भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
सीतु
जुन घरमा बच्चाबच्ची हुन्छन् त्यो घरमा खुसियाली छाउँछ । नेपाली समाजमा यस्तै विश्वास पाइन्छ । बालबालिकालाई दिइएको महत्व र उनीहरूप्रतिको माया, ममता, मोह पनि दर्शाउँछ यो कथनले । यो मान्यता स्थापित हुनुमा या विश्वास जाग्नुमा सामाजिक, ऐतिहासिक या मनोवैज्ञानिक अनेकौँ कारण होला । जे–जस्तोसुकै भए पनि जुन परिवार, समुदाय, समाज या देशले बालबालिकाको शिक्षा–दीक्षा र शील–स्वभावप्रति संवेदनशीलता देखाउँछ र जिम्मेवारीबोध गर्दै विशिष्ट भूमिका निर्वाह गर्छ त्यो आर्थिकरूपले जतिसुकै विपन्न भए तापनि अत्यन्त सुन्दर हुन्छ । त्यहाँ भविष्य मुस्कुराइरहेको आभास हुन्छ ।
अभिभावक र समुदायले छोराछोरीबारे चिन्तामात्र लिएर पुगेन । तिनीलाई वातावरण दिन, उत्साहित गर्न र बाटो देखाउन अभिभावक, शिक्षक, घरपरिवार, छर–छिमेक तथा विद्यालय आफै उदाहरण र अनुकरणीय बन्नेतर्फ लागौँ । अभिभावक र शिक्षकले पनि पढौँ । पढ्ने बानीको विकास गरौँ । पत्रपत्रिका पढौँ । पुस्तक–पुस्तिका पढौँ । बालबालिकासम्बन्धी पढौँ र नयाँ जानकारी लेऔँ । शिक्षा, स्वास्थ्यसम्बन्धी पढौँ । साहित्य पढौँ । पढेका विषयवस्तुबारे छलफल गर्ने बानी विकास गरौँ । भेटघाटमा चर्चा–परिचर्चा गरौँ । पुस्तक, पत्रपत्रिकाको हिफाजत गरौँ । महत्व हरेक क्षण दर्शाऔँ । अन्य वस्तुलाई झैँ पुस्तक पनि दराजमा सुरक्षित राखौँ । अनि केटाकेटीमा पुस्तक प्रेम थोरै भए पनि जाग्नेछ । पुस्तक पल्टाउन थाल्नेछन् । अनि पठन संस्कृति बालबालिकामा अङ्कुराउला पक्कै पनि ¤ बालबालिकाले महसुस गरून् कि तपाईंको सबैभन्दा प्रिय चिज पुस्तक हो । तपाईंको पहिलो प्राथमिकता पठन हो ।
प्रश्न उठ्ला, के पढ्ने ? बजारमा आजकल धेरै पुस्तक छन् । हरिबहादुर श्रेष्ठका ‘जेलका चिठी’ र ‘हजुरबुबाका चिठी’, नछुटाऔँ ¤ सांस्कृतिक तथा ऐतिहासिक महत्वको पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक दोहो¥याएर पढौँ ¤ त्यसैगरी ‘दिवास्वप्न’, ‘असफल स्कूल’, ‘तोत्तो चान’, ‘एक प्राथमिक शिक्षकको डायरी’ र ‘हामी आमा–बुबा’ शैक्षिक क्षेत्रमा चर्चित र पढिने पुस्तक हुन् । डा. सुनन्द महास्थविरको ‘शिष्टाचार’ र लेस गिबलिनको ‘लोकव्यवहारमा कुशलता’ पढ्दा सदाचार र व्यवहारको पक्षमा ध्यान पु¥याउन सहज होला । नेपाली भाषाप्रति हाम्रो रुचि बढ्न नसकेको यथार्थ हो । नेपाली भाषा सुधार्न र हाम्रा बालबच्चाको नेपाली भाषाप्रति लगाव बढाउन पनि उपयोगी हुने शरच्चन्द्र वस्तीका दुई पुस्तक ‘नेपाली कसरी लेख्ने ?’ र ‘हाम्रो भाषा’ पढौँ ¤ धेरै–धेरै छन् उपयोगी अन्य पुस्तकहरू । समय मिलाएर पढौँ । पुस्तक किनेर पढौँ । पुस्तक उपहार देऔँ । पुस्तकको इज्जत गरौँ । बच्चाबच्चीले हाम्रो इज्जत गर्ने छन् । हामीप्रति गौरवबोध गर्ने छन् । ज्ञानको तृष्णा तिनीहरूमा जाग्ने छ । अनि स्वतः तीर्खा धाउनेछ ।
बालपत्रिका, बाल–पुस्तक, चित्र–किताब आदि बजारमा जताततै पाइन्छन् । आफ्ना बालबच्चाको पहुँचमा पु¥याऔँ ¤ कथा पढौँ, कथा सुनाऔँ । बाल कविता र गीत सुनाऔँ, वाचन गरौँ । ‘चम्किलो रातो तारा’, ‘ओ याङ् हाइको गीत’, ‘ल्यू हुलान’, ‘बाल सिपाही’ आदि पुस्तक विद्यालय जीवनमा पढेर हुर्केका केटाकेटी पछि साहसी, सहयोगी र समर्पित बनेका धेरै उदाहरण छन् । जीवनीहरू पढौँ ¤ आत्मसंस्मरणहरू पढौँ ¤ जीवन सङ्घर्षका पृष्ठहरूको अध्ययनले हामीलाई बेग्लै ऊर्जा प्रदान गर्ने छ । वैज्ञानिक म्याडम क्युरी, उदाहरणीय नारी हेलेन केलर, सङ्घर्षकी प्रतिमूर्ति जेनी माक्र्स, क्रुप्स्काया र किम जङ सुक, महान् लेखक म्याक्सिम गोर्की र चाल्र्स डिकेन्सका जीवनी पढौँ । बेजोड लेखिका अन्ना लाउस स्ट्रङ्गको सङ्घर्ष पढौँ । महान् चिन्तक तथा दार्शनिक कार्ल माक्र्स र एङ्गेल्स, आमूल परिवर्तनका नायकहरू लेनिन, स्टालिन, माओ, हो चि मिन्ह, किम इल सङ, क्याष्ट्रो, चे र स्वतन्त्रता सङ्ग्रामीहरू गान्धी, मण्डेला, क्रिश हानी, एनक्रुमा, थोमस सङ्करा आदिको जीवनी पढौँ । विलक्षण नेपाली प्रतिभा देवकोटा, हृदयचन्द्र, पारिजात, सिद्धिचरण, सत्यमोहन, दुर्गालाल आदि नेपाली स्रष्टा तथा विद्वानको जीवनी पढौँ र चिनौँ ।
तसर्थ हामी सबैले पढौँ । अभिभावकले पढौँ । शिक्षकले पढौँ । परिवारजनले पढौँ । व्यवहारमा लागू गरेर हेरौँ । परिणाम पक्कै सकारात्मक निस्केला । नपढी व्यक्ति बदलिन्न । नपढी समाज सभ्य बन्दैन । पुस्तक परिवर्तनको उत्तोलक हो ।
अनि, केही लेख्ने बानी पनि गरौँ । सम्भव भएसम्म सफा चिटिक्क लेखौँ । बच्चाबच्चीमा आखिर शिक्षक–अभिभावकको पहिलो प्रभाव पर्ने न हो ¤ आमाबुबा र शिक्षक बालबालिकाका ‘रोल मोडल’ ¤ आमाबुबा प्रथम गुरू र शिक्षक द्वितीय गुरू साबित हुँदा सबैलाई आनन्द मिल्ने छ । आमाबुबा शिक्षकझैँ र शिक्षक–शिक्षिका आमाबुबाझैँ अर्थात् त्यस्तो भूमिकामा प्रस्तुत भए हाम्रा बालबच्चा अत्यन्त लाभान्वित हुने छन् । विद्यालय घरझैँ र घर विद्यालत्mैँ, प्रयास गरौँ । सत्प्रयास जारी राखौँ ।
पढ्ने तर नलेख्ने बानी धेरैमा पाइन्छ । अब बिस्तारै हटाऔँ ¤ पढाइ र लेखाइबीच तादात्म्यता कायम राखौँ । लेखाइले हामीलाई अझ बलियो बनाउँछ । आत्मविश्वास दिन्छ । स्पष्ट बुझाइ सुम्पन्छ । कमी–कमजोरी हटाउन टेवा पु¥याउँछ । सृजनशीलता बढाउँछ । लेख्न थालेपछि हामी जिम्मेवार बन्न थाल्छौँ । गम्भीर बन्न थाल्छौँ । आफैले आफूलाई चिन्न थाल्छौँ । अरुलाई बुझ्न सहज हुनथाल्छ । पढाइले ज्ञान वृद्धिमा सहयोग गर्छ भने लेखाइले गहिराइ चुम्न मद्दत पु¥याउँछ । लेख–पढ, यो शब्द आफैमा कति सुन्दर ¤ कस्तो सुन्दर संयोजन ¤ व्यवहारमा उतारौँ सौन्दर्य झन् बढ्नेछ । सुन्दर लेखाइले व्यक्तित्व उजिल्याइ दिन्छ । लेखाइले हामीलाई पूर्णतातिर डो¥याउँछ । मात्र पढाइ भनेको अपूर्णता ¤ पढाइ र लेखाइले मात्र बौद्धिक उचाइ र सांस्कृतिक गहिराइ दिनसक्छ । लेखाइले अनुभवलाई आकृति प्रदान गर्न सक्छ । लेखाइ व्यक्तित्वको अनावृत्ति ¤ एउटाको अभावमा परिणाममा खोट या ‘डिस्हार्मोनी’ टक्लक्क देखापर्छ नै ।
अभिभावक, शिक्षक र सङ्गतको आहार–विहार, बोली–वचन, व्यवहार र कार्यशैलीको प्रभाव बच्चाबच्चीमा पर्छ । त्यसकारण सकारात्मक छाप छोड्न पनि अभिभावकले पढ्नुपर्छ । शिक्षकले पढ्न आवश्यक छ । अभिभावकले लेख्नुपर्छ । शिक्षकले लेख्नुपर्छ । आदेशले देशको शासन त चल्दैन भने परिवार, स्कूल कसरी चल्ने होला ? हुकुमी शासन अब नचलेझैँ, हुकुमी शासक अब काम नलागेझैँ हामी सबैले भनौँ ‘लेख’ र ‘पढ’ को सट्टा ‘लेखौँ’ र ‘पढौँ’ ¤ प्रजातन्त्रको उच्च अभ्यास आफैबाट थालौँ ¤ प्रजातन्त्रको प्रतिफल प्राप्त गर्न एउटा उन्नत संस्कारको बिजारोपण गरौँ ¤ प्रजातन्त्र तब मग्मगाउने छ जब बहुसङ्ख्यक मानिसले लेख्न, पढ्न, सिक्न र बुझ्न थाल्ने छन् । चेतना प्रजातन्त्रको प्राण हो । जागरण प्रजातन्त्रको सौन्दर्य हो । चेतना र जागरण शिक्षा, अध्ययन तथा लेखनको मलिलो उर्वर माटोमा मात्र जाग्छ । आउनुहोस्, हामी सबै प्रजातन्त्रको वास्तविक संवाहक बनेर भावी पुस्तालाई एउटा सुन्दर समाज सुम्पौँ ¤
Leave a Reply