भर्खरै :

चिनियाँ राष्ट्रपति सीद्वारा जनताको घरदैलो निरीक्षण

पैचिङ, १९ जनवरी (सीआरआई) । वसन्त चाडअगाडि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले युन्नान प्रान्तको निरीक्षण गर्नुभएको छ । उहाँले स्थानीय क्याडरहरू र सर्वसाधारणहरूलाई सान्त्वना दिनुभएको छ । जनवरी १९ तारिखमा दिउँसो उहाँले थङ छुङ सहरको छिङ श्वै बस्ती सान च्या गाउँ वा जातीय गाउँका बासिन्दाहरूलाई सान्त्वना दिनुभएको छ ।
उहाँले गाउँका बासिन्दाको घरमा गरिबी निवारण अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले सबैलाई वसन्त चाडको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले जनवरी १८ तारिख ७४ नम्बर समूह सेनाअन्तर्गत छैटौँ कम्पनीका पूर्ण सैनिकहरूलाई पत्रको जवाफ दिनुभएको छ । पत्रमा उहाँले सैनिकहरूलाई सबल पार्ने लक्ष्य याद गरी क्षमताको अभ्यास गर्नुका साथै सेनाको भावनाको कदर गरी अझ सुदृढ कम्पनीको निर्माण गर्न प्रेरणा दिनुभएको छ ।
उहाँले सैनिक र उनीहरूका परिवारलाई वसन्त चाडको शुभकामना पनि दिनुभएको छ ।
….

Leave a Reply

Your email address will not be published. Required fields are marked *