“भक्तपुर काण्ड पञ्चायती राज्य षड्यन्त्र नै थियो”
- भाद्र २४, २०८३
– मेरिना शाक्य
विदेशी सहायता र सहयोगमा अडेको सरकार कहिले पनि आत्मनिर्भर हुँदैन । अरुको भरमा बसेको र अडेको देशले आफ्नो देशलाई आत्मनिर्भर बनाउने चेष्टा पनि गर्दैन । विकासमा नेपाल पछि पर्नुको कारण अरुको भरमा बसेकैले हो । देशका लागि आवश्यक आधारभूत सामग्रीहरू अरुको भरमा बसेपछि देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ ? देशमा उत्पाडित सामान थोरै निर्यात हुने र बढी आयात हुनुको अर्थ स्वदेशको रकम विदेशिनु हो । देशको रकम विदेशिएपछि आयस्रोत कम हुन्छ र विकासमा पछि पर्छ । देशलाई आत्मनिर्भर बनाउनेतर्फ सरकारको ध्यान अझै गएको छैन ।
सरकारका नेता तथा मन्त्रीहरू दूरदर्शी हुनुपर्छ । उनीहरूको ध्यान देश र जनताको सेवामा जानुपर्छ । सत्तासीन नेताहरू दलभन्दा माथि उठ्न नसके मुठीभर व्यक्ति मोटाउँदै जाने छ, सरकारी संस्थान डुब्दै जानेछ । सत्तासीन दल र ठूला दलले आफ्ना नेता तथा कार्यकर्ताको चरित्र निर्माण गर्नसकेन । सच्चरित्रवान र देश जनताको सेवा गर्ने नागरिक तयार गर्न नसकेको कारण राष्ट्रिय चरित्र खोक्रो बन्दै गएको हो । विदेशी शक्तिहरूको करकाप, हस्तक्षेप वा असमान सन्धिमा फसेर देश बिग्रेको हो, पछि परेको हो ।
साँचो कुरा ढाकछोप गर्ने, लुकाउने, भित्र खोक्रो भए पनि बाहिर स्वाङ पार्ने डम्फूले गर्दा, ढाँटेर, मागेर देश विकास हुने अभिमानीले गर्दा देशमा सदाचार, शिष्टता होइन अराजक बढेको हो, अनियमितता र उच्छृङ्खल गतिविधि अघि बढेको हो । साना–तिना विकास गरेपछि, विदेशी सहयोग पाउने भएपछि विकास उचाइमा पुगेको ठान्ने र देशमा युग नै सुरुवात भएको स्वाङ पार्ने वर्तमान सरकारको नियत रहेको देखिन्छ । मुखले आधुनिकीकरण, प्रजातन्त्र सुदृढीकरण र विज्ञानको समर्थन गरे पनि सरकार व्यवहारमा सङ्कीर्ण, साम्प्रदायिक र उही यथास्थितिवादमा टेकिरहेको छ । सरकारको आश्वासन, छलछाम, झूटको खेती र अवसरवादी राजनीतिबाट थाकिसकेका सर्वसाधारण जनताले भन्न थाले, नेपालको चलन यस्तै रहेछ ।
सत्तासीन नेता र मन्त्रीले कामको थालनीलाई नै युगको सुरुवात भएको फुके । सरकारले मुलुकको सडक, यातायातलाई सहज र सुलभ बनाउन सुरुङ बनाउने काम के थालनी ग¥यो देशमा सुरुङ मार्गको युग सुरु भएको फुक्यो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत कार्तिक ४ गते नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङ मार्गको शिलान्यास गरेका थिए । यसैगरी पानीजहाज सञ्चालन गर्ने कार्यालयको उद्घाटनमा पनि प्रम ओलीले देशमा पानीजहाज युग सुरु भएको खोके । वैज्ञानिकहरूको भेला भएपछि वैज्ञानिक युग सुरु भएको भन्न भ्याए प्रम ओलीले । सत्तासीन नेताहरू विदेशीसामु झुके, उठबस गरे । के अब आत्मसमर्पण गर्ने र विदेशी शक्ति राष्ट्रको उठबसमा झुक्ने युगको सरकारको सुरुवात भएको भने पनि हुन्छ ?
Leave a Reply