यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
राजन
फूटबल प्रतियोगितामा खेलाडीले बललाई गोलपोष्टतिर बढाउँदै गर्दा दर्शकबाट उत्साहका साथ आउने खुसीको तालीको गडगडाहट बल पोष्टमा छिर्दा चरम सीमामा पुगेर अन्त्य हुन्छ । हो, त्यही जोशजाँगर म मेरा विद्यार्थीहरूमा खोज्छु । जब म कक्षाकोठामा प्रवेश गरेर पढाउन थाल्छु तब एउटै चाहना मनमा आउँछ कि म पढाउँदै जान्छु विद्यार्थीहरू उत्साहित हुँदै ध्यानपूर्वक सुन्दै जाऊन्, जब उनीहरूले सम्पूर्णरूपमा बुझ्छन्, ती फूटबल हेर्ने दर्शकजस्तै आनन्दले रमाऊन् । अहा ¤ कल्पना गर्दा पनि कति रमाइलो तर ‘म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’ भनेजस्तै विद्यार्थीहरूको हाउभाउ यस्तो हुन्छ मानौँ उनीहरू कक्षाकोठामा होइनन्, कुनै रेष्टुरेन्टमा बसेर खाँदै–पिउँदै गफ गरिरहेका छन् । रेष्टुरेन्टमा खानाको पैसा तिरिसकेपछि साहुलाई त्यो खाना ग्राहकले खाएर जाओस् वा फ्याँकेर जाओस् मतलब हुँदैन । यसरी नै विद्यार्थीहरूको हाउभाउले भनिरहेको हुन्छ, “टिचर तिम्रो काम पढाउने हो पढाऊ हामी मन परे सुन्छाँै, मन नपरे गफ गर्छौँ, हामीले पैसा तिरेकै छौँ क्यारे ।” यस्ता काउसे विद्यार्थीलाई सही बाटोमा ल्याउन कलेज प्रशासनको पनि प्रमुख भूमिका हुन्छ । तर, यस्ता कलेज प्रशासन पनि छन् जसलाई विद्यार्थीको शिक्षाभन्दा पनि विद्यार्थीको बाउको खल्तीमा रहेको गाँठकै महत्व धेरै हुन्छ । यस्ता शिक्षाको माफियाले तल्लो हर्कत गरेर आफ्नो हैसियत देखाइरहेका हुन्छन् ।
शिक्षाको सिङपुच्छर थाहा नहुने शैक्षिक माफियाले यस क्षेत्रमा घुसपैठ गर्दा शैक्षिक वातावरण हनुमन्ते खोलाको गन्धजस्तै भएको छ । तर, विडम्बना यस्तै लुच्चाहरूले शिक्षाको बारेमा आदर्श छाँटिरहेका हुन्छन्, नयाँ मुसलमानले बढी प्याज खान्छ भनेजस्तै । यी शैक्षिक माफियाहरूको दिमागमा यति धेरै विकार जमेको हुन्छ कि जति उल्टी गर्दा पनि सकिँदैन, आउने सिलसिला जारी नै रहन्छ, विनाशकारी भूकम्पपछि परकम्प आएजस्तै । घुमाइफिराइ जताबाट पनि पैसाकै कुरा निकालिरहेका हुन्छन् । पैसाको आरिस र लालचग्रस्त मनस्थितिभित्र कुहिएको पीप यी माफियाहरूको दिमागमा हुन्छ । यस्ता माफियाले बिरालोले बच्चा सारेजस्तै हरेक वर्ष शैक्षिक संस्था नाफाका लागि खरिद–बिक्री गर्दै फेरिरहेका हुन्छन् । इमानदार शिक्षाविद्हरू यस्ता शिक्षाविरोधी हर्कतको विरूद्ध सतिसालको रूखजस्तै दृढ भएर उभिनुपर्छ ।
शिक्षण पेशामा लागेपछि कस्ता–कस्ता विद्यार्थीको सामना गर्नुपर्नेरहेछ भने किताब किन्ने भनेको त तिनीहरूले सरासर फजुल खर्च गरेर पाप गरेजस्तै ठान्दारहेछन् । कलेजमा किताब ल्याउनुप¥यो भनेर सम्झाउँदा “यत्रो किताब बोक्न सक्दिनँ” पो भन्छन्, दाह्रा खुस्काउनुपर्ने मोरा ¤ यस्तो समयमा मेरो दिमागमा पनि खराब सोच आउँछ, यस्ता विद्यार्थीलाई हल्का लाठीचार्ज नै गरूँ कि भनेर ।
एकजनालाई कठालो समातेर गालामा सम्लो उठ्ने गरी हानिदिएको अनि त्यतिले पनि चित्त नबुझेर अर्को मुक्का बजारिदिऊँ कि जस्तो लागेको थियो तर जति नै मीठो चिया भए पनि खाइसकेपछि अलिकति छेउछाउमा बाँकी छोडेजस्तै त्यो फटाहालाई त्यसै छोडेको कल्पनासमेत गर्न भ्याएँ ।
शिक्षाको सिङपुच्छर थाहा नहुने शैक्षिक माफियाले यस क्षेत्रमा घुसपैठ गर्दा शैक्षिक वातावरण हनुमन्ते खोलाको गन्धजस्तै भएको छ । तर, विडम्बना यस्तै लुच्चाहरूले शिक्षाको बारेमा आदर्श छाँटिरहेका हुन्छन्, नयाँ मुसलमानले बढी प्याज खान्छ भनेजस्तै । यी शैक्षिक माफियाहरूको दिमागमा यति धेरै विकार जमेको हुन्छ कि जति उल्टी गर्दा पनि सकिँदैन, आउने सिलसिला जारी नै रहन्छ, विनाशकारी भूकम्पपछि परकम्प आएजस्तै । घुमाइफिराइ जताबाट पनि पैसाकै कुरा निकालिरहेका हुन्छन् । पैसाको आरिस र लालचग्रस्त मनस्थितिभित्र कुहिएको पीप यी माफियाहरूको दिमागमा हुन्छ । यस्ता माफियाले बिरालोले बच्चा सारेजस्तै हरेक वर्ष शैक्षिक संस्था नाफाका लागि खरिद–बिक्री गर्दै फेरिरहेका हुन्छन् । इमानदार शिक्षाविद्हरू यस्ता शिक्षाविरोधी हर्कतको विरूद्ध सतिसालको रूखजस्तै दृढ भएर उभिनुपर्छ ।
वास्तवमै भन्ने हो भने त्यस्ता विद्यार्थी कलेज आउने भनेको सिनेमामा देखाउने भड्किएका दुःखी आत्माजस्तो कताकताबाट भड्किएर आउनेरहेछन् । हिजोअस्ति किन कलेज नआएको भनी सोध्दा नबुझेको स्वाङ गर्दै घिच्रो तान्दै उल्टो सोध्छ, ‘कहिले ….?’ मेरो पनि अलि अप्ठेरो बानी छ कि बाझाबाझ हुँदा ह्वात्तै हात पो छोड्न पुग्छु । त्यही भएर विद्यार्थीसँग हत्तपत्त विवाद गर्दिनँ म । विद्यार्थीले टिचरमाथि नै हात हालेको यदाकदा समाचार सुन्नुपर्दा दिक्क लाग्छ । आजकल विद्यार्थीहरू लगामबिनाको घोडा भइसके । शिक्षकले सही कुरा भने पनि अर्थ भने गलत नै लगाउँछन् ।
यस्तै तालले विद्यार्थी र शिक्षकबीचको सम्बन्ध हुने हो भने हाम्रो नैतिक शिक्षा हनुमानघाटको गन्हाउने दूषित पानीमा पछारिनेछ । तर, यस्तै विद्यार्थीको निहुँमा हामी शिक्षकहरूले पनि शिक्षण पेशामा लत्तो छोड्ने हो भने सौताको रिसले पोइको काखमा सुसु गरेजस्तो पो हुने हो कि ? अर्कोतिर यस्ता लाठेहरूसँग गोरु नारिएझैँ एक वर्ष नारिनुपर्दा सकस त हुन्छ नै शिक्षकलाई ।
कोही–कोही विद्यार्थीको व्यहोरा यस्तो हुन्छ कि जति नै भने पनि घरमा किताबकापी भनेको पल्टाउँदै पल्टाउँदैनन् । आज कलेजबाट फर्केपछि सीधै भोलि फेरि कलेजमा आएपछि मात्रै हो किताबकापी पल्टाउने भनेको । मानौँ आतङ्कवादी नेताले विभिन्न ठाउँमा बम पड्काउन सिकाएको कक्षाकोे तथा कसैलाई देखाउन नमिल्ने गतिविधिकोे गोप्य दस्तावेज घरमा लगेजस्तै । म ठट्टामा भन्ने गर्छु “तिमीहरूले गर्ने गृहकार्य भनेको जसले देखे पनि फरक पर्दैन । यो गोप्य दस्तावेज होइन, कसैबाट लुकाउनुपर्दैन ।” एकपटक एकजना विद्यार्थीलाई “कुनै पनि विषय राम्ररी बुझ्न डुबेर पढ्नुपर्छ” भनी सम्झाएको मात्र के थिएँ ती टिमुर्किएको विद्यार्थी शिक्षकको मजाक उडाउँदै भन्छ, “हाम्रो कलेजमा पोखरी नै छैन कसरी डुबेर पढ्ने” रे ¤ “तँजस्ता समयसँगै अगाडि बढ्नुपर्छ भन्दा खुट्टामा घडी लाउने सुस्त मनस्थितिले बुझ्ने कुरा होइन” भन्दै मेरो पनि गालीको फोहरा छुटिहाल्यो ।
सबै विद्यार्थी एकै खालका हुन्छन् भन्ने कुरा पनि होइन । कोहीँ–कोहीँ विद्यार्थीले त तीन छक ख्वाइराखेका हुन्छन् उनीहरूको व्यवहारबाट । यिनीहरूलाई जति नै गाली गरे पनि रिस लिएर बस्दैनन्, पिटे पनि आमा जाती भनेझैँ टिचरसँग झ्यामिन आउँछन् । अझ कोहीँ–कोहीँ विद्यार्थीलाई पढाउनु त विद्यार्थी होइन चाडपर्वमा मामाघर आउने भाञ्जाभाञ्जीसँग गफ गरिरहेजस्तै पनि लाग्ने, अति नै अनौपचारिक । उनीहरूले पनि बिना कुनै सङ्कोच घरायसी कुरासमेत भनिरहेका हुन्छन्, आफ्नै मामालाई जस्तै गरी ।
देशको चौथो खम्बा भनेर डिङहाक्ने पत्रकारहरूलाई सानो निहुँ पायो कि उनीहरू भँगेरा अक्षरमा शिक्षकको हुर्मत लिँदै खण्डकाव्य नै तयार गर्छन् । विद्यार्थीको चरम दुव्र्यवहारको कारणले शिक्षकबाट हुन जाने सानोतिनो गल्ती भेटायो भने पनि ठूलै अपराध गरेजस्तै गरी शिक्षकलाई पातालमै पु¥याउन पत्रकारहरूबीच प्रतिस्पर्धा नै चल्छ । यस्तो वातावरणमा शिक्षक कक्षाकोठामा जानु भनेको लडाइँमा होमिरहेका सिपाहीजस्तै तनावमा त होला नि ।
शिक्षकमात्र गतिशील भएर कुनै माखो मार्ने होइन रहेछ । कुनै–कुनै विद्यार्थी त नहिँड्ने गोरुझैँ जति कुटेर पुच्छर निमोठे पनि कामै लाग्दैनन् थुचुक्कै बसिदिन्छन् । एउटा भनाइ छ, ‘घोडालाई पानीमा डो¥याउन त सकिन्छ तर पानी खान लाउन सकिँदैन ।’ कक्षाकोठामा विद्यार्थीलाई चुप बनाउन त सकिन्छ तर पढ्ने जाँगर भर्नचाहिँ नसक्नेरहेछ । यस्तो अवस्थामा शिक्षकले हार खानुबाहेक केही हुँदैन । यिनीहरूको व्यवहारले कायल भएपछि सम्झाउने हिसाबले भनेँ, “तिमीहरू पनि भविष्यमा शिक्षक भएपछि बुझ्नेछौ शिक्षक हुन कति गाह्रो छ ।” एकजनाले ठाडो जवाफ दिइहाल्यो, “मलाई जाबो शिक्षक बन्नुछैन ।” “एउटा सम्मानित शिक्षण पेशाको इज्जतलाई पाताल पु¥याउने स्वाँठहरूलाई आदर्शको कुरा गर्नु त ‘भैँसीको अगाडि बाँसुरी बजाउनु’ जस्तै हो । त्यही भएर कहिलेकाहीँ स्यालहरूलाई तर्साउन सिंहको स्वर निकाल्नुपर्छ भनेजस्तै आफूले चिनेका विद्वान् शिक्षकहरूको मानसम्मान र आर्थिक हैसियतको बखान गर्दै मैले पनि शिक्षण पेशाको बढाइचढाइ गरेँ ।
शिक्षकहरूबीच तालमेल नमिलेर पनि विद्यार्थीबाट यस्तो छुद्र व्यवहार आएको हो । कोही शिक्षक यस्ता विद्यार्थीको हेलचत्र्रmयाइँलाई बेवास्ता गरी लम्पसार भइदिन्छन्, ‘मेरो पढाउने काम हो सुने सुनोस्, नसुने मेरो के जाला’को भावमा । यस्तो माहोलमा अर्को कडा अनुशासनका पक्षपाती शिक्षकको व्यवहार विद्यार्थीले पचाउनै सक्दैन । अनि विद्यार्थी–शिक्षकबीच द्वन्द्व सिर्जना हुन्छ ।
(यो नितान्त काल्पनिक घटना हो । यदि कसैको जीवनसँग मेल खान गएमा खुचिङमात्र भन्न सकिन्छ ¤¤¤)
Leave a Reply