‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
भद्रपुर, १३ माघ । कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने भएकोले यो वर्षदेखि झापा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेल बताउनुहुन्छ ।
उहाँका अनुसार गत आव २०७५÷७६ मा झापामा दुई हजार ६४० हेक्टरमा तोरी खेती गरिएको थियो । सो वर्ष दुई हजार ६०० मेट्रिक टन तोरी उत्पादन भएको थियो । चालू आव २०७५÷७६ मा तीन हजार हेक्टरमा लगाइएको तोरी खेतीबाट चार हजार ५०० मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्रको प्रक्षेपण छ । चार हजारभन्दा बढी मेट्रिक टन तोरीले जिल्लालाई आत्मनिर्भर बनाउने भएकोले यसबाट अर्थतन्त्रमा अत्यन्त सकारात्मक योगदान पुग्ने प्राविधिक पौडेलको भनाइ छ ।
झापाका १५ वटै स्थानीय तहमा तोरी खेती हुँदै आएको छ । त्यसमध्ये मेचीनगर, हल्दिबारी, अर्जुनधारा, केचना, शिवसताक्षी र कनकाईमा प्रायः सबै गाउँबस्तीमा तोरी खेती लगाइने गरिन्छ । नेपाल सरकारको नीतिअनुसार झापाको ज्ञान केन्द्रले हल्दिबारी गाउँपालिका र कनकाई नगरपालिकालाई तोरीको पकेट क्षेत्र घोषणा गरेको छ । त्यहाँका किसानलाई सङ्गठित गरेर तोरी खेतीमा प्रोत्साहित गर्न ज्ञान केन्द्रबाट रु. आठ लाखको दरले अनुदान दिइएको प्राविधिक पौडेलले जानकारी दिनुभयो ।
Leave a Reply