भर्खरै :

राजधानीको सरकारी गोदाममा कुहिएको चामल

काठमाडौँ, १३ पुस । आइतबार प्रतिनिधिसभाअन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य सांसदहरूले राजधानीको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा अनुगमनमा पस्दा त्यहाँदेखिएको दृश्य पत्याउनै सकेनन् । सरकारी स्वामित्वको कम्पनीको गोदाममा ४ सय ८० क्वीन्टल चामल कुहिएको अवस्थामा फेला परेको थियो । चामलको बोरामा कीरा परेको थियो । चामल कुहिएर धुलो–पिठो भइसकेको थियो ।
दुर्गम जिल्लाका जनताको लागि पठाउनुपर्ने चामल गोदाममै यसरी कुहिएको र कीरा परेको अवस्थामा देख्दा सांसदहरू चकित परे । सामजिक सञ्जाल र सञ्चारमाध्यमहरूमार्फत सार्वजनिक त्यहाँको श्रव्यदृश्य र तस्बिरले धेरै नेपाली जनतालाई आक्रोशित बनाएको छ ।

नेपालले वर्षको अर्बौँरुपैयाँको चामल भारतबाट आयात गर्छ । नेपालको हिमाली जिल्लामा धेरै जनता सरकारी गोदामबाट चामल लिन हप्तौँलाइनमा बिताउन बाध्य छन् । कुपोषणको समस्या अझै नेपालको प्रमुख समस्यामध्ये पर्दछ । तर, जनताको पेट भर्ने जिम्मेवारी बोकेको सरकारको स्वामित्वमा रहेको गोदाममा चामल कुहिनु खेदजनक विषय बनेको छ ।
संसदीय समितिका सदस्य एलपी साँवा लिम्बूले सो विषयमा समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *