क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
– गोपाल नगरकोटी
सिद्धान्त र विचारको आधारमा नेकपाको एकीकरण नभएको हुँदा सभामुख पदको चयनमा पूर्वएमाले र पूर्वमाओवादीका नेता र सांसदहरूबीच मतभेद हुनु अस्वाभाविक होइन । पहिले सभामुखको भाग माओवादीमा परेको हुँदा अहिले पनि आफैले पाउनुपर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहालको दाबी र प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीको एमालेकै हुनुपर्ने दाबी के भागबन्डाको तानातान होइन ? पूर्वएमालेकै र पूर्वमाओवादीकै हुनुपर्ने दबाब नेकपाभित्र कसरी देखियो ? नेकपाभित्र देखिएको त्यो कचि·लको कारण प्रतिनिधिसभाको बैठक नै पटक–पटक सारियो । बस्दै नबसी बैठक स्थगित गर्नु के सरकारको लाचारी होइन ? ओली र दाहालको जुङ्गे लडाइँले प्रतिनिधिसभाको बैठकलाई खेलबाड गर्न पाउँछ ?
पूर्वमाओवादीका नेताहरू कुनै हालतमा सभामुख पद नछाड्ने पक्षमा छन् । ठूलो भाग खोज्ने पूर्वएमाले पक्षधर नेता र सांसदहरूमा पनि सभामुख पद पाउने दम्भ सेलाएको छैन । नेकपाका नेता, मन्त्री र सांसदहरूबीच जति दम्भ, दबाब, तनाव भए पनि आखिर कुनै एक व्यक्तिलाई सभामुख चयन गर्नैपर्छ । सभामुख सुवास नेम्वाङ या अग्नि सापकोटा या शिवमाया तुम्बाहाम्फे जो भए पनि पदको लागि कुकुरझगडा ‘कम्युनिस्ट’ भनिने ठूला दलको लागि सुहाउँदैन । अध्यक्षद्वय ओली र दाहालहरू त कम्युनिस्टको सिद्धान्त र विचारलाई व्यवहारमा लागू गर्न के कस्ता नीति र योजनाहरू बनाउन उपयुक्त हुन्छ भन्ने सवालमा बहस गर्नुपर्ने हुन् । तर, उनीहरू सभामुख पदमा अल्झिरहे । नेम्वाङ या सापकोटा जो बने पनि आखिर नेकपाकै भागमा सभामुख पर्छ ।
फरक पृष्ठभूमिबाट आएका दुई दलबीच एकता भएको कारण जहिल्यै उनीहरू भागबन्डामा अल्झिएका हुन् । पूर्वमाओवादी पक्षधर नेताहरूलाई पूर्वएमालेले आफूहरूलाई बेवास्ता गरेकै हो भन्ने लागेको थियो होला । पूर्वएमाले माओवादीभन्दा ठूलो भएकोले धेरै भाग किन खोज्दैन भन्ने लागेको थियो होला । तर, अध्यक्ष दाहाललाई कार्यकारी अध्यक्ष बनाएको हुँदा सोको क्षतिपूर्तिस्वरुप सभामुख पद पूर्वएमालेले पाउनुपर्छ भन्ने विचार सही होइन । दलको आन्तरिक विवादलाई लिएर प्रतिनिधिसभाको बैठक स्थगित गर्नु प्रम ओली र अध्यक्ष दाहालको देश र जनताप्रतिको खेलबाड हो, अल्पबुद्धि हो ।
Leave a Reply