भर्खरै :

एमसीसी सम्झौता नेपालको हितमा छैन ः अध्यक्ष बिजुक्छेँ

भक्तपुर, ३ माघ । भूकम्प राष्ट्रिय सुरक्षा दिवसको अवसरमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा शुक्रबार ‘भूकम्पीय इन्जिनियरिङबारे एकदिने राष्ट्रिय सम्मेलन सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले एक समारोहबीच गर्नुभयो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी सैन्य सङ्गठनको हिस्सा भएको बताउनुभयो ।
उहाँले नेपालले संसदबाट एमसीसी पारित भए कुनै पनि बेला युद्ध भएमा देश ध्वस्त हुनसक्ने चर्चा गर्दै नेपालका शासक दलले वासिङ्गटनमा गरेको एमसीसी नेपालको हितमा नभएको प्रस्ट पार्नुभयो । भूकम्पले भत्केका संरचनाहरूको पुनःनिर्माणमा कलेजबाट उत्पादित प्राविधिकहरूको योगदानको चर्चा गर्दै बिजुक्छेँले भन्नुभयो, “हामी योग्य र तयारी अवस्थामा रहनुपर्छ । जुनसुकै ठाउँमा गएर पनि कार्य गर्नुपर्छ ।”
एउटा व्यवस्थित सहरको निर्माण गर्न हामी सक्षम भइसकेको बताउँदै उहाँले जिल्ला–जिल्लामा मठ मन्दिर बनाउन भक्तपुरमै सहयोगको लागि आग्रह गर्ने गरेको चर्चा गर्नुभयो । हाम्रो देश जातीय एवम् भौगोलिक विविधता भएको देश भएकोले सबै ठाउँको विकास एकै पटक सोचेजस्तो नहुने उहाँले बताउनुभयो ।
आफूृले सोचे र चाहेजस्तो देश विकास भएन भनेर देश नै छोडेर जानु पलायन हुने र त्यसो गर्नु समस्याको समाधान नहुने उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य सांसद प्रेम सुवालले नेपाल संसारको ११ औँ जोखिमको क्षेत्रमा परेको बताउँदै विपद् जोखिमको व्यवस्थापन गर्नुपर्नेमा काठमाडौँमै थप सहरको विस्तार किन गर्ने भन्ने प्रश्न गर्नुभयो । भूकम्प पीडितलाई सरकारले उपलब्ध गराएको ३ लाख रुपियाँले घर नबन्ने बताउँदै उहाँले भूकम्प पीडितले पाउने रकम र सहुलियत दरमा उपलब्ध हुने ऋणको समयावधि बढाउनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका मेयर एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भौतिक संरचना एवं सम्पदाको समयमा नै उचित मर्मतसम्भार गर्न नसक्दा भूकम्पमा धेरै क्षति भएको हुँदा बलियो तथा भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले इन्जिनियरहरूले भूकम्पसम्बन्धी सचेतनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि भक्तपुरमा ८ हजार घरहरूमध्ये १५७२ घरहरूमात्र पुनःनिर्माण भएको, विदेशीसँग मागेर समृद्ध नेपाल बन्न नसक्ने भएकोले भक्तपुर नगरपालिकाले आफ्नै स्रोतमा यहाँका सम्पदाहरूको पुनःनिर्माण गरिरहेको बताउँदै सम्पदा निर्माणको भावी पुस्ताको निम्ति दस्तावेजीकरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपमेयर एवं कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुरका विभिन्न सम्पदाहरूको पुनःनिर्माण गर्दा परम्परागत प्रविधि नै प्रयोग गरेको र भूकम्पले भत्केका फसि देग, राष्ट्रिय कला सङ्ग्रहालय भएको लाल दरबार मल्लकालीन शैलीमै पुनःनिर्माण गर्ने र यसको लागि प्राविधिकहरूले परम्परागत प्रविधिको बारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य ई. सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य ई. सुनिल दुवाल, कार्यक्रम संयोजक डा. मन्जिप शाक्य, डा. सुवेगमान बिजुक्छेँ र ई. रामेश्वर श्रेष्ठले भूकम्प इन्जिनियरिङ्गसम्बन्धी राष्ट्रिय सम्मलेनको आवश्यकता र महत्वबारे बोल्नुभयो ।
भूकम्प इन्जिनियरिङ्गसम्बन्धी जम्मा २७ वटा शोधपत्र प्रस्तुत गरिएको सम्मेलनको समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सम्मेलनमा सहभागी तथा शोधपत्र प्रस्तुतकर्ताहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । भक्तपुर, ३ माघ । भूकम्प राष्ट्रिय सुरक्षा दिवसको अवसरमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा शुक्रबार ‘भूकम्पीय इन्जिनियरिङबारे एकदिने राष्ट्रिय सम्मेलन सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले एक समारोहबीच गर्नुभयो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी सैन्य सङ्गठनको हिस्सा भएको बताउनुभयो ।
उहाँले नेपालले संसदबाट एमसीसी पारित भए कुनै पनि बेला युद्ध भएमा देश ध्वस्त हुनसक्ने चर्चा गर्दै नेपालका शासक दलले वासिङ्गटनमा गरेको एमसीसी नेपालको हितमा नभएको प्रस्ट पार्नुभयो । भूकम्पले भत्केका संरचनाहरूको पुनःनिर्माणमा कलेजबाट उत्पादित प्राविधिकहरूको योगदानको चर्चा गर्दै बिजुक्छेँले भन्नुभयो, “हामी योग्य र तयारी अवस्थामा रहनुपर्छ । जुनसुकै ठाउँमा गएर पनि कार्य गर्नुपर्छ ।”
एउटा व्यवस्थित सहरको निर्माण गर्न हामी सक्षम भइसकेको बताउँदै उहाँले जिल्ला–जिल्लामा मठ मन्दिर बनाउन भक्तपुरमै सहयोगको लागि आग्रह गर्ने गरेको चर्चा गर्नुभयो । हाम्रो देश जातीय एवम् भौगोलिक विविधता भएको देश भएकोले सबै ठाउँको विकास एकै पटक सोचेजस्तो नहुने उहाँले बताउनुभयो ।
आफूृले सोचे र चाहेजस्तो देश विकास भएन भनेर देश नै छोडेर जानु पलायन हुने र त्यसो गर्नु समस्याको समाधान नहुने उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य सांसद प्रेम सुवालले नेपाल संसारको ११ औँ जोखिमको क्षेत्रमा परेको बताउँदै विपद् जोखिमको व्यवस्थापन गर्नुपर्नेमा काठमाडौँमै थप सहरको विस्तार किन गर्ने भन्ने प्रश्न गर्नुभयो । भूकम्प पीडितलाई सरकारले उपलब्ध गराएको ३ लाख रुपियाँले घर नबन्ने बताउँदै उहाँले भूकम्प पीडितले पाउने रकम र सहुलियत दरमा उपलब्ध हुने ऋणको समयावधि बढाउनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका मेयर एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भौतिक संरचना एवं सम्पदाको समयमा नै उचित मर्मतसम्भार गर्न नसक्दा भूकम्पमा धेरै क्षति भएको हुँदा बलियो तथा भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले इन्जिनियरहरूले भूकम्पसम्बन्धी सचेतनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि भक्तपुरमा ८ हजार घरहरूमध्ये १५७२ घरहरूमात्र पुनःनिर्माण भएको, विदेशीसँग मागेर समृद्ध नेपाल बन्न नसक्ने भएकोले भक्तपुर नगरपालिकाले आफ्नै स्रोतमा यहाँका सम्पदाहरूको पुनःनिर्माण गरिरहेको बताउँदै सम्पदा निर्माणको भावी पुस्ताको निम्ति दस्तावेजीकरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपमेयर एवं कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुरका विभिन्न सम्पदाहरूको पुनःनिर्माण गर्दा परम्परागत प्रविधि नै प्रयोग गरेको र भूकम्पले भत्केका फसि देग, राष्ट्रिय कला सङ्ग्रहालय भएको लाल दरबार मल्लकालीन शैलीमै पुनःनिर्माण गर्ने र यसको लागि प्राविधिकहरूले परम्परागत प्रविधिको बारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य ई. सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य ई. सुनिल दुवाल, कार्यक्रम संयोजक डा. मन्जिप शाक्य, डा. सुवेगमान बिजुक्छेँ र ई. रामेश्वर श्रेष्ठले भूकम्प इन्जिनियरिङ्गसम्बन्धी राष्ट्रिय सम्मलेनको आवश्यकता र महत्वबारे बोल्नुभयो ।
भूकम्प इन्जिनियरिङ्गसम्बन्धी जम्मा २७ वटा शोधपत्र प्रस्तुत गरिएको सम्मेलनको समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सम्मेलनमा सहभागी तथा शोधपत्र प्रस्तुतकर्ताहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *