भर्खरै :

बोलिभिया सरकारले यसरी ग¥यो चे ग्वेभाराको अपमान

ला पाज, १८ जनवरी । विख्यात क्रान्तिकारी योद्धा चे ग्वेभाराले अन्तिम श्वास बोलिभियामा लिएका थिए । उनलाई संरा अमेरिकी गुप्तचार विभाग सीआईएको सहयोगमा बोलिभियाली सेनाले हत्या गरेको थियो ।
समाजवादी नेता ते मोरालेस राष्ट्रपति हुँदा तिनै क्रान्तिकारी अन्तर्राष्ट्रवादी योद्धाको चे ग्वेभाराको नाममा एउटा सैनिक प्रतिष्ठान स्थापना गरेका थिए । तर, आज बोलिभियामा मोरालेसको क्रान्तिकारी सरकार छैन । साम्राज्यवादी शक्तिको आडमा बोलिभियाका समाजवादी नेता मोरालेसलाई सत्ताच्युत गरियो । मोरालेसलाई सत्ताबाट फालेको प्रतिक्रियावादी सत्ताले भने एकपछि अर्को गर्दै मोरालेस सरकारले गरेको निर्णय उल्टाएको छ ।
बोलिभियाको प्रतिक्रियावादी सरकारले चे ग्वेभाराको नाममा बनेको सैनिक प्रतिष्ठानको नाम नै परिवर्तन गरेको छ । टोलीको नाम परिवर्तन गरेर राखिएको नयाँ नाम सुन्दा भने संसारका क्रान्तिकारी आक्रोशित हुनेछन् । उनीहरूले उक्त टोलीलाई चे ग्वेभाराको हत्यारा टोलीको नाम दिएका छन् ।
सैनिक प्रतिष्ठानको नाम चे ग्वेभारा नसुहाएको भन्दै बोलिभिया सरकारले त्यो प्रतिष्ठानको नाम ‘हिरोज अफ नानकाह्वाजु’ राखेको छ । सो विषयमा प्रतिक्रिया दिंदै बोलिभियाको वर्तमान अन्तरिम सरकारका रक्षामन्त्री लुईस फर्नान्डो लोपेजले साम्राज्यवादविरोधी भावनामा विदेशी सिद्धान्त निहीत हुने र बोलिभियाली भावनासँग विदेशी विचारसँग कुनै लिनुदिनु नभएको बताए । ।
प्रतिष्ठानलाई सैनिक इन्जिनियरिङ कलेजसँग एकाकार गरेर नयाँ नामकरण गरेको हो । यो निर्णय गर्नु पछाडि वर्तमान सरकारको उद्देश्य भने ते मोरालेसका सबै योगदानलाई मेटाउनु देखिन्छ । मोरालेसले बोलिभियाको सामाजिक र सांस्कृतिक प्रगतिको निम्ति महत्वपूर्ण योगदान गरेका छन् ।
हिंसात्मक सत्ता कब्जा गरेर वर्तमान राष्ट्रपति जिनी एनेज गत वर्षको नोभेम्बरमा सत्तासीन भएका हुन् । सत्तामा आउनेबित्तिकै उनले आफ्नो सरकारले ‘वैचारिक शिक्षालाई लगानी नगर्ने’ भन्दै बोलिभियाको शिक्षामा भइरहेको खर्च रोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *