भर्खरै :

राजदूत नियुक्त

काठमाडौँ, १० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ललितपुर निवासी प्रतिभा राणालाई जापानका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
उक्त कुरा राष्ट्रपति कार्यालयद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी राष्ट्रपतिले इजिप्टका लागि कार्यरत राजदूत झविन्द्रप्रसाद अर्याललाई मोरक्को अधिराज्य र लेबनानका लागि, बेल्जियममा कार्यरत राजदूत लोकबहादुर थापालाई लक्जेम्बर्गका लागि, पाकिस्तानका लागि कार्यरत राजदूत सेवा लम्साल अधिकारीलाई इस्लामिक गणतन्त्र इरानका लागि, दक्षिण अफ्रिकाका लागि कार्यरत राजदूत अमृतबहादुर राईलाई गणतन्त्र जिम्बाबे तथा ब्राजिलका लागि कार्यरत राजदूत ताराप्रसाद पोखरेललाई अर्जेन्टिनाका लागि पनि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *