भर्खरै :

ऋण व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर, १२ माघ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा दुईदिने ऋण व्यवस्थापन तालिम सम्पन्न भयो ।
तालिम समापनमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाले सदस्य संस्थाको सबलीकरणमा तालिमले महत्वपूर्ण योगदान पुग्ने जानकारी गराउनुभयो । अन्तर लगानीमार्फत सङ्घलाई आत्मनिर्भर बनाउँदै लगेको कुरा स्पष्ट पार्दै उहाँले सङ्घमा कारोबार गरी जिल्लाको पैसा जिल्लामा परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।
सङ्घका कोषाध्यक्ष एवम् वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छाभक्त घजूले संस्थाको ऋण प्रशासनलाई टेवा पुु¥याउने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो ।
प्रशिक्षक कुमार खत्रीले तालिम व्यवहारमा उतार्नुपर्ने कुरा बताउनुभयो । वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघुले धन्यवाद मन्तव्य दिनुभयो भने उपसमितिकै सदस्य राजाराम गोसाईले बोल्नुभएको थियो ।
तालिममा सहभागी चमेली साकोसका रमेश न्यौपानेले तालिम धेरै उपयोगी रहेको बताउदै कर्मचारी र ऋण उपसमितिलाई छुट्टाछुट्टै तालिमको व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । मध्यपुर साकोसका रीना बजू, झिगु ख्वप साकोसका जुनेली बजू, नालाछाप महिदा साकोसका जीवनी कार्कीलगायतले तालिम प्रभावकारी रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *