किम जोङ उनलाई चीनको लियाओनिङ प्रान्तको डान्डोङ सहरमा भव्य स्वागत
- कार्तिक ९, २०८३
स्वास्थ्य सेवा विभागले देशभरिका अस्पतालमा गरेको सर्वेक्षणले नेपालमा छोराको तुलनामा छोरी कम जन्मेको देखिएको छ । सार्वजनिक तथ्याङ्कअनुुसार आर्थिक वर्ष २०७४÷७५ मा देशभरिका अस्पतालमा एक सय छोरी जन्मिदा १०९ जना छोरा जन्मेका छन् । यसरी छोरी कम सङ्ख्यामा जन्मिनुको मूल कारण भने अवैधरूपमा लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गर्ने अभ्यास देखिन्छ । विशेषतः सहरी क्षेत्रका अस्पतालमा छोरीको जन्म कम हुनुले पनि यो नतिजालाई पुष्टि गर्दछ । ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा लिङ्ग पहिचान र गर्भपतनको सेवा प्राप्त हुने गरेको छ ।
अल्ट्रासाउन्ड प्रविधिले गर्भ बसेको १२ सातामा भ्रुणको लिङ्ग पहिचान गर्न सकिन्छ । तर, लिङ्ग पहिचानपछि गर्भपतन गर्नु नैतिक र कानुनी अपराध हो । सहरी क्षेत्रमा च्याउसरि उम्रेका निजी क्लिनिकमा गएर लिङ्ग पहिचान गरी गर्भपतन गराउने धेरै छन् । छोरीभन्दा छोरा चाहने सङ्कुचित सोचाइले अझै पनि समाजमा जरा गाडेर बसेको वास्तविकता यो तथ्याड्ढबाट उजागर गरेको छ । ‘बिंडो थाम्न छोरा नै चाहिने’ पुरातन चिन्तनको भूतले अझै पनि समाज मुक्त हुन सकेको छैन ।
छोरा र छोरीबीच विभेद र असमान व्यवहारको समस्या नेपालको मात्र होइन, संसारकै समस्या हो । कुनै देशमा यो विकराल छ भने कुनै देशमा कम । तथापि लैङ्गिक विभेद अझै पनि संसारभर कायम नै छ । विशेषतः दक्षिण एसियाली देशमा यो समस्या विकराल छ । वंश धान्न छोरा नै चाहिने चिन्तन सामन्ती चिन्तनकै शृङ्खला हो । यो चिन्तनको स्रोत पितृसत्ता नै हो । राजनीतिकरूपमा सामन्तवाद पराजीत भएर पनि अझै पनि समाजको भित्री अन्तरकुन्तरमा लुकेर बसेको यस्तो चिन्तनले समाजलाई प्रभावित बनाइरहेको छ । कतिपय पढेलेखेका र प्रगतिशील भनिएका मानिसमा समेत यस्तो सोचाइ सुषुप्त अवस्थामा लुकेर बसेको हुन्छ । तर, मानव समाजको विकासक्रमले छोराभन्दा छोरी कुनै पनि कोणमा कमजोर होइन भन्ने कुरा देखाउँछ ।
विद्यालय शिक्षाको सन्दर्भमा पनि विद्यालय शिक्षाबाट बाहिर परेका २ लाख ४० हजार बालबालिकामध्ये अधिकांश छोरी छन् । छोरालाई निजी र गुणस्तरीय शिक्षा दिने विद्यालय र छोरीलाई ‘सरकारी’ विद्यालयमा पठाउने विभेदपूर्ण व्यवहार अझै पनि कम भएको छैन । विश्वविद्यालय तहसम्म उच्च अध्ययन गर्ने अवसर पाउने छोरीको सङ्ख्या कम छ ।
छोरा र छोरीबीच विभेद र असमान व्यवहारको समस्या नेपालको मात्र होइन, संसारकै समस्या हो । कुनै देशमा यो विकराल छ भने कुनै देशमा कम । तथापि लैङ्गिक विभेद अझै पनि संसारभर कायम नै छ । विशेषतः दक्षिण एसियाली देशमा यो समस्या विकराल छ । वंश धान्न छोरा नै चाहिने चिन्तन सामन्ती चिन्तनकै शृङ्खला हो । यो चिन्तनको स्रोत पितृसत्ता नै हो । राजनीतिकरूपमा सामन्तवाद पराजीत भएर पनि अझै पनि समाजको भित्री अन्तरकुन्तरमा लुकेर बसेको यस्तो चिन्तनले समाजलाई प्रभावित बनाइरहेको छ । कतिपय पढेलेखेका र प्रगतिशील भनिएका मानिसमा समेत यस्तो सोचाइ सुषुप्त अवस्थामा लुकेर बसेको हुन्छ । तर, मानव समाजको विकासक्रमले छोराभन्दा छोरी कुनै पनि कोणमा कमजोर होइन भन्ने कुरा देखाउँछ । जैविक हिसाबले छोरा र छोरीमा केही अन्तर छ । त्यसबाहेक समाजले थोपर्ने सबै अन्तर भनेको कृत्रिम अन्तर हो । युगौं युगसम्म महिलामाथि पितृसत्ताको दमनको कारण आज कतिपय साश्वत सत्यसमेत अकल्पनीयरूपमा अस्वाभाविक लाग्ने गरेको छ । संसारका कुनै पनि श्रम र उत्पादनमूलक काममा महिला र पुरुषको समान भूमिका हुनुले पनि यस्ता सबै कुरा झूट भएको पुष्टि हुन्छ ।
छोरा–छोरीबीचको विभेद सामाजिक एवं सांस्कृतिक रोग हो । यो रोगबाट समाजलाई मुक्त भएमात्र समाज अघि बढ्नसक्छ । कुनै पनि खालको विभेदले समाजको प्रगतिको मार्गमा रोकावट सिर्जना गर्छ । राज्यले लैङ्गिक भेदविरुद्ध लड्ने प्रतिबद्धता कागज र भाषणमा मात्र सीमित राख्नुहुँदैन । समाजको भित्री तहमा विद्यमान विभेदलाई जरादेखि निर्मूलन गर्न सबैबीच हातेमालो गर्नु जरुरी छ ।
Leave a Reply