भर्खरै :

कासम सोलेमानीको हत्या र खाडी युद्धको सम्भावना

प्रकाश
इरानको क्विड फोर्सका कमान्डर जनरल कासम सोलेमानी बग्दादस्थित विमानस्थल आइपुगेका थिए र शिया मिलिसिया अधिकारी सँगसँगै एउटा दस्तासहित यात्रा गर्दै थिए जसमाथि जनवरी ३ शुक्रबार बिहान अमेरिकी क्षेप्यास्त्र आक्रमण भयो । उनीसँगै इराकी मिलिसिया नेता अबु महदी अल–मुहन्दीस पनि आक्रमणमा मारिए । अल–मुहन्दीस कतैब हेजबुल्लाह समूहको नेतृत्व गर्थे । उक्त समूहलाई इरानले समर्थन गर्छ । उक्त समूहमाथि उत्तरी इराकमा गत हप्ता एकजना अमेरिकी ठेकेदारको मृत्यु हुनेगरी रकेट आक्रमण गरेको आरोप वासिङटनले लगाएको थियो ।

सोलेमानीको हत्यापछि अमेरिका र इरानबीच चलिरहेको न्यून तहको द्वन्द्वलाई नाटकीयरूपमा उचाइमा पु¥याइदिएको छ र यसको परिणाम निकै गम्भीर हुन सक्छ । इरानले त्यसको कडा बदला लिने बताएको छ । विभिन्न क्रियाप्रतिक्रियाले दुई मुलुकलाई प्रत्यक्ष युद्धको स्थितिमा पु¥याइदिन सक्छ । अर्को खाडी युद्ध निम्तिने सम्भावना बलियो बनेको छ । इराकमा वासिङ्टनको भविष्यमाथि पनि प्रश्न उठेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वबारे कुनै रणनीति बनाएको भए त्यसको अभूतपूर्वरूपमा परीक्षण हुने बताएका छन् ।

सोलेमानी मारिएको २४ घण्टापछि मुलुकमा अर्को हवाई आक्रमण भयो । इराकी सैन्य स्रोतले रोयटर्स समाचार संस्थालाई बताए अनुसार स्थानीय समय शनिबार बिहान इराकी मिलिसियाको समूहलक्षित नयाँ आक्रमणमा छजना मारिए ।
सोलेमानीको हत्यापछि अमेरिका र इरानबीच चलिरहेको न्यून तहको द्वन्द्वलाई नाटकीयरूपमा उचाइमा पु¥याइदिएको छ र यसको परिणाम निकै गम्भीर हुन सक्छ । इरानले त्यसको कडा बदला लिने बताएको छ । विभिन्न क्रियाप्रतिक्रियाले दुई मुलुकलाई प्रत्यक्ष युद्धको स्थितिमा पु¥याइदिन सक्छ । अर्को खाडी युद्ध निम्तिने सम्भावना बलियो बनेको छ । इराकमा वासिङ्टनको भविष्यमाथि पनि प्रश्न उठेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वबारे कुनै रणनीति बनाएको भए त्यसको अभूतपूर्वरूपमा परीक्षण हुने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका उच्च सैन्य कमान्डर कासम सोलेमानीलाई अमेरिकाले ‘युद्ध सुरु गर्न नभएर युद्ध रोक्न’ मारेको बताएका छन् । उनले इराकको बगदादस्थित विमानस्थलमा भएको शुक्रबारको आक्रमणपछि भने– “सोलेमानीको ‘आतङ्कको शासन’ समाप्त भएको छ ।”
अमेरिकाले बगदादस्थित आफ्नो दूतावास सुरक्षाका लागि ३ हजार सैनिक थपिसकेको छ । आवश्यक परे यो क्षेत्रमा अरू सैनिक थप्ने उसको योजना हुनेछ । यसलाई अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषकहरूले अर्को खाडी युद्धको तयारी भनेका छन् । बाराक ओबामा सरकारमा मध्यपूर्व तथा पर्सियाली खाडीका लागि ह्वाइट हाउसका प्रतिनिधि फिलिप गोर्डनले सोलेमानीको हत्यालाई अमेरिकीहरूले इरानमाथि एक प्रकारले ‘युद्ध घोषणा गरेको’ रूपमा व्याख्या गरेका छन् ।
क्विड फोर्स के हो ?
क्विड फोर्स इरानको विदेशमा रहेका सैन्य कारबाहीका लागि जिम्मेवार निकाय हो । क्विड फोर्समार्फत वर्षौँदेखि सोलेमानीको नेतृत्वमा लेबनन, इराक, सिरिया वा अन्यत्र योजनाबद्ध हमला गरेर तथा तेहरानका स्थानीय समर्थकहरूलाई बलियो बनाएर इरानको प्रभाव बढाउने काम हुँदै आएको बताइन्छ । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले इरानको रिभोलुसनरी गार्ड्स कर्पलाई गत वर्ष आतङ्ककारी समूह भनेका थिए । इराकमा रहेको अमेरिकी सैन्य शिविरहरूमाथि भएका रकेट आक्रमणबारे पेन्टागनले इरान समर्थक मिलिसियाहरूलाई दोष लगाउँदै त्यसविरुद्ध कारबाही गरेको थियो । त्यसले बगदादमा रहेको अमेरिकी दूतावासमाथि आक्रमण गर्न उक्साएको अमेरिकी आरोप छ ।
इरानको रिभोलुसनरी गार्ड कर्प्सको उच्चतम एकाइ द क्विड फोर्सले आयोतोल्लाह खामेनीलाई रिपोर्ट गथ्र्याे र सोलेमानीलाई राष्ट्रिय नायकका रूपमा लिन्थ्यो । क्विडमा उनको २१ वर्षे नेतृत्वकालमा इरानले हेजबुल्लाहलाई बलियो बनाएको छ र लेबननमा इरानी समर्थक लडाकू समूहलाई बिस्तृत बनाएको मानिन्छ । ६२ वर्षीय सोलेमानी सर्वोच्च नेता आयतोल्लाह खामेनीपछिका दोस्रो शक्तिशाली नेताका रूपमा लिइन्थे । इराक र सिरियामा सैन्य उपस्थिति बढाएको र सिरियाको लामो गृहयुद्धमा लडाकू समूहविरुद्ध कारबाहीको योजना कार्यान्वयनमा ल्याएको जस पनि उनलाई दिइन्छ ।
वासिङ्टनका लागि उनी अमेरिकी रगत लतपतिएको हात भएका मानिस थिए । तर, उनी इरानमा लोकप्रिय थिए । व्यावहारिकरूपमा हेर्दा अमेरिकी प्रतिबन्ध र दबाबविरुद्ध लडाइँको नेतृत्वकर्ता थिए ।
इरानको प्रतिक्रिया
सोलेमानीको हत्यापछि सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले विज्ञप्ति जारी गर्दै भनेका छन् – “ईश्वरकहाँ उनको प्रस्थानले हाम्रो यात्रा या लक्ष्य रोकिँदैन तर उनी र अरू शहीदहरूको रक्तरञ्जित हात भएका अपराधीहरूमाथि अब कडा बदला लिइनेछ ।’’
अमेरिकी सुरक्षा परिषद्हरूलाई पत्र पठाउँदै इरानी राजदूत मजिद तख्त रभान्चीले भने अन्तर्राष्ट्रिय कानुनबमोजिम तेहरानसँग आत्मरक्षाको अधिकार निहित छ । इरानले छिमेकी इराकमा रहेका विभिन्न समूहका शिया मिलिसिया समूहलाई समर्थन गर्छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्डका एक कमान्डर जनरल घोलामली अबुहम्जेहले शनिबार एक विज्ञप्ति जारी गर्दै जनरल कासम सोलेमानीको हत्याको जबर्दस्त बदला लिइने र संरा अमेरिकाका ३५ वटा महत्वपूर्ण पोस्ट इरानी सेनाको आक्रमणको लक्ष्यभित्र रहेको चेतावनी दिए ।
जनरल अबुहम्जेहले भने – ‘‘इजरायलको राजधानी तेलअभिभ जुन संरा अमेरिकाको मुटु र जीवन पनि हो, हाम्रो लक्ष्त्ेदनभित्रै छ । हर्मुज जलडमरु पश्चिमाहरूका निम्ति उत्तिकै महत्वपूर्ण बिन्दु हो । हर्मुज जलडमरु, ओमन सागर र पर्सियाली खाडी भएर कयौँ अमेरिकी विध्वंसकहरू र युद्धकजहाज आवतजावत गरिरहन्छन् ।”
इरानको प्रतिक्रिया फरक किसिमको पनि हुनसक्ने उत्तिकै सम्भावना छ अर्थात् आक्रमणको बदला आक्रमण नहुन पनि सक्छ । सोलेमानीले बनाएको र पैसा खर्च गरेको यो क्षेत्रमा रहेको इरानको बृहत् समर्थन उपयोग गर्ने उसको रणनीति हुन सक्छ । उदाहरणका लागि उसले इराकी सरकारलाई कठिन परिस्थितिमा धकेल्दै त्यहाँको अमेरिकी तैनाथीलाई प्रश्न गर्दै बगदादस्थित अमेरिकी दूतावासमाथि घेराबन्दी बढाउन दबाव दिन सक्छ । त्यसले अरूतिर प्रदर्शनहरू गर्न उक्साउन सक्छ र अरू ठाउँमा आक्रमण हुन सक्छ । विगतमा पनि इरान र उसका समर्थकहरूले त्यस्तै गरेका थिए । यसले खाडीमा तनाव बढ्नेछ । त्यसको प्रारम्भिक प्रभाव तेलको मूल्य बढाएकोमा देखिनेछ ।
संरा अमेरिका किन युद्ध चाहन्छ ?
सोलेमानी राष्ट्रपति ट्रम्पको निशानामा थिए भन्ने कुरा त्यति आश्चर्यजनक छैन तर अहिले नै अमेरिकाले किन उनीमाथि आक्रमण ग¥यो भन्ने कुरा चाहिँ आश्चर्यजनक छ । इराकमा रहेको अमेरिकी सैन्य शिविरहरूमा सानोतिनोरूपमा भइरहेका रकेट आक्रमणका लागि तेहरानलाई दोष लगाइएको थियो । एकजना अमेरिकी ठेकेदारको त्यस्तै रकेट आक्रमणमा मृत्यु भएको थियो । तर, यसअघिका इरानी कारबाहीहरू खाडीमा ट्याङ्करहरूमाथि हमला, अमेरिकी मानवरहित बिमान झारेको र साउदी अरबमा एउटा तेल केन्द्रमाथि ठूलो आक्रमणको अमेरिकाले प्रत्यक्ष प्रतिक्रिया दिएन ।
राष्ट्रपति ट्रम्पले एउटा तीरले दुई निशाना बनाउने आशा राखेको विश्लेषण बलियो छ । पहिलो त इरानमाथि आक्रमण गरेका छन्, अर्को यो क्षेत्रमा अमेरिकाका समर्थक इजरायल र साउदी अरेबियालाई अमेरिकाको शक्ति अझ पनि बाँकी छ भन्ने लाग्नेछ । संरा अमेरिका र उसका सहयोगीहरूले अब संरा अमेरिकासित मिलेर प्रतिरक्षात्मक कुरामा ध्यान दिनेछन् ।
दोस्रो नजिकिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ‘साहसी’ र ‘सफल’ राष्ट्रपति ट्रम्पलाई दोस्रो कार्यकाल चलाउन दिन अमेरिकी मतदातालाई प्रेरित गर्नेछ । कथम्कदाचित इरानसित युद्ध थालनी नै भएमा त्यसले मन्दीमा चलिरहेका अमेरिकी अस्त्र उद्योग र व्यापारीहरूलाई ठूलो मौका मिल्नेछ । तिनीहरूले ‘साहसी’ र ‘सफल’ राष्ट्रपति ट्रम्प नै आवश्यक रहेको लविङ गर्न गराउन कुनै कसर बाँकी राख्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *