भर्खरै :

युवा आन्दोलनबारे का. किम जङ इलको विचार

 समा
क्रान्ति गुलाबको ओछ्यान होइन, यो आँधीहुरी र सम्पूर्ण प्रतिकूलतासँगको लडाइँ हो । क्रान्ति विगतलाई उल्ट्याएर नयाँ र सुन्दर भविष्यको निर्माण हो । देशका युवादस्ता क्रान्तिका सिपाही हुन्, क्रान्तिका उत्तराधिकारी हुन् । युवादस्ता त्यही क्रान्तिका रक्षक हुन् । क्रान्तिको उपलब्धि जोगाउने या समाजवादलाई भित्री र बाहिरी आक्रमणहरूबाट जोगाइराख्ने अर्को चरणको क्रान्तिका संवाहक हुन्, युवा दस्ता । त्यसकारण क्रान्ति भइसकेका या हुन बाँकी सम्पूर्ण देशहरूमा न्यायपूर्ण युवा आन्दोलनहरू सहि विचारबाट मार्गनिर्देशित भएको हुनुपर्छ, सहि बाटो युवा आन्दोलनले पहिल्याएको हुनुपर्छ । त्यही जुझारु र सशक्त युवा आन्दोलनहरूबाट देशले नयाँ सम्भावना र अगुवाहरू प्राप्त गर्छ, देशले क्रान्तिका नयाँ नायकहरू प्राप्त गर्छ ।
समाजवादी देश प्रजग कोरियामा समाजवादको रातो झन्डा आज पनि फहरिरहेको छ । कोरियाली मजदुर पार्टी देशको समाजवाद रक्षार्थ युवा आन्दोलन र युवा पुस्ता तयारीमा विशेष ध्यान दिन्छ । जस्तै परिस्थितिमा पनि अमेरिकी साम्राज्यवादलाई हाँक दिन, संसारभरी साम्राज्यवादविरुद्ध आन्दोलन उठाउन नयाँ जोश र जाँगरले भरिएका युवा पुस्ताको तयारीको आवश्यकता रहन्छ ।
प्रजग कोरियाली समाजमा युवा आन्दोलनको आवश्यकताबारे लेखिएको का. किम जङ इलको पुस्तिका ‘हाम्रो युवा आन्दोलनलाई नयाँ, अझ माथिल्लो चरणसम्म विकसित गरौँ’ अत्यन्त पठनीय छ । नेपाली समाजको लागि पनि किम जङ इलका विचार अनुकरणीय छन् ।
युवा आन्दोलनको विकास क्रान्तिकारी पार्टी, क्रान्ति र देशको भविष्यसँग जोडिएको हुन्छ । युवा सवाल भन्नु नै युवालाई नयाँ समाजका निर्माता र क्रान्तिकारी बन्ने गरी शिक्षित बनाउनु, युवाहरूलाई पार्टीको सैद्धान्तिक आधारशीला र क्रान्तिकारी विचारले खँदिलो बनाउनु हो । क्रान्तिकारी विचारले खँदिलो बनेका युवाहरू नै देशको स्वाधीनता रक्षाको निम्ति मुख्य शक्ति हुन्छन् ।
कोरियाली जनताका महान् नेता किम इल सङको जुच्छे विचारधारामा पनि युवा आन्दोलनलाई देशको भविष्यमा प्रभाव पार्ने महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरिएको उल्लेख छ । का. किम इल सङ आफै पनि देशका युवाहरूलाई सङ्गठित, सु–संस्कृत र वैचारिकरूपले परिपक्व बनाउनुपर्नेमा जोड दिनुहुन्थ्यो । पार्टी नेतृत्वको एउटा महत्वपूर्ण दायित्व भन्नु नै युवापुस्ताको तयारी हो । सानैदेखि साम्राज्यवादविरुद्ध सङ्घर्षको भावना सिकाउने, सत्यको पक्षमा, स्वाधीनता र आत्मनिर्भरताको पक्षमा उभिन सिकाउने, समाजवाद स्थापना र विकास गर्न सक्षम बनाउने दायित्व पार्टीले लिनुपर्दछ । विभिन्न देशको इतिहासले के देखाउँछ भने युवा आन्दोलन मजदुर–वर्गीय पार्टीको नेतृत्वबाट बाहिर रह्यो भने त्यस आन्दोलनलाई प्रतिक्रान्तिकारी शक्तिले दबाउँछ या क्रान्तिको विरुद्ध प्रयोग गर्छ । किम जङ इल भन्नुहुन्छ –“समाजवादी युवा आन्दोलन युवाहरूको व्यापक समूहलाई पार्टीभित्र एकताबद्ध गर्ने आन्दोलन पनि हो ।”
युवाहरूलाई सङ्गठित हुन, विचारले सुसज्जित हुन, पार्टी गतिविधिमा क्रियाशील बन्न र सङ्गठन निर्माण एवम् विस्तारका निम्ति सक्रिय बन्न युवा आन्दोलनले भूमिका निर्वाह गर्छ । पार्टीको कार्यशैलीको अनुसरण र पार्टी अनुशासनले युवा आन्दोलनलाई सभ्य बनाउँछ भन्ने कोरियाली मजदुर पार्टीको अनुभव हो । पार्टीको कार्यदिशा र आगामी नीतिहरूबारे स्पस्ट युवा आन्दोलनको गति र तेज उच्च हुन्छ ।
पार्टीले युवा सङ्गठन निर्माण गरेन भने के हुन्छ ? युवाहरू अनेक सामाजिक समूहहरूमा विभाजित हुन्छन् । फरक–फरक विचार बोकेका सङ्घ–संस्थाहरूमा आबद्ध हुन्छन् । यसरी युवाहरू विचारमा पनि विभाजित हुन्छन् । युवाहरूबीचको विभाजन रोक्न र एकताबद्ध गर्न जनतामा आधारित युवा सङ्गठन आवश्यक छ । पार्टीले आफ्नो उद्देश्यसँग युवादस्तालाई एकाकार गर्नसकेमात्रै देशको भविष्य सुनिश्चित हुने सन्देश पुस्तिकामा छ ।
युवाहरू स्वभावैले सङ्घर्षशील र जुझारु हुन्छन् । क्रान्तिकारी जोशले भरिपूर्ण हुन्छन् । युवा आन्दोलन उच्च सङ्घर्षशील तब बन्दछ जब आन्दोलनले आम जनताको स्वाधीनता र देशको सार्वभौमिताको पक्ष लिन्छ । देशको निम्ति वीरतापूर्वक लडेका युवाहरूलाई देशले कहिल्यै बिर्सँदैन, इतिहासले यही भन्छ । कोरियाली क्रान्तिको स्मरणमा किम जङ इल भन्नुहुन्छ –“हाम्रा युवाहरूले अडिग क्रान्तिकारी उत्साह देखाएर रगत र आगोको समुद्रको सामना गरे । आत्मनिर्भरता र बलियो क्रान्तिकारी उत्साह बोकी भग्नावशेषबाट स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कठिन सङ्घर्षमा पनि कोरियाली युवाहरू सफल छन् ।”

कोरियाली जनताका महान् नेता किम इल सङको जुच्छे विचारधारामा पनि युवा आन्दोलनलाई देशको भविष्यमा प्रभाव पार्ने महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरिएको उल्लेख छ । का. किम इल सङ आफै पनि देशका युवाहरूलाई सङ्गठित, सु–संस्कृत र वैचारिकरूपले परिपक्व बनाउनुपर्नेमा जोड दिनुहुन्थ्यो । पार्टी नेतृत्वको एउटा महत्वपूर्ण दायित्व भन्नु नै युवापुस्ताको तयारी हो । सानैदेखि साम्राज्यवादविरुद्ध सङ्घर्षको भावना सिकाउने, सत्यको पक्षमा, स्वाधीनता र आत्मनिर्भरताको पक्षमा उभिन सिकाउने, समाजवाद स्थापना र विकास गर्न सक्षम बनाउने दायित्व पार्टीले लिनुपर्दछ । विभिन्न देशको इतिहासले के देखाउँछ भने युवा आन्दोलन मजदुर–वर्गीय पार्टीको नेतृत्वबाट बाहिर रह्यो भने त्यस आन्दोलनलाई प्रतिक्रान्तिकारी शक्तिले दबाउँछ या क्रान्तिको विरुद्ध प्रयोग गर्छ । किम जङ इल भन्नुहुन्छ –“समाजवादी युवा आन्दोलन युवाहरूको व्यापक समूहलाई पार्टीभित्र एकताबद्ध गर्ने आन्दोलन पनि हो ।”

प्रजग कोरियाविरुद्ध संरा अमेरिकाले थोपेको नाकाबन्दीविरुद्ध युवाहरू निरन्तर लड्दैछन् । उत्तर र दक्षिणमा विभक्त कोरिया पुनः एकीकरणको निम्ति पनि दृढ –सङ्कल्पित छन् । साम्राज्यवादको अणुबम र ठूल्ठूला मिसाइलविरुद्ध अर्थात् रसायनिक हातहतियारको जवाफ त्यसरी नै दिन प्रजग कोरियाली युवाहरू कृत–सङ्कल्पित छन् । युवाहरूलाई हरेक क्षेत्रमा सक्षम र सबल बनाउन कोरियाली मजदुर पार्टीको नेतृत्वमा विचारधारात्मक क्रान्ति, प्राविधिक क्रान्ति र सांस्कृतिक क्रान्ति जारी छ । यी क्रान्तिहरूले युवाहरूलाई सच्चा क्रान्तिकारी, दृढ–सङ्कल्पी कम्युनिस्ट, देशभक्त सेना बन्न उत्प्रेरित गरिरहेको छ । क्रान्तिप्रति इमानदार, पार्टीप्रति बफादार र देशप्रति कर्तव्यनिष्ठ बन्न युवाहरूलाई उत्साहित गरिइँदैछ । व्यक्तिवाद र पैसाको खेती गर्ने पुँजीवादी एवम् साम्राज्यवादी व्यवस्थाविरुद्ध लड्न शारीरिक र मानसिकरूपमा तयार बनाइँदैछ । क्रान्तिकारी जीवन बाँच्न, सङ्गठन र अनुशासनमा रहन सिकाइँदैछ । युवाहरूलाई सङ्घर्षको बाटो नै सबैभन्दा पुण्यको बाटो हो भन्ने सिकाइँदैछ । जनता र देशको निम्ति जीवन व्यतित गर्नु नै जीवनको उद्देश्य हुनुपर्दछ । जापानविरोधी क्रान्तिका गाथाहरू, पितृभूमिको स्वाधीनता र स्वतन्त्रताका निम्ति लडेका वीरहरूका कथा युवाहरूलाई पढाइँदैछ ।
कोरियाली युवाहरू मुक्तिको गीत गाउन मन पराउँछन् । वर्ग दुश्मनविरुद्ध एकताको झन्डा बोकी परेड खेल्न रुचाउँछन् । झिलिमिलीयुक्त दासताभन्दा उन्मुक्तिको स्वास फेर्न मन पराउँछन् । त्यसकारण युवाहरू प्रजग कोरियामा सङ्गठित जीवन बाँच्छन् । जनताको दुःख–सुख, समाजको आरोह–अवरोहसँग एकाकार भएर हुर्कन्छन् । आवश्यकतामा सहयोग र गल्तिमा आलोचनाको संस्कार भएको युवा आन्दोलन बलियो हुन्छ । प्रजग कोरियामा युवाहरू पहिले नै बाल सङ्गठनमा हुर्काइन्छन् । सङ्गठन, देशप्रेम बाल्यकालदेखि सिकाइन्छ । पितृभूमि प्राणभन्दा प्यारो हुनुपर्ने भावना दिइन्छ । बालबालिका र युवाहरूको व्यवस्थित एवम् असल हुर्काई नै देशको भविष्य हो भन्ने सन्देश पुस्तिकाबाट मिल्छ ।
यतिबेला प्रजग कोरियाली युवा आन्दोलन अमेरिकी साम्राज्यवाद या विदेशी हस्तक्षेपविरुद्धको सङ्घर्षमा केन्द्रित छ । त्यतिमात्र होइन, कोरियाली मजदुर पार्टीले अघि सारेको राष्ट्रिय एकीकरणका सिद्धान्तहरू– स्वाधीनता, शान्तिपूर्ण एकीकरण र महान् राष्ट्रिय एकताको सन्देशलाई संसारभर फैलाउन युवा आन्दोलन जारी छ ।
हरेक देशमा क्रान्तिकारी युवा आन्दोलन देशको सार्वभौमिकता र जनताको सेवा या सुखका निमित्त हुनुपर्दछ । क्रान्तिकारी पार्टीले नै मात्र युवाहरूलाई सङ्गठित र वैचारिकरूपले शिक्षित बनाउन सक्दछ । सङ्घर्ष र क्रान्तिमा युवाहरूको सहभागिता र युवा सङ्गठनको आवश्यकताबारे चर्चा गरिएको यस पुस्तिका नेपालको सन्दर्भमा अत्यन्तै सामयिक र सान्दर्भिक महसुस हुन्छ ।
यो पुस्तिकाको अध्ययनपश्चात् नेपाली युवाहरूमा देशप्रेम, क्रान्तिकारी भावना जगाउन अझ सशक्त युवा आन्दोलनको आवश्यकता बोध हुनेछ । आजभन्दा २४ वर्ष अगाडि प्रकाशित यस पुस्तिकाले प्रजग कोरियाली मजदुर पार्टीको कार्यशैली, सिद्धान्तबारे पनि बताउँछ । पुस्तिकाको नेपाली अनुवाद अझ स्पष्ट र व्याकरणीय त्रुटि कम भएको भए सुनमा सुगन्ध हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *