कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकमाथि सत्तारूढ दल भारतीय जनता पार्टीसम्बद्ध हतियारधारी समूहले गरेको साङ्घातिक हमलाले मोदी सरकारको फासीवादी चरित्र पुनः उदाङ्गिएको छ । ‘शान्ति सभा’ मा सहभागी प्राध्यापक र विद्यार्थीहरूमाथि कपडाले मुख छोपेका धारिला हतियार बोकेका हतियारधारीहरूले हमला गरेका थिए । हमलाकारीले विश्वविद्यालयका छात्रावासहरूमा पुगेर निहत्था विद्यार्थीमाथि घातक हमला गरेका थिए । विश्वविद्यालयको भौतिक सम्पत्ति भाँचकुच गरेका थिए । उनीहरूले जेएनयू विद्यार्थी युनियनका सभापति आइशी घोषलगायत धेरै सङ्ख्यामा प्राध्यापक र विद्यार्थीमाथि हमला गरेका थिए । विश्वविद्यालयभित्र घण्टौँ ज्यादती चल्दै गर्दा शान्ति सुरक्षाको लागि परिचालित प्रहरीले भने कुनै पनि कारबाही नगरेको मात्र होइन, बरू घाइते विद्यार्थीलाई सहयोग गर्न आएका मानिसहरूलाई समेत गेटभित्र प्रवेश गर्न निषेध गरेको थियो ।
गुण्डागर्दीको घटना सत्ताकै संरक्षणमा भएको घटनाक्रमले पुष्टि गर्छ । कुटपिट र भाँचकुचमा उत्रेका नकाबधारी गुण्डाहरूबारे धेरै तस्वीर सार्वजनिक भए पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेका छैनन् । मोदी सरकारको हिन्दू फासीवादी नीतिको विरोधमा भारतका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरू पनि लगातार सङ्घर्षमा छन् । विद्यार्थी आन्दोलन मोदी सरकारको निम्ति आँखाको धुलोजस्तै बनेको छ । विशेषतः हालै भारतीय संसद्बाट जबरजस्ती पारित गरिएको नागरिकता संशोधन ऐन र राष्ट्रिय नागरिकता पञ्जीकरणको विरोधमा उठेको आन्दोलनलाई उचाइमा पु¥याउन विश्वविद्यालयका विद्यार्थीहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । विश्वविद्यालयहरूमा प्रगतिशील र धर्मनिरपेक्ष विचारका पक्षधर विद्यार्थीहरूको उपस्थिति मोदीको लागि मुटुमा बिजेको काँडाजस्तै बनेको छ । त्यसकारण भाजपाले सत्तामात्र होइन, हिन्दू अतिवादी असहिष्णु समूहलाई समेत प्रयोग गरी दमनमा उत्रने गरेको छ । मोदी सरकारले यसप्रकार विपक्ष वा भिन्न विचारमाथि गुण्डा लगाएर परिचालन गरी दमन गर्ने गरेको यो पहिलो घटना भने होइन । जेएनयूमा पनि यसअघि पटक–पटक सत्ताको संरक्षणमा गुण्डा परिचालन गरी दमनका घटना भएका छन् ।
भारतीय संविधानले भारतलाई लोकतान्त्रिक देश भनेको छ । लोकतन्त्रको आधारभूत मान्यता भनेको भिन्न विचार र मतको कदर गर्नु हो । तर, मोदी सरकारले भने भिन्न मतमाथि लगातार दमन गर्दै आएको छ । निश्चित समुदाय, विचार र आस्थालाई मात्र प्रश्रय दिने र अरूलाई भौतिकरूपमै सफाया गर्ने सिद्धान्त फासीवाद हो । फासीवादी सिद्धान्त लोकतन्त्रविपरीत विचारधारा हो । मोदीले आज भारतमा फासीवादी शासन लादिरहेका छन् ।
शान्तिपूर्वक भेला हुने, आफ्नो विचार निर्भिकरूपमा राख्ने, स·ठित हुने लोकतन्त्रका आधारभूत पक्ष हुन् । जेएनयूका विद्यार्थी र प्राध्यापकहरूले आइतबार आयोजना गरेको कार्यक्रम कुनै पनि कोणबाट भारतीय संविधानले दिएका अधिकारविपरीत थिएन । कदाचित कसैले कानुन मिचेको अवस्थामा पनि कारबाहीको लागि राज्यका निकायहरू छन् । तर, आइतबारको घटनामा शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरी मूकदर्शक बनेर हतियारधारी समूहलाई विश्वविद्यालयमा मनपरी अराजकता फैलाउने छुट दिइएको छ । मोदीको हिन्दू फासीवादको किटाणुबाट नेपाली राजनीति र समाज कुनै पनि बेला सङ्क्रमित हुनसक्ने खतरालाई उपेक्षा गर्न सकिन्न । हिन्दू अतिवादी चिन्तनको लागि नेपाली सामाजिक माटो निकै मलिलो हो । फासीवादको सबभन्दा पहिलो निशाना लोकतान्त्रिक व्यवस्था र लोकतान्त्रिक हक अधिकार हुने गर्दछ । नेपाली जनताले ठूलो बलिदानबाट प्राप्त गरेको लोकतान्त्रिक अधिकारको रक्षाको लागि यो समय भारतमा उठेको मोदी फासीवादविरोधी आन्दोलनमा नेपाली जनताले पनि ऐक्यबद्धता जनाउन जरूरी छ ।
Leave a Reply