भर्खरै :

गाडी समयमै नआउँदा पढाइ छुट्ने पिर

सुस्मिता मगजू, ख्वप कलेज, स्नातक पहिलो वर्ष
भक्तपुरको कमलविनायक बस स्टपबाट खरिपाटी तेलकोट जाने बसहरू धेरै छन् तर यात्रुहरूलाई चाहिने बेला कहिले हँुदैन । यातायात समितिले तोकेको समय बिहान ५ देखि बेलुका ७ बजेसम्म हो । तर, त्यो नियम कार्यान्वयनमा भने छैन ।
बिहान कलेज जान भनेर विद्यार्थीहरू बस कुरिरहन्छन् । तर, ५ बजे आउनुपर्ने बस साढे पाँच हुँदा पनि आउँदैन । जाडोको समयमा चिसो खाएर बस कुरिरहने विद्यार्थीहरू कलेज ढिलो पुगेपछि कलेजमा भित्याइन्न । समितिसँग बसको ढिलाइबारे समस्या पोख्दा समितिको अध्यक्ष भन्छन्, “बस नै चार पाँच वटामात्र छ, सबै बस रिजर्भ गएका छन् । चलेका बसहरू काठमाडाँसम्म गएर आउँदा ढिलो भइहाल्छ नि ।” चालकहरू पनि बिहान चाँडो उठेर बस चलाउँदा यात्रु सबै विद्यार्थीमात्र हुन्छन्, विद्यार्थीबाट १० रुपैयाँमात्रै भाडा उठ्छ, त्यो पैसाले न खान पुग्छ न तेल नै हाल्न पुग्छ त्यसैले नचलाएको भन्छन् । उनीहरू बरू रिजर्भ गए घुम्न नि पाइने, पैसा नि कमाइने भन्छन् । यसकारण यो क्षेत्रका बिहानका विद्यार्थी यात्रु जहिले पनि चिन्तामा छन् । विद्यार्थी यात्रुहरू भन्छन्, “बस समयमा नआइदिएपछि पढाइसमेत छोड्नु परेको छ । बेलुकी घर जाँदा पनि बस छुटेपछि राति हिँडेर घर जानु परेको छ ।” सम्बन्धितको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *