भर्खरै :

हिउँदे अधिवेशन सुरु

हेटौंडा, २१ पुस । सोमबारबाट प्रदेश नं ३ को प्रदेशसभाको पाँचौं अधिवेशन सुरू भएको छ । हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले हिउँदे अधिवेशनको शुभकामना दिन उभिरहँदा देश र जनताका अनेकौँ सवालहरूले घेरिरहेको र जनता प्रदेशसभातिर आशा, अपेक्षाभन्दा पनि आक्रोशित भइरहेको यथार्थबोध भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताको आन्दोलनबाट स्थापित सङ्घीय व्यवस्था आज असफलता र अकर्मण्यताले घेरिएको देख्ने जनता आज भन्दै छन् – हिजो यो देशमा स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरण दिए पुग्छ भनिएको थियो । त्यही व्यावहारिक उपाय भएको पुष्टि हुँदै छ । सङ्घीयतामा देश प्रवेश गरेकोे बा¥ह वर्ष बितिसक्यो । अभैm शासक दल र तिनका नेताको मनमा सङ्घीयता किन पसेन ? सङ्घीयता आजसम्म निल्नु न ओकल्नु हुनुको कारण के हो ? शासक दलका नेताको चश्माले प्रदेशलाई अभैm किन पञ्चायती अञ्चल देख्छ ?”
शासक दलहरूको कार्यशैली, व्यवहार, अभिव्यक्तिले आज सङ्घीयताकै उपहास गरिरहेको चर्चा गर्दै उहाँले स्थानीय तह र प्रदेशलाई बन्धक बनाएर प्रजातन्त्र हुर्कन बढ्न सक्दैन भन्नुभयो ।
सांसद गोसाईंले भन्नुभयो, “प्रदेशको राजधानी काठमाडौं उपत्यकाभन्दा बाहिर राखेर जनताको सन्तुलित विकासको चाहनालाई सम्बोधन गर्न आवश्यक छ भनी प्रारम्भदेखि हामीले आफ्नो अभिमत दृढतापूर्वक जाहेर गर्दै आएको जगजाहेर छ । प्रदेशको राजधानी दल र व्यक्तिको स्वार्थ एवं प्रतिष्ठाको विषत्न्दा पनि राष्ट्रिय स्वार्थ, जनताको व्यापक हित, देशको अखण्डताको प्रत्याभूति, विकेन्द्रीकरणको व्यावहारिक पक्षसँग जोडिएको विषय हो । प्रदेशको राजधानी लघु–दृष्टि, सङ्कीर्ण मानसिकता, व्यक्तिगत सनक, सङ्कुचित सोचको शिकार, लेनदेनको वस्तु बन्नु हुँदैन । नेमकिपाले देशको सन्तुलित विकास र देशवासीको व्यापक हितको निम्ति केन्द्रीय राजधानीसमेत दाङमा सार्ने प्रस्ताव अघि सारेको यहाँ स्मरणीय छ, सान्दर्भिक छ ।”
“लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भइरहेको भारतीय अतिक्रमण नेपाली जनताको आजको मुख्य चासोको विषय भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “भारतले हालै प्रकाशित नक्सा हाम्रो निम्ति स्वीकार्य छैन । भारतको नयाँ नक्सा खारेज गर्नुपर्ने आवाज देशभक्त नेपालीले दिइरहेका छन् । कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन चर्को दबाबको आवश्यकता छ । भारतले हालै कालापानी आफ्नै रहेको झुठो दाबी गरेको समाचार सार्वजनिक भयो । नेपालको सार्वभौमिकतामाथि यो ठाडो हस्तक्षेप हो ।”
प्रदेश सदस्य गोसाईंले भन्नुभयो, “आज देशमा मिलेनियम च्यालेन्ज कर्पोरेसन, एमसीसी’ र संरा अमेरिकाको ‘एसिया–प्रशान्त रणनीति’ नाममा संरा अमेरिका नेपालमा आफ्नो साम्राज्यवादी पञ्जा पैmलाउँदै छ । एसियामा द्वन्द्वको उत्तेजना पैmलाउन, युद्ध भड्काउन, एसियालीसँग एसियाली भिडाउन खोज्दै छ । ५५ अर्बको लोभ देखाएर नेपाललाई रणभूमिमा परिणत गर्ने वैधानिकता खोज्दै छ । नेपाललाई संरा अमेरिकाको अर्को अफगानिस्तान बनाउन नदिन सचेत नेपालीले बेलैमा ध्यान पु¥याउन आवश्यक छ । वर्षको ५ अर्ब रकमको निम्ति स्वाभिमान बेच्नु, पराधीनता स्वीकार्नु कुनै हिसाबले उचित होइन ।” “जुन देशभित्र संरा अमेरिकाले मित्रताको हात बढाउँछ, त्यो देश ध्वस्त भएको लामो सूची छ । ऊसँग जति टाढा रहन सक्यो त्यति त्यो देशको शान्ति, प्रगति र अमनचयन कायम रहन्छ । इतिहासले दिएको शिक्षा यही हो ।” प्रदेश सदस्य गोसाईले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *