“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
बुधबारबाट नेपाल भ्रमण वर्ष २०२० आरम्भ भएको छ । राजधानीको दशरथ रङ्गशालामा आयोजित समारोहबीच औपचारिकरूपमा भ्रमण वर्षको उद्घाटन गरियो । देशभरका लगभग सबै स्थानीय पालिकाले विभिन्न गतिविधि गरी पर्यटन वर्षको आरम्भ गरे ।
पर्यटन नेपालको आर्थिक विकासको प्रमुख आधार हो । नेपालको विविधतापूर्ण भूगोल संसारका पर्यटकहरूको आकर्षण बनेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, संसारकै अग्ला हिमश्रृङ्खलाको देश र नेपालका चोखो सेतो हिमालले संसारलाई बोलाइरहेको हुन्छ । वर्षमा लाखौँ पर्यटक हिमालको कञ्चन रूप र चोखो हावा महसुस गर्न नेपाल आउने गरेका छन् । पहाडी र तराईको भूगोलले पर्यटकलाई नेपालको विविध परिचय उजागर गर्छ ।
विविधतायुक्त संस्कृतिले संसारको निम्ति नेपाललाई एउटा खुला शिक्षालय बनाएको छ । नेपालमा बाँचिरहेका मौलिक संस्कृतिले पर्यटकलाई संसारको अत्यन्त बहुमूल्य पाटोसँग साक्षात्कार गराउँछ । दार्शनिक गौतम बुद्धको दर्शनबारे बुझ्न पनि धेरै पर्यटक नेपालमा आउने गर्छन् ।
दसवर्षे गृहयुद्धकालले नेपालको पर्यटन उद्योगमा ठूलो ¥हास आयो ।
भ्रमण वर्षको लाभ सीमित धनीमानी मानिसले मात्र उठाउने अवस्था बन्नुहुन्न । जनस्तरमा जिउँदो संस्कृतिलाई पर्यटनसँग जोडेर जनताकै जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने तरिका अवलम्बन गर्न सके पर्यटन उद्योग दिगो हुने छ । पर्यटनको लाभ रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता जनताको जीवनमा प्रभाव पार्ने मोडेलको विकास गर्नुपर्छ । पर्यटनबाट हुने लाभलाई स्थानीय विकास र जनताको जीवन सुधारसँग जोड्नुपर्छ । यस्तो मोडेलमा नेपालका ७५३ स्थानीय पालिकामध्ये भक्तपुर नगरपालिका एउटा उदाहरण बनेको छ । भक्तपुर नगरपालिकाले पर्यटन क्षेत्रमा हासिले गरेको लाभले शिक्षा, स्वास्थ्य, पर्यटन सम्पदालगायत क्षेत्रमा जनतालाई सहज बनाएको छ । पर्यटनबाट उठेको रकमबाट अस्पताल स्थापना गरी जनताको स्वास्थ्य सेवा गर्दै आएको छ । विभिन्न विषयका कलेज स्थापना गरेर नगरवासीको शैक्षिक विकासमा योगदान गरेको छ ।
नेपाल संसारकै खतराको देशमा अड्ढित भयो । रगतले भिजेको नेपालका हिमाल र बारूदको गन्ध गन्हाएको नेपाली हावा स्पर्श गर्न पर्यटक नेपाल आएनन् । फलतः पर्यटन उद्योगसँग सम्बन्धित धेरै पूर्वाधार सुक्दै गयो । गृहयुद्धको समाप्तिपश्चात् पनि लामो समयको अन्तरिमकालले पर्यटन उद्योगले विकास गर्न सकेन । सन् १९९८ पछि पहिलोपटक यो वर्ष पर्यटन वर्ष हुँदै छ । भ्रमण वर्षले नेपालको आर्थिक विकासको एउटा आधार पर्यटन क्षेत्रमा एउटा उल्लेख्य योगदान गर्ने अपेक्षा गरिएको छ ।
भ्रमण वर्षको लाभ सीमित धनीमानी मानिसले मात्र उठाउने अवस्था बन्नुहुन्न । जनस्तरमा जिउँदो संस्कृतिलाई पर्यटनसँग जोडेर जनताकै जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने तरिका अवलम्बन गर्न सके पर्यटन उद्योग दिगो हुने छ । पर्यटनको लाभ रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता जनताको जीवनमा प्रभाव पार्ने मोडेलको विकास गर्नुपर्छ । पर्यटनबाट हुने लाभलाई स्थानीय विकास र जनताको जीवन सुधारसँग जोड्नुपर्छ । यस्तो मोडेलमा नेपालका ७५३ स्थानीय पालिकामध्ये भक्तपुर नगरपालिका एउटा उदाहरण बनेको छ । भक्तपुर नगरपालिकाले पर्यटन क्षेत्रमा हासिले गरेको लाभले शिक्षा, स्वास्थ्य, पर्यटन सम्पदालगायत क्षेत्रमा जनतालाई सहज बनाएको छ । पर्यटनबाट उठेको रकमबाट अस्पताल स्थापना गरी जनताको स्वास्थ्य सेवा गर्दै आएको छ । विभिन्न विषयका कलेज स्थापना गरेर नगरवासीको शैक्षिक विकासमा योगदान गरेको छ ।
नगरपालिकाको यसरी बनाएका कलेजमा देशभरिका विद्यार्थीले गुणात्मक शिक्षा पाइरहेका छन् । स्वास्थ्य चौकीमा विभिन्न जिल्लाका जनताले सेवा पाइरहेका छन् । निर्माणाधीन ख्वप अस्पतालले पूर्णता पाएपछि जनताले थप स्वास्थ्य सेवा पाउने छन् । नगरका सम्पदा क्षेत्रको जीर्णोद्धार र पुनःनिर्माणमा पर्यटनकै आम्दानी सदुपयोग भइरहेको छ । कला संस्कृतिको संरक्षणमा पर्यटकको पैसा सदुपयोगका कारण पर्यटकले आफूले तिरेको रकम खेर गएको अनुभव गर्दैनन् । यो मोडल अन्यत्र पनि लागू गर्न सके देशभरको विकासमा पर्यटनले प्रमुख भूमिका खेल्नसक्छ । पर्यटनबाट सीमित मानिसलाई धनीबाट धनाढ्य बनाउनुले समाजमा अझ असमानता गहिरो हुने गर्छ ।
नेपाल भ्रमण वर्षमा पर्यटन विकासको कुरा गर्दै गर्दा यी यस्ता गम्भीर पाटोलाई हामीले उपेक्षा गर्नसक्दैनौँ । भ्रमण वर्षले नेपाली समाजमा ल्याउने आशाले सबै तहका जनतालाई छुन सकोस्, शुभकामना ¤
Leave a Reply