भर्खरै :

संसदमा दोस्रो संसोधन विधेयक प्रस्तुतः नेमकिपाद्धारा संसदमै नाराबाजी, एमाले मौन

काठमाडौ, बैशाख ११ – व्यवस्थापीका संसदमा दोश्रो संसोधन विधेयक २०७३ लाइ पेश गर्दैगर्दा सोमबार नेमकिपाका सांसदहरुले नारावाजी गरेका छन् ।
कानुनमन्त्री अजयशंकर नायकले मधेसी मोर्चासँगको सहमतिपछि संसदमा प्रस्ताव संशोधन विधेयक पढदैगर्दा नेमकिपाका तीन जना सांसदहरु आफ्नो आशनबाट उठेर नारावाजी गरेका हुन् । उनीहरुले प्रस्तावको विरोध गरेका थिए ।
कानूनमन्त्री नायकले नयाँ संशोधन विधेयक पेश गर्दै संशोधनबारे स्पष्ट गरेका थिए । संंशोधन विधानमा संघीय आयोग गठन गर्ने कुरा संक्रमणमा मात्र भन्ने उल्लखे भएकोमा अहिलेको संशोधनमा जुनसुकै समयमा पनि संघीय आयोग गठन गर्ने कुरा उल्लेख भएको मन्त्री नायकले बताए ।
प्रदेशको सिमाना सन्दर्भमा संविधानको २७४ लाई थप स्पष्ट गरिएको पनि उनले बताए । नागरिकताका सम्बन्धमा पनि संघीय कानून बमोजिम लिन सकिने गरी संशोधन गरिएको उनले बताए ।
संसद बैठकबाट वैशाख ७ गते गणपूरक अभावमा यसअघि विचाराधिन रहेको विद्युत नियमन आयोग २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरिएको छ ।
यस्तै, गत भाद्र २७ संसदमा पेश भइ विचाराधिन अवस्थामा रहेको वनस्पति स्रोतका सम्बन्धमा बनेको अर्को विधेयक भने सोमवारको संसद बैठकमा फिर्ता लिइएको छ ।
संसदको अर्को बैठक यहि वैशाख १२ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *