नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
गौरव प्रधान
संसारमै सबभन्दा बढी प्रजातान्त्रिक अभ्यास हुने भनिएको भारतमा मनको बह पोख्ने स्वतन्त्रता तथा मौलिक अधिकारलाई समेत बुथले कुल्चेर बलात् गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीन्यित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा भएको हिंसात्मक गतिविधिबाट उक्त कुरा पुष्टि हुन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटनाको जिम्मेवारी हिन्दू रक्षा दलले लिएको छ । जेएनयूमा राष्ट्रविरोधी गतिविधि भएको भनी हिन्दू दलले आक्रमण गरेको स्वीकारेको छ । बीजेपी निकट धार्मिक सङ्गठन हिन्दू रक्षा दल यसअघि पनि यस्तै दङ्गामा फस्तै आएको दल हो । घटनामा सुरक्षा निकाय मौन रहेको हुँदा मोदी सरकारकै इसारामा उक्त घटना घटेको थाहा हुन्छ । यो हिंसा प्रजातान्त्रिक देश भारतको लागि पछिल्लो अर्को कलङ्क हो ।
शुल्क वृद्धिविरुद्ध गरिएको प्रदर्शनमा यस्तो अमानुसिक दमन र बल प्रयोग गर्नुपर्ने जरुरत थिएन । शक्तिको बलमा दबाएरै शासन सञ्चालन गर्ने कुनै प्रकारको नियत प्रजातान्त्रिक अभ्यासभित्र पर्दैन । शान्तिपूर्ण ढङ्गले माग राख्न पाउनु हरेक नागरिकको कर्तव्य हो । शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको क्रुर दमन र हस्तक्षेप निन्दनीय छ । विचार र विवेक थाती राखेर शक्तिले नै जनतालाई दबाउने भारतीय सरकारको विरोध भारतका अन्य विश्वविद्यालयमा मात्र होइन देशभर फैलिंदै छ । यसले विश्वभरमै भारतको प्रजातन्त्रको खोल बनावटी रहेको स्पष्ट हुन्छ । त्यस्तै शान्तिपूर्ण प्रदर्शनहरू अन्यत्र भएमा भारत सरकार दबाएरै छोड्छ भन्ने सन्देश जेएनयूमा भएको दमनले देखाएको छ ।
नेहरू विश्वविद्यालयमा भएको त्यो हस्तक्षेपमात्र होइन दङ्गा नै हो । सरकारको विरोध गर्न नपाउने र भएमा निर्मम दमन गरेरै तह लगाउँछ भन्ने मोदी सरकारले देखाएको छ । सरकारले जनप्रदर्शनलाई दबाउन हिन्दू रक्षा दललाई प्रयोग गरेको छ । यसले हिन्दू रक्षा दलमात्र होइन सरकारकै बेइज्जती भएको छ । त्यो मोदी सरकारको फासीवादी चरित्र हो । विश्वका कुनै पनि न्यायप्रेमी जनताले उक्त फासीवादी चरित्रको विरोध गर्नुपर्छ ।
आज संसारमा सबभन्दा बढी देशको विरोध संयुक्त राज्य अमेरिका र भारतको भइरहेको छ । अरु देशमाथि आक्रमण गर्ने, हस्तक्षेप गर्ने, दबाब दिएर आफ्नो मातहतमा राख्ने, नाकाबन्दी गर्ने, सेना तैनाथ गर्ने र आन्तरिक विवाद चर्काउने देशहरूमा अमेरिका र भारत नै अगाडि छन् । प्रजातन्त्र र स्वतन्त्रताको ढ्वाङ फुकेर प्रजातन्त्र र स्वतन्त्रताकै खिल्ली उडाएर भारतले प्रजातान्त्रिक अधिकारमाथि बज्रपात गरेर संसारलाई के सन्देश दिन खोजेको हो ? भारत यति निरङ्कुश देश किन बन्दै छ ? के निरङ्कुश बनेरै भारत सरकार अघि बढ्न चाहन्छ ? नेहरू विश्वविद्यालयको प्रदर्शनमा दङ्गा मच्चाउनेहरूमाथि भारत सरकारले कारबाही गर्नुपर्छ । कारबाहीको प्रक्रिया अघि बढ्न भारत सरकार लाग्नुपर्छ । त्यसो नभए, नगरिए हिंसा भड्किँदै जानेछ । भारत सरकार दमनकारी सरकार नबनोस् भन्ने आम प्रजातन्त्रवादीहरूको चिन्ता र चासो हो ।
Leave a Reply