भर्खरै :

तीन नेताको एक मुख

शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा नेता पुष्पकमल दाहाल र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भयो । नेकपा नेता सुवास नेम्वाङले भेटघाटमा तीन नेताबीच ‘देश साझा सहमति र सहकार्यको आधारमा अघि बढाउने’ विषयमा कुराकानी भएको बताए । ‘देश सञ्चालन गर्दा कतिपय कुरामा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकोले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको’ नेम्वाङले सञ्चारमाध्यमलाई जानकारी दिए ।

संसदीय व्यवस्थाको विशेषता भनेको शक्तिशाली प्रतिपक्ष हो । प्रतिपक्ष दल जति बलियो र सशक्त हुन्छ, लोकतन्त्र त्यत्ति नै शक्तिशाली हुने गर्छ । तर, यतिबेला नेपालको प्रमुख प्रतिपक्ष नेकाको काम नै सत्तारूढ दलसँग भागबन्डा मिलाएर भागशान्ति खोज्नु भएको छ । प्रमुख प्रतिपक्षले संसद्भित्र र बाहिर खेल्नुपर्ने भूमिका खेलिरहेको छैन । सरकारले एकपछि अर्को खतरनाक र लोकतन्त्रविरोधी विधेयक संसद्मा पेश गरेको छ । तर, ती विधेयकको विषयमा प्रमुख प्रतिपक्षले सशक्त विरोध गर्न नसकेको मात्र होइन, बरू सत्तारूढ दलसँग सौदाबाजी गर्ने निर्लज्जता देखाइरहेको छ । यो राजनीतिक अनैतिकता र लोकतन्त्रको मूल आत्ममाथिको हमला हो ।

राष्ट्रिय राजनीतिमा यतिबेला चर्चा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को छ । नेपाली काङ्ग्रेस सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका थिए । तिनताक प्रधानमन्त्री शेरबहादुर देउवा थिए । त्यसकारण एमसीसी संसद्बाट पारित गर्नेमा नेकांको कुनै विमति छैन । बरू नेका नेताहरू स्वयं यो सम्झौता पारित गर्न सरकारलाई दबाब दिइरहेका छन् । सत्तारूढ दलका केही नेता–कार्यकर्ताले सम्झौताको विरोध गरे पनि प्रधानमन्त्री र अधिकांश नेताहरू एमसीसी संसद् अधिवेशन आरम्भ भएको सुरूमै पारित गराउने दाउमा लागेका छन् । शनिबार बिहान प्रमुख प्रतिपक्ष दलका नेतासँग सत्तासीन दलका दुई कमान्डरको भेटको उद्देश्य एमसीसी कसरी सहजता साथ पारित गर्ने भन्ने विषयमा हुनसक्ने सर्वसाधारणको सहज अनुमान हो ।
संसदीय व्यवस्थाको विशेषता भनेको शक्तिशाली प्रतिपक्ष हो । प्रतिपक्ष दल जति बलियो र सशक्त हुन्छ, लोकतन्त्र त्यत्ति नै शक्तिशाली हुने गर्छ । तर, यतिबेला नेपालको प्रमुख प्रतिपक्ष नेकाको काम नै सत्तारूढ दलसँग भागबन्डा मिलाएर भागशान्ति खोज्नु भएको छ । प्रमुख प्रतिपक्षले संसद्भित्र र बाहिर खेल्नुपर्ने भूमिका खेलिरहेको छैन । सरकारले एकपछि अर्को खतरनाक र लोकतन्त्रविरोधी विधेयक संसद्मा पेश गरेको छ । तर, ती विधेयकको विषयमा प्रमुख प्रतिपक्षले सशक्त विरोध गर्न नसकेको मात्र होइन, बरू सत्तारूढ दलसँग सौदाबाजी गर्ने निर्लज्जता देखाइरहेको छ । यो राजनीतिक अनैतिकता र लोकतन्त्रको मूल आत्ममाथिको हमला हो ।
सत्तारूढ दल र नेकाबीच कुनै अन्तर नभएको वास्तविकता एमसीसीमा दुवै दल एकमुख हुनुबाट स्पष्ट भएको छ । नेपालमा अमेरिकी प्रभाव विस्तार गरी उत्तरको चीनलाई घेर्ने उद्देश्यले नै एमसीसी नेपालमा भित्याउन खोजिरहेको वास्तविकता अब कसैबाट लुकेको छैन । हिन्द–प्रशान्त रणनीति चीनलाई घेर्ने रणनीतिको प्रमुख योजना हो । सो रणनीतिकै अङ्ग हो–एमसीसी । यो रणनीतिले नेपालमा अमेरिकी प्रभाव अझ बलियो बनाउने छ । अनि अमेरिकी प्रभाव जहाँ बलियो हुन्छ, त्यहाँ युद्ध र विनाशको शृङ्खला उछालिने वास्तविकता खुला सत्य हो । भौतिक पूर्वाधार विकासको नाममा संरा अमेरिकाले दिने अनुदान सार्वभौमिकतामाथिको सम्झौता हो । त्यसकारण एमसीसीको देशभरि व्यापक विरोध भइरहेको छ ।
तर, संरा अमेरिकी साम्राज्यवादका चाकरहरू आज सत्तामा छन्, प्रमुख प्रतिपक्षमा छन् । तिनीहरूलाई जुन कुनै मूल्यमा एमसीसी संसद्बाट पारित गरी आफ्नो मगन्ते चरित्र देखाउनु छ । फलतः आज लोकतन्त्रको आधारभूत मान्यतालाई समेत धुजाधुजा बनाएर प्रमुख प्रतिपक्ष र सत्तापक्ष एउटै थालमा मुख जोतिरहेका छन् । राजनीतिक अनैतिकताको यो दृष्टान्त सत्तास्वार्थबाहेक केही होइन । यो शक्तिशाली देशसामु आत्मसमर्पण हो । नेपाली जनताको लामो बलिदानबाट प्राप्त लोकतन्त्रलाई उनीहरूले आफ्नो स्वार्थको लागि अनैतिकताको बन्धकीमा बेच्न खोजिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *