उनले आधी छिटा आफ्नै मुखमा परेको थाहा पाएनन् । अहिले फेरि यस्तै आरोप राहुल गान्धीले मोदीको नारा ‘मेक इन इन्डिया’ माथि व्यङ्ग गर्दै भने–‘मेक इन इन्डिया’ होइन ‘रेपिस्ट (बलात्कारी) इन्डिया’ । यही विषयमा भाजपाका सांसदहरू राहुल गान्धीको विरोध गरिरहेका छन् । तर, त्यही कुरा मोदीले भन्दा ताली बजाएका थिए । यहाँ ‘मोदीले भन्दा चमत्कार राहुलले भन्दा बलात्कार’ जस्तै भएको छ । यसरी बलात्कारमा समेत राजनीतिक स्वार्थ खोज्ने रोगी मानसिकताले ग्रस्त छन्, भारतीय नेताहरू ।
कानुनको धज्जी उडाउँदै सानोतिनो चोरी घटनामा संलग्न व्यक्तिलाई हुलले हत्या गर्ने घटना भारतमा सामान्य हो । यस्ता हत्यालाई भारतीयबीच ‘मोब लिन्चिङ’ भन्ने भनिन्छ । ‘मोब लिन्चिङ’ गर्न स्वयम् नीति निर्माण गर्ने सांसदसमेतले उक्साउँछ, जनतालाई । हालैमात्र भएको बलात्कारको घटनामा संलग्न अपराधीलाई ‘मोब लिन्चिङ’ गर्नुपर्छ भनी हुललाई उक्साएका थिए, फिल्मी अभिनेत्री सांसद जया भादुरी । आमभारतीयहरूमा संवेदना भन्ने चिज हराइसकेको भान हुन्छ । त्यसैले भारतलाई ‘एक मानसिक रोगी देश’ हो भन्न सकिन्छ ।
भारतमा वार्षिक ३० हजार बलात्कारका घटना हुने गरेको तथ्याड्ढले देखाएको छ । बलात्कारीमा सामान्य मान्छेमात्र नभई कानुन निर्माण गर्ने सांसद पनि छन् । अहिलेको भारतीय संसद्मा ३० जनाभन्दा बढी सांसद बलात्कारका आरोपी छन् । भारतीय राजनीतिमा बलात्कारलाई राजनीतिक मुद्दा बनाइएको छ । सन् २०१४ को संसदीय चुनावमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले ‘बलात्कारी राजधानी दिल्ली’ भनेर काङ्ग्रेस सरकारको विरोध त ग¥यो तर उनले आधी छिटा आफ्नै मुखमा परेको थाहा पाएनन् । अहिले फेरि यस्तै आरोप राहुल गान्धीले मोदीको नारा ‘मेक इन इन्डिया’ माथि व्यङ्ग गर्दै भने–‘मेक इन इन्डिया’ होइन ‘रेपिस्ट (बलात्कारी) इन्डिया’ । यही विषयमा भाजपाका सांसदहरू राहुल गान्धीको विरोध गरिरहेका छन् । तर, त्यही कुरा मोदीले भन्दा ताली बजाएका थिए । यहाँ ‘मोदीले भन्दा चमत्कार राहुलले भन्दा बलात्कार’ जस्तै भएको छ । यसरी बलात्कारमा समेत राजनीतिक स्वार्थ खोज्ने रोगी मानसिकताले ग्रस्त छन्, भारतीय नेताहरू ।
भारतीय समाजलाई रोगी बनाउने कारक तत्व धार्मिक अतिवाद पनि हो । कार्ल माक्र्सले ‘धर्म अफिम हो’ भनेको कुरा शतप्रतिशत भारतीय समाजमा लागू हुन्छ । आफूले गरेको कुकर्म र अधर्मबाट हुने पापबाट बच्न धर्मको सहारा लिएका हुन्छन् । तथाकथित धर्मगुरूहरूप्रति बहुसङ्ख्यक भारतीयहरूले अपार विश्वास गर्छन् । यतिसम्म कि हत्या र बलात्कारमा संलग्न धर्मगुरूलाई अदालतले सजाय दिँदा विरोधमा दङ्गा फैलाउन भारतीय समाज अग्रसर हुन्छ भने नेताहरू अदालतको विरोधमा जनतालाई उक्साउँछन् । हत्या र बलात्कारका आरोपी कथित धर्मगुरू रामरहिमविरूद्ध अदालतले फैसला सुनाउँदा चण्डीगढ सहरमा दङ्गा फैलिँदा थुप्रैले ज्यान गुमाउनुपरेको थियो । अन्धविश्वासले गर्दा भारतीयहरू त्यस्ता तथाकथित धर्मगुरूलाई थुप्रै दान–दक्षिणा दिन्छन् । एक सर्वेक्षणले देखाएअनुसार भारतमा सबभन्दा आकर्षक पेशा धर्मगुरू हुनु हो । कोही बाबा त अरर्बौँकोे कारोबार गर्ने व्यापारी छन् । यस्तो आगोरूपी समाजमा सत्तारूढ भाजपाले घिउ थप्ने काम गरिरहेको छ । थुप्रै बाबाहरू भाजपाको तर्फबाट सांसदसमेत छन् । बाबाहरूलाई पेन्सनजस्तै विशेष सुविधा भारत सरकारले उपलब्ध गराउने गर्छ । यस्ता बाबाहरूले ‘गाईको पिसाबबाट क्यान्सर रोग निको हुन्छ’ भनी जनताबीच भ्रम छर्छन् ।
विश्वको सबभन्दा ठूलो ‘प्रजातान्त्रिक’ मुलुक भनेर दाबी गर्ने भारतमा अदालत स्वतन्त्र छैन । भर्खरै भारतीय अदालतले राम जन्मभूमिबारे फैसला गरेको छ । जुन फैसला सत्तारूढ पार्टीको विचारबाट प्रभावित छ । फैसला हुनुभन्दा अघिदेखि भाजपाका नेतालगायत हिन्दु महासङ्घका पदाधिकारीले बहुमत जनताको आस्थालाई अदालतले सम्मान गर्नुपर्छ भनेर अप्रत्यक्ष दबाब दिएका थिए । त्यस्ता भनाईले न्यायाधीशहरू आतङ्कित थिए । त्योभन्दा अघि अहिलेका गृहमन्त्री अमित शाहविरूद्ध हत्या अभियोग लागेको थियो । तर, उक्त मुद्दा हेर्ने न्यायाधीश भाजपाको पक्षमा नदेखेपछि न्यायाधीशलाई नै सरूवा गरिएको थियो । त्यसपछि आएको न्यायाधीशले ज्यानसमेत गुमाउनुपरेको थियो । यसरी वर्तमान समयमा संसारको सबभन्दा ठूलो ‘प्रजातान्त्रिक’ देशको सरकारविरूद्ध बोल्नु भनेको देशद्रोहीको आरोप झेल्नुजस्तै भइरहेको छ ।
वनारसस्थित एक विश्वविद्यालयमा संस्कृत विषय पढाउने प्रोफेसर एक मुसलमान रहेछन् । त्यहाँका अतिवादी सोचका विद्यार्थीहरूले तिनी प्रोफेसरलाई कक्षा लिनबाट रोक्नुपर्ने माग गर्दै विश्वविद्यालय बन्द गरेका थिए । आफ्नो विचारसँग असहमत हुनेप्रति यति असहिष्णु देखाइरहेका हुन्छन्, बहुसङ्ख्यक भारतीयहरू । भारतका ठूला सहरहरूमा अर्डर गरेर घरसम्म खाना मगाउने चलन छ । एकपटक खाना पु¥याउने ‘डेलिभरी ब्वाई’ मुस्लिम भएको थाहा पाएपछि एकजना कट्टर हिन्दूवादी व्यक्तिले खाना फिर्ता गरेको चर्चाले भारतमा निकै चर्चा पाएको थियो । भारतमा जातीयताले जरा गहिरो गरी गडेको छ, एक जना मान्छे सडक पेटीमा विरयानी (मासु मिसिएको भात) बेच्दै थियो । विरयानी बेच्ने तल्लो जातको भन्ने थाहा पाएपछि केही व्यक्तिहरूले ती बिक्रेता युवकलाई घिसार्दै पिट्न थाले । यति रोगी मानसिकताको भइसकेको छ–भारतीय समाज ।
संसारको सबभन्दा ठूलो ‘प्रजातान्त्रिक’ देशको मिडियाको अवस्था झनै रोगी मानसिकताले ग्रस्त छ । हालैको सूर्य ग्रहणबारे भारतीय ज्योतिषहरूलाई मिडियामा बोलाएर बहस गर्न लगाइयो । सूर्य ग्रहणको समयमा यात्रा गरे ठूलो दुर्घटना हुनेछ भनेपछि सार्वजनिक यातायात सुनसान भएको थियो । यही विषयलाई केही सचेत नागरिकको समूहले विरोध गर्दा उल्टै हिन्दूविरोधीको आरोप खेप्नुप¥यो । यसरी समाजलाई अन्धविश्वासमा धकेल्न मिडिया आफैं भूमिका खेलिरहेको छ । सयौँ प्रमुख मिडिया सरकारले खरिद गरेको छ । मानौँ, मिडियाको काम भनेको प्रधानमन्त्री र सरकारको प्रशंसा गर्नु हो । प्रधानमन्त्रीको अनुहारमा रामको छवि देखिन्छ भनेर समेत प्रचार गरिन्छ । देशको प्रमुख समस्याबाट जनताको ध्यान हटाउन सरकारले पैसा दिएर मिडियालाई धर्म र जातबारे बहस गराउने गर्छ । मिडियाको कुनै पत्रकारले सरकारको समर्थन गरेन वा विरोध ग¥यो भने दबाब दिएर पत्रकारलाई उक्त टीभी च्यानलबाट हटाउन लगाइन्छ । भड्काउ समाचार सम्प्रेषण गरी समाजमा दङ्गा फैलाएर टीआरपी (टेलिभिजनको लोकप्रियता मापन गर्ने सूचाड्ढ) बढाएर विज्ञापन पाउने उद्देश्य रहेको हुन्छ, टीभी च्यानलहरूको । भारत सरकारले त्यत्रो ठूलो भारतमा रहेका सयौँ राष्ट्रियस्तरका छापा सञ्चार, टीभी मिडिया किनेर आफूखुसी समाचार देखाउन सक्छ भने नेपालका चार–पाँच ओटा मिडियालाई किन्न के गाह्रो होला र ? सन्दर्भ हो, हालै भारतले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टीले काठमाडौँस्थित भारतीय दूतावास घेराउ कार्यक्रम गरेको थियो । नेपालमा भएको भारतविरोधी कार्यक्रममध्ये त्यो कार्यक्रम पछिल्लो समयकै सबैभन्दा ठूलो थियो । तर, दुर्भाग्यवस उक्त कार्यक्रम नेपालका ठूला कुनै पनि टीभी च्यानलले प्रशारण नगर्दा भारत सरकारले सबै नेपाली टीभी च्यानल पनि खरिद गरिसकेको हो कि भन्ने शड्ढा उब्जिनु स्वाभाविक हो ।
भारतीय समाजमा देखिएका यस्ता मनोरोगका घटना नेपालमा फाटफुट देखिन थालेको छ । यसो हुनुको कारण भारतीयहरूसँग नेपालीको हिमचिम बढी हुनु नै हो । यस्तो विकृत मनोरोगी भारतीय समाजबाट नजिकिनुभन्दा टाढा हुनु राम्रो हो । भारतको धार्मिक अतिवाद हामीसम्म आई नपुगोस् भनी सचेत हुनैपर्छ । यसको लागि पहिलो कदम भनेको सन् १९५० को सन्धि खारेज गरेर सीमा वारपार गर्न राहदानीको आवश्यक हुने गरी नयाँ सन्धि गर्नु हुनसक्छ ।
Leave a Reply