भर्खरै :

ग्रीसमा संरा अमेरिकी साम्राज्यवादविरोधी प्रदर्शन

एथेन्स, १२ जनवरी । ग्रीसको राजधानी एथेन्स र उत्तरी ग्रीसको थिसालोनिकीमा शनिबार संरा अमेरिकी साम्राज्यवादविरोधी प्रदर्शन भएको छ । हजारौँ ग्रीसेली जनताको सहभागिता रहेको प्रदर्शनमा प्रदर्शनकारीले हालै इरानी मेजर जनरल कासिम सोलेमनीको हत्या गरेको संरा अमेरिकी साम्राज्यवादको चर्को विरोध गरेका थिए ।
एथेन्सस्थित संरा अमेरिकी राजदूतावासअघि भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले नारा लगाए–‘इरानमा हात नहाल ¤’
वामपन्थी समूहहरू र जातिवाद तथा फासीवादी धम्कीविरोधी आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागीले मध्यपूर्वमा संरा अमेरिकी नीतिको विरोध गरे । उनीहरूले ग्रीस सरकारलाई कुनै पनि साम्राज्यवादी हमलामा सहभागी नबन्न चेतावनी दिएका छन् ।
एथेन्सको प्रदर्शनमा सहभागी एक प्रदर्शनकारी पेट्रोस कन्स्टान्टिनोले ग्रीसेली जनता, आप्रवासी र शरणार्थी जनताले कुनै पनि प्रकारको रक्तपातविरुद्ध आवाज उठाइरहेको बताउनुभयो उहाँले संसारभर फैलिएको युद्धविरोधी आन्दोलनमा ग्रीसेली जनता पनि सहभागी बनेको बताउनुभयो ।
‘हामी ट्रम्पको युद्ध मुर्दावाद भनिरहेका छौँ । युद्धविरोधी आन्दोलनले शान्तिको माग गरिरहेको छ । संरा अमेरिकी साम्राज्यवादको विरोध गरिरहेको छ”, उहाँले भन्नुभयो ।
अर्का प्रदर्शनकारी ग्रिगोरिस एडमोपोलसले भन्नुभयो, “मध्यपूर्वमा संरा अमेरिकी रणनीतिका कारण हामीले ठूलो मूल्य चुकाएका छौँ । मध्यपूर्वमा आफ्नो स्वार्थसिद्ध गर्न ठूला शक्तिबीच प्रतिस्पर्धा भइरहेको छ ।”
“हामी यहाँ संरा अमेरिकी नीति र उसले गरेको हमलाको विरोधमा आएका हौँ । उसको यो नीति हाम्रो देशको लागि पनि खतराको विषय हो किनभने हामी पनि मध्यपूर्व नजिक छौँ”, उहाँले भन्नुभयो ।
क्रिस्टिना एसले अन्तर्राष्ट्रिय राजनीतिमा ‘हस्तक्षेप’ को भत्र्सना गर्नुभयो । उहाँले यस्तो हस्तक्षेपले मध्यपूर्व र संसारमा सम्भावित प्रभावबारे चिन्ता व्यक्त गर्नुभयो ।
“हामी संरा अमेरिकी नीतिको विरोध गर्न यहाँआएका हौँ । उसको हस्तक्षेपकारी व्यवहारको विरोधमा हामी जुलुसमा आएका हौँ । विशेषतः मध्यपूर्वमा संरा अमेरिकाले यस्तो हस्तक्षेप गर्दै आएको छ । थप युद्ध चाहिँदैन । समाज आज प्रगतितिर अघि बढिरहेको छ । हामीले अब हाम्रा गल्तीबाट सिक्नुपर्छ । हाम्रो छिमेकीमा भइरहेका घटनाले हामी पनि प्रभावित हुन्छौँ । मानव जीवनको मूल्य त समान हो ।”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *