भर्खरै :

बिहेवारि बीस वर्षपारि नारामा सीमित

– नीरज गौतम, बाँके
युवकयुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारि बीस वर्षपारि’ भनाइ झुन्डिएको भए पनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ ।
बाँके जिल्लाका केही सचेत युवा र किशोरी बाल क्लवमार्फत जनेतनामूलक कार्यक्रममा लागिपरेका छन् । विशेषगरी मुस्लिम तथा मधेसी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सार बताउनुहुन्छ ।
जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क छैन । बालविवाह बढ्दै गएको बालविवाहको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको बुझाइ छ । गत आर्थिक वर्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जमा बालविवाहको छ उजुरी परेको थियो । “उजुरीको सङ्ख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेसी समुदायमा बालविवाह त निर्वाध हुने गरेको छ”, अधिकारकर्मी कमला पन्तले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालविवाह कानुनले नियन्त्रण गर्न नसकिने भएकोले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो औँल्याउनुुभयो ।
बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा यसलाई नेपालको कानुनले बालविवाह भन्ने गरेको छ । जिल्लामा बालविवाह बढ्दै गएको छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले काम गरिरहेका छन् । बालविवाह केही मात्रामा न्यूनीकरण भए तापनि पूर्णरूपमा रोकिन भने सकेको छैन ।
नेपालको कानुनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्र्ष कैद र रु. ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ तर बालविवाह रोकथामका लागि बनाइएका कानुन प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन । बालविवाहको घटना बढ्दै गएको अवस्था छ । बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजीत तिवारीको सुझाव छ ।
बाँके मधेसी र मुस्लिम समुदायको बाहुल्य भएको जिल्ला हो । विशेष गरेर सो समुदायमा २० वर्र्ष नपुग्दै विवाह गर्ने प्रचलन छ तर कानुनले २० वर्र्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ । केही महिनाअघि बाँकेमा छोरीको विवाह १६ वर्र्षमा नै गर्न पाआँै भनेर मागसमेत उठेको थियो । सो मागलाई समाजका अगुवाले गैरकानुनी भनेर टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *