एफिल टावरमुनि अमेरिकी नाकाबन्दीको विरोध र क्युवाप्रति ऐक्यबद्धता
- श्रावण १२, २०८३
प्योङयाङ (केसीएन) । कोरियाली मजदुर पार्टी केन्द्रीय समितिको सातौँ केन्द्रीय समितिको पाँचौँ विस्तारित बैठक कोमपाको प्रधान कार्यालय प्योङयाङमा डिसेम्बर २८ देखि ३१, २०१९ (जुछेँ १०८) मा सम्पन्न भयो ।
उक्त विस्तारित बैठकलाई कोमपाका अध्यक्ष किम जोङ उनले महत्वपूर्ण निर्देशन प्रदान गर्नुभएको थियो । बैठकमा कोमपा केन्द्रीय समितिका सदस्यका अतिरिक्त केन्द्रीय समितिका वैकल्पिक केन्द्रीय सदस्यहरू, कोमपाको केन्द्रीय अनुशासन आयोगका सदस्यहरूको पनि उपस्थिति थियो । बैठकमा पर्यवेक्षकका रूपमा कोमपा केन्द्रीय समितिका कर्मचारी, मन्त्रालयका कर्मचारी, विभिन्न राष्ट्रिय प्रतिष्ठानका कर्मचारीहरू, प्रान्तीय ग्रामीण आर्थिक समितिका अध्यक्षहरू, मुख्य मुख्य क्षेत्रका अधिकारीहरू तथा सशस्त्र बल (सेना) का मुख्य – मुख्य युनिट र अङ्गका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।
कोमपा, केन्द्रीय समिति पोलिटिकल ब्यूरोको निर्णयबमोजिम अध्यक्ष किम जोङ उनले बैठकको अध्यक्षता गर्नुभयो । उक्त विस्तारित बैठकले निम्न विषयवस्तुमा छलफल गरेको थियो ः
क) वर्तमान आन्तरिक र बाह्य परिस्थितिमा तत्कालीन सङ्घर्षको दिशाका सम्बन्धमा
ख) साङ्गठनिक विषयवस्तुको सम्बन्धमा ।
ग) पार्टी केन्द्रीय समितिले अगाडि बढाएका नाराहरूको परिमार्जन र त्यसलाई पूरा गर्ने सम्बन्धमा ।
घ) कोरियाली मजदुर पार्टीको ७५ औँ स्थापना दिवस भव्यताका साथ मनाउने बारेमा ।
पहिलो विषयवस्तुमाथि व्यापक छलफल भयो ।
पहिलो विषयवस्तुबारे अध्यक्ष किम जोङ उनले एक प्रतिवेदन पेश गर्नुभयो ।
कोमपाको साताँै केन्द्रीय समितिको चौथो विस्तारित बैठकपछिको आठ महिनाको अवधि महान् आक्रामक सङ्घर्ष र साहसी अग्रगमनको निरन्तरता भएको उहाँले बताउनुभयो । उहाँले कोरियाली मजदुर पार्टीले सधँै नै कोरियाली जनताको तत्कालीन आवश्यकता, अधिकार र आकाङ्क्षा तथा राज्यको सार्वभौमिकता एवम् सुरक्षालाई केन्द्रमा राखी सही आन्तरिक र बाह्य राजनीतिक लाइनहरू कायम गर्दै र तिनका लागि निरन्तर सङ्घर्ष गर्दै आएको उल्लेख गर्नुभयो ।
अध्यक्ष किमले पार्टी केन्द्रीय समितिले हाम्रो क्रान्तिको महान् र बहुआयामिक विकासका क्रममा सामना गरिरहेको मनोगत र वस्तुगत तगारो तथा कठिनाइहरूको बारेमा विस्तृत र गहनरूपले विश्लेषण एवम् आँकलन गर्ने तथा समाजवादी निर्माणलाई थप बढावा दिने निर्णायक उपाय पहिल्याउन विस्तारित बैठक बोलाएको पनि उल्लेख गर्नुभयो ।
किम जोङ उनले वर्तमान स्थितिको आवश्यकता र क्रान्तिको विकासको लागि आक्रामक नीति र अग्रमोर्चाको सफलता सुनिश्चित हुने क्रान्तिकारी लाइन अगाडि बढाउनुभयो । उहाँले कोमपाको साताँै केन्द्रीय समितिको चौथो विस्तारित बैठकको निर्णय कार्यान्वयनका लागि आत्म परिपूर्णता र आत्मनिर्भर जुछेमा आधारित व्यक्तिलाई थप सशक्त बनाउन तनावपूर्ण सङ्घर्षलाई अगाडि बढाउनुभयो । सङ्घर्षका क्रममा राज्य र जनताले बलियो भावना र अपार सम्भावना प्रदर्शन गर्दै पार्टीको अपिलप्रति सच्चा बफादारिताका साथ कठिन परिस्थितिमा पनि गौरवपूर्ण तरिकाले अग्रगामी छलाङ्ग लगाएर आत्मनिर्भरताको उचो ब्यानरमुनि समाजवादी निर्माणको महान् अभियान चलाएको पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रजग कोरियाले विगत कयौँ महिनामा सामना गरेका चुनौतीहरू कठिन र खतरनाक भएको उल्लेख गर्नुहँुदै उहाँले अरू भएको भए एक दिन पनि सामना गर्न नसक्ने र त्यागिदिने तर कोरियाली जनतालाई कुनै पनि कठिनाइले रोक्न नसकेको वा समग्रमा जनताको अग्रगामी दौडलाई सुस्त गर्न नसकेको तथा कुनैखाले कठिनाइले पनि प्रभावित पार्न नसकेको प्रतिवेदनमा उल्लेख गर्नुभयो ।
राज्यको शक्ति अभिवृद्धि र प्रतिरक्षा क्षमता वृद्धिको क्षेत्रमा निरन्तररूपमा महान् सफलताहरू प्राप्त भइरहेको पनि उहाँले अगाडि राख्नुभएको छ ।
“अत्याधुनिक अस्त्र प्रणालीसहितको विशाल र जटिल अस्त्र विकास गर्ने कार्य अत्याधुनिक रक्षा विज्ञान तथा प्रविधि सम्पन्न राष्ट्रसित मात्र हुने पूर्वमान्यता छ । हाम्रो अन्वेषणको समाधानले कसैको सहयोगविना नै त्यस्ता वैज्ञानिक र प्राविधिक उपलब्धि हासिल गरेका छौँ र हाम्रा सबै अनुसन्धान कार्य निकै सुसङ्गतरूपमा हाम्रो चालक शक्तिले सम्पन्न गरेको हो । त्यो चालक शक्ति भनेका हाम्रा विश्वसनीय वैज्ञानिक, नमुना निर्माता, इन्जिनियर र अस्त्र उद्योगको क्षेत्रमा काम गर्ने मजदुरहरू हुन् ।” उहाँले उल्लेख गर्नुभयो ।
“यसको अर्थ एउटा ठूलो विजय हो र पार्टीले योजना गरेको विश्वसनीय रणनीतिक अस्त्र प्रणाली विकास गर्ने लक्ष्यको पूर्णता हो । यसले हाम्रो गणतन्त्रको सशस्त्र शक्तिको विकासमा महान् घटनाको रूपमा टेवा पु¥याएको छ । साथै, सार्वभौमिकता र अस्तित्व रक्षाको सुनिश्चितता प्रदान गरेको छ ।” अध्यक्ष किमले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
“अत्याधुनिक राष्ट्रिय प्रतिरक्षा विज्ञानको विकासमा हासिल गरेका यस्ता छलाङ्गहरूले हाम्रो सेनालाई शक्तिशाली र प्राविधिक शक्तिलाई अपराजयी बनाउनेछ । त्यसले हाम्रो महान् राष्ट्रिय शक्तिलाई ठूलो टेवा दिनुका साथै हाम्रो वरपरको राजनीतिक स्थितिलाई नियन्त्रणमा राख्ने शक्ति वृद्धि गरेर हाम्रा शत्रुहरूलाई कठिनाइ र त्रासको बज्रमुक्का प्रहार गर्नेछ । भविष्यमा संरा अमेरिकाले जति बढी प्रजग कोरिया–संरा अमेरिका सम्बन्ध समाधान गर्न अस्वीकार गर्छ र समय बढी लिँदै जान्छ, त्यति नै उसले आफूलाई प्रजग कोरियाको शक्तिसामु निरुपाय पाउनेछ । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया अनुमानभन्दा बढी नै शक्तिशाली बनिसकेको छ र संरा अमेरिकाको निराशा झन् – झन् गहिराइमा झर्दै गएको छ ।”, उहाँले उल्लेख गर्नुभयो ।
उहाँले आर्थिक निर्माणको क्षेत्रमा शृङ्खलाबद्ध सफलता हासिल गरेको चर्चा गर्नुभयो ।
वर्तमान आर्थिक स्थितिको प्रवृत्तिको विश्लेषण गर्दै उहाँले अगाडि भन्नुभयो, “संरा अमेरिकाको वास्तविक उद्देश्य भनेको उसको आफ्नै राजनीतिक र कूटनीतिक स्वार्थ पूरा गर्न खोज्नु हो भने वार्ता र छलफलका नाममा हामीलाई समय खेर फाल्न लगाउनु र त्यही समयमा हामीलाई कमजोर पार्न हामीविरुद्धको प्रतिबन्धहरू लागू गर्नु हो । हामीविरुद्धको प्रतिबन्धहरूलाई जति नै कसिलो र कडा गरे पनि त्यससित हाम्रो राज्यको सुरक्षा र स्वाभिमान तथा हाम्रो राज्यको भविष्यको सुरक्षा कुनै हालतमा साट्ने छैनौँ ।”
उहाँले प्रजग कोरिया र संरा अमेरिकाबीचको समस्या समाधान हुनुभन्दा झन् जटिल बन्दै जानुको कारण संरा अमेरिकाले प्रजग कोरियाको आधारभूत हितका ठीक विपरीतको मागहरू उठाउनु र उसको मध्ययुगीन धारणा रहेको बताउनुभयो ।
“भर्खरै पनि संरा अमेरिकाले एकातिर निरन्तर वार्ताको कुरा उठाएको छ भने अर्काेतिर वार्ताको पुनः उत्थानका लागि आवश्यक विषयहरूलाई यताउता घुमाइरहेको छ, कारण उसको उद्देश्य उसले निर्धारण गरेको अवधिसम्मका लागि कुनै समस्याविना वर्षान्त गर्नु र अहिले आफू अप्ठ्यारो कुनामा परेको स्थिति हटेपछि हामीमाथि घातक हमला गर्ने उपयुक्त समयको पर्खाइमात्र हो । त्यसले प्रजग कोरियाप्रतिको शत्रुता परित्याग गर्ने र सम्बन्ध सुधारको माध्यमबाट समस्या समाधान गर्ने सोचाइ राखेको छैन । अर्काेतिर संरा अमेरिकाले खुलारूपमा आफ्नो उत्तेजनापूर्ण राजनीतिक, सैनिक र आर्थिक अस्त्रहरू शत्रुतापूर्ण ढङ्गले चलाइराखेको छ र प्रजग कोरियालाई हानी पु¥याइरहेको छ । यो संरा अमेरिकाको द्वैध चरित्रको बदमासीपूर्ण व्यवहार हो ।” उहाँले उल्लेख गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “खराब नियतको संरा अमेरिकालाई कहिल्यै पनि प्रजग कोरिया – संरा अमेरिका वार्तालाई उसको कुत्सित लक्ष्य प्राप्तिका लागि प्रयोग गर्न दिन सक्दैनौँ बरु हाम्रा जनताले आजसम्म भोगेको पीडा र रोकिएको विकासको मूल्य उसले चुक्ता गर्ने गरी वास्तविक कार्यतर्फ त्यसलाई अगाडि लानेछौँ ।”
उहाँले अगाडि उल्लेख गर्नुभयो, “शताब्दीयौँदेखि आमनेसामने रहेको प्रजग कोरिया संरा अमेरिका द्वन्द्व अहिले झन् आत्मनिर्भरता र प्रतिबन्धबीचको द्वन्द्वका रूपमा स्पष्ट अगाडि आएको छ । यदि हाम्रो आणविक विषय नरहेको भए संरा अमेरिकाले हाम्रा अरू विषयमा हाम्रो दोष झिक्ने नै थियो र संरा अमेरिकी सैनिक एवम् राजनीतिक धम्की कहिल्यै अन्त्य हुने थिएन ।
संरा अमेरिकासितको लामो भिडन्तपछिको चेतावनीका रूपमा रहेको वर्तमान स्थितिको हामीलाई यो आवश्यम्भाविता स्वीकार गर्न लगाएको छ कि भविष्यमा पनि हामी शत्रु शक्तिको प्रतिबन्ध र नाकाबन्दीमा बाँच्न बाध्य हुनेछौँ । तसर्थ सबै क्षेत्रमा हाम्रो आन्तरिक शक्तिलाई बलियो बनाउन हामी बाध्य छौँ ।”
उहाँले भन्नुभयो, “हाम्रो राष्ट्रिय शक्ति बलियो बनाउने दृष्टिले हाम्रा राज्यको व्यवस्थापन, अर्थतन्त्र र अरू क्षेत्रमा सच्याउनुपर्ने समस्याहरू कम छैनन् ।” उहाँले राज्य व्यवस्थापन र आर्थिक उत्पादनशीलतालगायतको वर्तमान स्थिति विश्लेषण गर्नुहुँदै अगाडि भन्नुभयो, “ती पक्ष आत्म परिपूर्णता र स्वविकासको हाम्रो महान् लक्ष्य प्राप्तिमा अपर्याप्त रहेका छन् र तिनले हाम्रो अवस्थामा बलियो पुनः उद्धार ल्याउन असफल भएका छन् बरु स्थिरतामा राखेका छन् । हाम्रो महान् क्रान्तिको जीत अवश्यम्भावी छ तर त्यसको प्राप्ति कुनै समस्या र कठिनाइविना हुने होइन । यदि हामीले हाम्रो स्वविकासका निम्ति शक्ति निर्माण गर्ने कार्यमा जोड नदिई प्रतिबन्धहरू र नाकाबन्दी हट्ने प्रतिक्षामा बस्यौँ भने हाम्रो प्रगति रोक्न शत्रुहरूले भयानक प्रतिक्रान्तिकारी आक्रमण नगर्लान् भन्न सकिन्न ।
जति बढी हामी हाम्रो शक्ति सुदृढ पार्छाैँ र आत्मनिर्भरता एवम् आत्म परिपूर्णताको शक्तिमा धनी हुँदै जान्छाँै त्यति नै हाम्रा शत्रुहरू गहिरो पीडामा पर्नेछन् अनि समाजवादको विजयको दिन अगाडि आउनेछ । सबै पार्टी सङ्गठन र अधिकारीहरूले समयले आफूहरूको काँधमाथि राखिदिएको जिम्मेवारी पूरा गर्न काँधमा काँध मिलाएर अगाडि बढी शत्रुको प्रतिबन्धहरू र नाकाबन्दीलाई आत्म परिपूर्णताको अस्त्रले ध्वस्त पार्नुपर्छ । हाम्रो प्रगतिका सबै बाधाहरू शिरदेखि नै निर्मूल पारौँ । यो हाम्रो पूरै पार्टीको लडाइँको नारा हो र सबै जनताले यसलाई मनमा लिनुपर्छ ।
आजको अग्रगामी विजयको आक्रामक कारबाहीको मुख्य मोर्चा आर्थिक मोर्चा हो । त्यसलाई सही पार्नु र देशको आर्थिक आधार पुनः व्यवस्थित गर्नु आजको आर्थिक क्षेत्रको तत्कालीन कार्य हो । सबै उत्पादन सम्भाव्यतालाई पूर्णस्तरमा कार्यान्वयन गर्नु र देशको आर्थिक विकास तथा जनताको जीवनको लागि आवश्यक चीजहरू पूर्णतयाः उपलब्ध गराउनु आवश्यक छ । हामीले हाम्रो आर्थिक कार्य प्रणालीलाई पूर्णस्तरमा कार्य गर्नसक्ने महत्वपूर्ण कार्यको रूपमा अगाडि बढाउनुपर्छ ।”
अध्यक्ष किमले देशको वास्तविक आवश्यकता पूर्तिको योजनामा सुधार ल्याउने सही तरिका पत्ता लगाउने महत्वपूर्ण विषयलाई अगाडि राख्नुभयो । उहाँले उत्पादन र आपूर्तिको समग्र सन्तुलनलाई कायम राख्न तथा राष्ट्रिय आर्थिक योजनाको विश्वासलाई निर्णायकरूपमा उठाउन निर्देशन दिनुभयो ।
सरकारको कार्य भनेकै पार्टी केन्द्रीय समितिको कार्य भएकोमा जोड दिनुहुँदै उहाँले पार्टी केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्नु नै सरकारको कार्य भएको स्पष्ट पार्नुभयो । उहाँले राज्यको एकीकृत निर्देशन र आर्थिक कार्यको व्यवस्थापनलाई बलियो पार्न जरुरी समाधानको गम्भीर विषयसम्बन्धी संरचनात्मक विश्लेषण अगाडि सार्नुभयो ।
आर्थिक विकासलाई गति दिन समग्र राज्य यन्त्रहरूको पुनः व्यवस्थापनबारे विस्तृत योजना र अन्वेषणात्मक उपायहरू प्रस्तुत गरिसकेपछि र अधिकारीहरूको भूमिकाबारे प्रस्ट पारिसकेपछि अध्यक्ष किमले त्यसैका आधारमा आर्थिक व्यवस्थापनको सुधारलाई अगाडि बढाउने वास्तविक र विशेषीकृत मार्गहरूबारे धारणा अगाडि सार्नुभयो ।
उहाँले समग्र पार्टी र राज्यले अगाडि बढाउने आर्थिक वृद्धिका महत्वपूर्ण मामिलाहरू समाधान गर्ने विशेषीकृत प्रशिक्षण प्रदान गर्नुभयो ।
उहाँले कोरियाको राष्ट्रिय अर्थतन्त्रको मुख्य औद्योगिक क्षेत्रहरूले सामना गरिरहेका समस्या समाधान गर्ने उपाय पनि पहिल्याइदिनु भयो । उहाँले धातु, रसायनिक, ऊर्जा, कोइला, यन्त्र र निर्माण सामग्री उद्योग, रेल्वे यातायात र हलुका औद्योगिक क्षेत्रका गलत व्यवहारहरू र गतिहीनताको समग्र विश्लेषण गर्नुभयो तथा आर्थिक क्षेत्रमा विशाल लहर ल्याउने उद्देश्यका लागि प्रत्येक औद्योगिक क्षेत्रका लागि वैज्ञानिक एवम् विशेषीकृत उपायहरू सुझाउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले सही तवरले वैज्ञानिक हिसाबले सही तथ्याङ्कमा आधारित दस दीर्घकालीन उद्देश्यसहितका योजनाहरू बनाउनुपर्छ र देशको अर्थतन्त्रलाई स्थिर एवम् दीर्घकालीन आधारमा विकास गर्नुपर्छ । हामीले हाम्रो देशको हरेक आर्थिक आधारहरूलाई सुदृढ पार्नुपर्छ र त्यसैका आधारमा हाम्रो सङ्घर्षलाई अगाडि बढाउनुपर्छ ।” – क्रमशः
अनुवाद ः प्रकाश
Leave a Reply