भर्खरै :

इराक सड्ढट ः गतिरोध वा राजनीतिक अवसर ?

 
इराकको राजनीतिक अवस्थाबारे एक विश्लेषण
कमारन पालानी
सन् २०१८ को अक्टोबरमा अब्देल अब्दुल मेहदी इराकका प्रधानमन्त्री बने । यसले इराकभित्र र बाहिर आशाको सञ्चार गरेको थियो । नयाँ सरकारले इराकलाई अघि बढाउला कि भन्ने सबैमा आशा जागेको थियो । बिडम्बना एक वर्ष र केही महिना बित्दा नबित्दै मेहदीले पदबाट राजीनामा दिनुप¥यो । इराकमा भएको हिंसात्मक प्रदर्शनमा सयौँ जना सुरक्षाकर्मी र सशस्त्र लडाकु मारिनुका साथै हजारौँ जना घाइते भएपछि उनले पदबाट राजीनामा दिए ।
सन् २०१९ को अक्टोबर यता पनि इराकमा लगातार जनप्रदर्शनहरू भइरहेका छन् । भ्रष्टाचार अन्त्य, जीवनस्तरमा सुधार, क्षेत्रीय शक्ति (विशेषतः इरान) र विश्व शक्ति (विशेषतः संरा अमेरिका) बाट स्वतन्त्रता र सन् २००३ मा भएको संरा अमेरिकी हमलायता इराकमा स्थापित समग्र राजनीतिक बन्दोबस्तमा परिवर्तनको माग गर्दै ती जनप्रदर्शनहरू भइरहेका हुन् ।
विरोध प्रदर्शन मूलतः बग्दाद र सिया बाहुल्य मध्य र दक्षिणी इराकमा सीमित छन् । तथापि प्रदर्शनकारीका माग भने कुनै सम्प्रदाय विशेषमा आधारित छैनन् । इराकमा यसअघि भएका जनआन्दोलनभन्दा फरक यो पटकको आन्दोलनमा जनचाहना बलियोसँग अभिव्यक्त भएको छ । यो पटकको आन्दोलनले सत्तामा परिवर्तन ल्याउने विश्वास गरिएको छ । सबभन्दा महत्वपूर्ण कुरा त इराकका कुनै पनि राजनीतिक दलले यो आन्दोलनको नेतृत्व गर्न सकेको छैन ।
प्रदर्शनकारीले आफ्नो आन्दोलनलाई ‘विद्रोह’ वा ‘क्रान्ति’ को रुपमा परिभाषित गर्दै आएका छन् । यो आन्दोलनले हालको राजनीतिक संस्थापन र वर्तमान राज्य र समाजबीचको सम्बन्धलाई चुनौती दिएको छ । उनीहरूले अहिलेको इराकी सरकारलाई ‘शासन’(रेजिम) शब्दले परिभाषित गरिरहेका छन् । मध्यपूर्वमा ‘शासन’ शब्दको अर्थ जनताको कुनै समर्थन नभएको वा वैधानिकता गुमाएको भन्ने लाग्छ ।
इराकमा आज जे भइरहेको छ, त्यो वास्तवमै अभूतपूर्व छ । यसलाई इतिहासको कुनै परिस्थितिसँग तुलना गर्न सकिन्न । केले इराकलाई आजको अवस्थामा पु¥यायो र अब के हुन्छ ?
विद्रोहको जरा
तीन वटा क्षेत्र–सरकार, अर्थतन्त्र र सुरक्षामा दीर्घ रोग र अव्यवस्था नै इराकमा आज उठेको आन्दोलनको जरा हो ।
इराकमा सन् २००३ पछिको राजनीतिक व्यवस्थामा त्यहाँका तीन ठूला जातीय सम्प्रदाय–सिया अरब, सुन्नी अरब र कुर्दबीच शक्ति बाँडफाँट हुँदै आएको छ । यो अघोषित सम्झौताअन्तर्गत प्रधानमन्त्री पद सिया समुदाय, सभामुख सुुन्नी समुदाय र राष्ट्रपति कुर्द समुदायले चलाउँदै आएका छन् ।
यही परिस्थितिका कारण इराकको राजनीतिक व्यवस्थामा अर्थपूर्णरूपमा राजनीतिक र प्रशासनिक सुधार गर्न गा¥हो भएको हो । इराकको अर्धस्वायत्त कुर्द क्षेत्रका राष्ट्रपति नेचिर्भान बर्जानीले हालै इरानको राजनीतिका तीन मुख्य पक्ष(सिया, सुन्नी र कुर्द) देशको हितमा भन्दा आ–आफ्ना क्षेत्र र पार्टी राजनीतिमा मात्र बढी ध्यान दिएको बताए ।
त्यसकारण इराकको सरकार पनि कमजोर बन्यो र प्रधानमन्त्री पनि कमजोर बने । सरकार र प्रधानमन्त्री दुवैलाई राजनीतिक पार्टीको पूर्ण समर्थन भएन । त्यसकारण सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेन र असल शासन पनि लागू गर्न सकेन ।
इराकको अहिलेको राजनीतिक प्रणालीको अर्को कमजोर बिन्दु भनेको शक्तिको उचित बाँडफाँट गर्न नसक्नु हो । प्रमुख शक्ति मुख्यतः सिया नेताहरूको नियन्त्रणमा छ । त्यसप्रति बाँकी समुदायमा गहिरो असन्तोष व्याप्त छ ।
सन् २०१२–१३ मा सुन्नी बाहुल्य क्षेत्रमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री नौरी अल–मालिकीको साम्प्रदायिक शासन अस्वीकार ग¥यो । साथै कुर्द अर्धस्वायत्त क्षेत्रमा स्वाधीनताको लागि जनमतसङ्ग्रह भयो । यी दुई घटनाले इराकमा अहिलेको राजनीतिक व्यवस्थाले समान साझेदारीको भावना सञ्चार गर्न नसकेको भन्ने सड्ढेत गर्छ । सिया बाहुल्य क्षेत्रमा चालू प्रदर्शनले अहिलेको प्रणालीप्रति सिया समुदायका जनता असन्तुष्ट भएको देखाएको छ ।
तेलको स्रोतमा इराकको पराधीनताले दिगो आर्थिक विकास रोकेको छ । त्यसमाथि उच्च तहमा व्याप्त भ्रष्टाचार र सरकार स्रोतको गलत व्यवस्थापनको कारण जनता आधारभूत आवश्यकताबाट वञ्चित हुनु परेको छ ।
युवालाई रोजगारी दिन सरकारी कोषको प्रयोग गरी इराकी जनताको मन जित्ने प्रयास हरेक सरकारले ग¥यो । आज इराकको कुल बजेटको दुईतिहाइ रकम सरकारी कर्मचारीको तलबमा खर्च हुने गरेको छ । तर, यो दिगो पारा होइन । इराकी अर्थतन्त्रलाई विविधीकरण गर्न र निजी क्षेत्रको विकासको लागि यो अवरोध बनेको छ ।
सुरक्षा क्षेत्रमा पनि इराकले ठूलो चुनौती सामना गरिरहेको छ । त्यहाँ सुरक्षा बल(प्रहरी) र सैनिक शक्तिबीच समन्वय छैन । राज्य संरचनाभित्र काम गर्ने कुर्द पेशमेर्ग र सुरक्षाकर्मीबीच वैमनस्यता हुनुको साथै उनीहरू स्वंयभित्रै पनि एक–आपसमा द्वन्द्व छ । सुरक्षा क्षेत्र पनि धेरै समूहमा विभाजित अवस्था छन्, ती विभिन्न राजनीति शक्तिको प्रभावबाट मुक्त छैनन् ।
सन् २००३ यता इराकमा लडाकु र सशस्त्र समूहहरू दिनानुदिन बढ्दै गए । इराकमा तिनै समूहहरू आज बलियो शक्ति बनेका छन् । सबै घरेलु र विदेशी शक्तिले आ–आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न ती समूहहरूलाई उपयोग गरिरहेका छन् ।
इराकको सशस्त्र र सुरक्षाबलभित्र एउटा एकीकृत सुरक्षा संयन्त्र (कमान्ड र नियन्त्रण) को अभावमा देश कमजोर भएको छ । यसले आतड्ढवादी शक्तिको घुसपैठ र विदेशी प्रभाव विस्तार गर्ने बाटो खोलेको छ ।
अब के त ?
आज इराक आफै गम्भीर सड्ढटमा फसेको छ । ऊसँग कुन बाटो भएर अघि बढ्ने कुनै योजना छैन । शासक वर्गले सबै जनसमर्थन र वैधानिकता गुमाएको भन्ने कुरा इराकी जनताको प्रदर्शनले पुष्टि गरेको छ । इराकका सबभन्दा वरिष्ठ सिया मुसलमान नेता ग्रान्ड अयोतोल्लाह अली अल–सिस्तानीजस्ता धार्मिक नेता र संस्थामाथि आज गम्भीर आलोचना भइरहेको छ । उनीहरूले सबै सिया पार्टीलाई एकै थलोमा ल्याउन सकेका छैनन् ।
जब देशमा वैधानिक रिक्तता देखिन थाल्छ, तब राजनीतिक नेता र लडाकुहरू राजनीतिक प्रणाली र साम्प्रदायिक संरक्षणमार्फत त्यो रिक्तस्थान आफ्नो पक्षमा पार्न जोड दिन्छन् । यिनै राजनीतिक नेताहरू नै अर्को प्रधानमन्त्रीको लागि चुनिन र सुधारको पक्षमा उभिएका हुन्छन् ।
इराकको आजको परिस्थितिमा दुई थरी सम्भावना देखिन्छ–
पहिलो, राजनीतिक मोर्चा नयाँ प्रधानमन्त्री बनाउन सहमत हुनसक्छ । नयाँ प्रधानमन्त्री अर्को निर्वाचनसम्मको लागि सो पदमा रहने छन् । प्रदर्शनकारीहरूले माग गर्दै आएको नयाँचुनाव कानुन पारित गर्न उनी अधिकारसम्पन्न हुने छन् ।
इराकको संसद्मा अहिले कुनै पनि दलको प्रस्ट बहुमत छैन । त्यसको अर्थ नयाँबन्ने प्रधानमन्त्री सहमतिकै आधारमा चुनिने छन् । उनी अब्दुल मेहदीभन्दा धेरै अधिकारसम्पन्न प्रधानमन्त्री बन्ने छैनन् । त्यसकारण नयाँ चुनावसम्बन्धी कानुन बनाउने वा कुनै सुधार गर्ने नयाँ प्रधानमन्त्रीको प्रयास विफल बनाउने सम्भावना पनि उत्तिकै छ ।
कुनै पनि दल आफ्नो शक्ति वा पदमा लचिलो बन्न तयार नभएको अहिलेको परिस्थितिमा सबैले आगामी चुनावमा नतिजा आफ्नो पक्षमा ल्याउन भरपुर प्रयास गर्ने छन् । त्यसकारण यस्तो परिस्थितिमा आउने परिणामले अहिले आन्दोलनमा रहेका जनताको चित्त बुझाउन सक्ने छैनन् । फलतः सरकारविरोधी प्रदर्शनले निरन्तरता पाउने छ ।
दोस्रो सम्भावना, पार्टीहरूबीच नयाँप्रधानमन्त्रीको लागि कुनै सहमति हुने छैन वा चुनावमा द्वन्द्व हुने छ । यसले आन्तरिक द्वन्द्वलाई अझ पेचिलो बनाउने छ ।
सिरियामा भन्दा फरक इराकका आन्दोलनकारीले आफूमाथि सरकारको चर्को दमन भए पनि हतियारबद्ध सङ्घर्ष थालेका छैनन् । त्यसकारण कुनै पनि किसिमको द्वन्द्वको परिणाम भनेको एकातिर मुकताडा अल–साद्रको पिस ब्रिगेड र अर्कोतिर इरानी सहयोगमा बनेका पपुलर मोबिलाइजेसन युनिटबीचको लडाइँ हुने छ । यी दुई समूहबीच अहिले नै त्यस्तो द्वन्द्वको पूर्वसड्ढेत देखिएको छ ।
यस्तो अवस्थाले इराकमा विशेषतः इरान र संरा अमेरिकाको हस्तक्षेपको लागि मलिलो माटो तयार गर्ने छ ।
तेस्रो सम्भावित अवस्था भनेको आन्दोलनमा रहेका जनताका आमूल परिवर्तनकारी माग पूरा हुनु हो । तर, यसको सम्भावना निकै क्षीण छ । सडकमा पोखिने क्रान्तिकारी भावनालाई असफल बनाउन इराकमा विभिन्न स्वार्थ बोकेका घरेलु तथा विदेशी राजनीतिक शक्तिहरू शक्तिशाली छन् ।
यस्ता अनेकन चुनौतीबीच इराकी राजनीतिमा युवाहरूको परिचालनले निकै ठूलो अर्थ राख्ने गरेको छ । युवा परिचालनले आज राजनीतिक संस्थापनबारेको सार्वजनिक बहसको धार नै परिवर्तन गरेको छ । इराकका राजनीतिक नेताहरू आज नयाँ राजनीतिक यथार्थ सामना गरिरहेका छन् । उनीहरूले सडकमा चालू दबाबलाई ध्यानमा राखेर चुनावसम्बन्धी आफ्नो धारणामा परिवर्तन ल्याउन जरूरी छ ।
आन्दोलनकारी जनताले चाहेजस्तो तत्काल ‘शासन त ढलिहाल्ने’ सम्भावना छैन । तथापि दीर्घकालमा जनताको यो भावनाले क्रमशः उल्लेख्य उचाइ हासिल गर्ने छ । राजनीतिक प्रक्रियामा विलम्ब र शासक वर्गले दिने स–साना सहुलियतको प्रस्तावले इराकी आन्दोलनकारीको प्यास मेटाउन सक्दैन । यसले जनपरिचालनलाई आगोमा घ्यू थपेजस्तो मात्र हुने छ । यदि इराकमा शान्ति स्थापना गर्नु छ भने त्यहाँ राजनीतिक परिवर्तन नआई सुखै छैन ।
(लेखक सालाहद्दिन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धका लेक्चरर हुनुहुन्छ ।)
स्रोतः अल जजिरा
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *