भर्खरै :

ख्वप इन्जिनियरिङ कलेज उत्कृष्ट कलेज

भक्तपुर, २० पुस । ख्वप इन्जिनियरिङ कलेज यस वषको पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजहरूमध्ये सर्वोत्कृष्ट घोषित भएको छ ।
शनिबार सम्पन्न पूर्वाञ्चल विश्वविद्यालयको २६ औँ वार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले विद्वानहरूको सोच र चिन्तनलाई एकत्रित गरी संसारमाझ पस्कने थलो नै विश्वविद्यालय भएको हुँदा यसले युगको परिचालन गर्ने क्षमता राख्दछ भन्नुभयो ।
देशले माग गरेको र विश्व बजारमा आवश्यक मानव संशाधन तयार गर्ने विश्वविद्यालयहरूलाई गुणस्तरीय बनाउन सबैले सड्ढल्प गर्ने र पूर्वाञ्चल विश्वविद्यालयलाई एक उत्कृष्ट विश्वविद्यालयको रूपमा उभ्याउन यससँग सरोकारवाला सबै सच्चिनु आवश्यक भएको उहाँले बताउनुभयो ।
प्रदेश नं. १ का मन्त्री जीवन घिमिरे, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विष्णु थपलियालगायतका अतिथिहरूले पनि बोल्नुभएको उक्त समारोहमा ख्वप इन्जिनिरिङ कलेजका प्राचार्य सुजन माकलाई प्रमुख अतिथि ‘प्यासी’ले सवोत्कृष्ट कलेजको सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *