एफिल टावरमुनि अमेरिकी नाकाबन्दीको विरोध र क्युवाप्रति ऐक्यबद्धता
- श्रावण १२, २०८३
बग्दाद, १३ माघ । राजनीतिक प्रणालीमा सुधारको माग गर्दै इराकमा चालू जनआन्दोलन उग्र बन्दै छ । प्रदर्शकारीहरूले इराकी सरकार भ्रष्टाचारमा डुबेको र ‘साम्प्रदायिक राजनीतिको भाँडो’ भएको भन्दै गत वर्षको अक्टोबर महिनादेखि आन्दोलन गरिरहेका छन् । आन्दोलनकै दबाबमा डिसेम्बर महिनामा प्रधानमन्त्री अब्देल अब्दुल मेहदीले पदबाट राजीनामा दिए पनि नयाँ प्रधानमन्त्री भने चयन हुन सकेको छैन । मेहदी नै हाल कामचलाउ प्रधानमन्त्री छन् ।
आइतबार राजधानी बग्दादलगायत इराकका विभिन्न सहरमा भएका प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भए । शनिबारयता भएका प्रदर्शनमा कम्तीमा १२ प्रदर्शनकारी मारिएको इराकी मानवअधिकार उच्च आयुक्त कार्यालयले जनाएको छ । अक्टोबरमा भएका प्रदर्शनमा कम्तीमा पनि ५ सय सर्वसाधारण मारिएका थिए ।
शिया धर्म गुरु मुख्तदा अल–सद्रले चार महिनाअघिदेखि चालू आन्दोलनमा अब आफू अलग भएको घोषणा गरेका थिए । सद्र इराकी संसदको सबभन्दा शक्तिशाली मोर्चाका नेता हुन् । उनले हात झिकेपछि आन्दोलन कमजोर हुने अपेक्षा गरिएको थियो । तथापि केही विश्लेषकहरूले भने सद्र पछि हटे पनि आन्दोलन कमजोर नहुने विश्लेषण गरेका छन् । आइतबार भएको प्रदर्शनमा सहभागी हजारौँ प्रदर्शकारीलाई नसिरिया सहरको मध्य हाबोबी चोकमा जान रोक लगाउन हम्मेहम्मे परेको थियो ।
झन्डै दुई महिनादेखिको नयाँ प्रधानमन्त्रीको खोजी कार्यले सफलता पाउन सकेको छैन । प्रधानमन्त्रीको लागि बास्राका गभर्नर असद अल–अदानी र इरान पक्षधर बिन्ना गठबन्धनका नेता कुसे अल–सुहेलको प्रस्तावलाई आन्दोलनकारीले अस्वीकार गरेपछि थप गतिरोध बढेको हो । प्रदर्शनकारीले कोही स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन माग गरे पनि संसदले त्यस्तो व्यक्ति भेटाउन सकेको छैन । राजनीतिक दलहरूले आफ्नो निकटको तर स्वतन्त्र छविको कोही व्यक्तिलाई प्रधानमन्त्री बनाउन खोजिरहेको पूर्व सांसद रैड फहमीले बताए ।
इराकी कम्युनिष्ट पार्टीका नेता फहमी सद्रको राजनीतिक मोर्चामा सामेल थिए । तर, अक्टोबर महिनामा आन्दोलनको समर्थनमा उनले पदबाट राजीनामा दिए ।
उनले अहिले सरकार र राजनीतिक दलसँग जबरजस्ती नयाँ प्रधानमन्त्री घोषणा गर्ने हिम्मत नभएको बताए ।
विश्लेषक अहमेद रुस्दीले नयाँ प्रधानमन्त्रीको छनौट संसदभित्रको सबभन्दा ठूलो सद्र नेतृत्वको गठबन्धन र दोस्रो ठूलो गठबन्धन फताहमा भर पर्ने बताए । दोस्रो ठूलो गठबन्धन फताहका नेता हादी अल–अमिरीको इरानसमर्थित पिपुल्स मोबिलाइजेसन फोर्ससँग सम्बद्ध मानिन्छन् ।
“यी दुवै गठबन्धनको समर्थनमा नयाँ प्रधानमन्त्रीको चयन हुनुपर्छ । तर, दुवै गठबन्धन भने आज एक अर्कोको विरोधमा छन्”, रुस्दीले भने । राजनीतिक दल र सडक आन्दोलनबीचको कुनै मध्यवर्ती बाटो खुट्याउन नसक्दा समस्या भएको बताइएको छ ।
Leave a Reply