भर्खरै :

प्रा.डा. जनकलाल वैद्यलाई प्राज्ञ सम्मान

– सञ्जीव दुलाल
भक्तपुर, १० माघ । प्रा. डा. जनकलाल वैद्य ‘आर वी जोशी फाउन्डेसन प्राज्ञ सम्मान’ बाट सम्मानित हुनुभएको छ ।
नेपाल साहित्य मन्दिरले हरेक वर्ष नेपालभाषा साहित्यमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएका स्रष्टालाई प्राज्ञ सम्मान प्रदान गर्दै आएकोमा यस वर्ष प्रा. डा. जनकलाल वैद्यलाई प्रदान गरिएको हो । सम्मान कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीले उहाँलाई ताम्रपत्र तथा नगद पच्चीस हजार प्रदान गर्नुभयो ।
२०१० मा स्थापना भएको भक्तपुरको सबैभन्दा पुरानो संस्था नेपाल साहित्य मन्दिरले अघिल्लो वर्षदेखि प्राज्ञ सम्मान र विगत १३ वर्षदेखि जरिमैयाँ कुमार शाखः लुमन्ति सिरपाः सम्मान प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको छ । समाजसेवी राजाराम जोशी र भवानी जोशीले रु. पाँच लाखको अक्षय कोष स्थापना गरी यसको ब्याजले हरेक वर्ष ‘आर वी जोशी फाउन्डेसन प्राज्ञ सम्मान’ प्रदान गर्दै आएको हो ।
कार्यक्रम नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाशको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपाल साहित्य मन्दिरले प्रकाशन गरेको आख्यान सङ्ग्रह ‘मत ४’ विमोचन गरिएको छ ।
उक्त सङ्ग्रहमा ४२ वटा कथा र लघुकथा समेटिएको छ । नेपालभाषा तथा नेपाली दुवै भाषामा ती कथाहरू रहेका छन् ।
नेपाल साहित्य मन्दिरले कवितासङ्ग्रह, निबन्ध संग्रह र कथासङ्ग्रहको रूपमा प्रकाशित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *