खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
– गोपाल नगरकोटी
भारतले नेपाली भूमि मिचेकै हो, मिचिरहेकै छ । मिचेको भूमि भारतले नेपाललाई कहिल्यै फर्काएको छैन । यस्तै सीमा विवाद अरु देशमा पनि देखिन्छ । तर, नेपाल भारतबीचको जति सीमा विवाद अन्यत्र देखिएको छैन । कसैले कसैको जग्गा मिच्दैमा मिच्नेले पाउँदैन या उसको हक लाग्दैन । भारतले मिचेको नेपाली भूमि भारतको हुँदैन । त्यो नेपालकै भूमि हुन्छ । भारतले नेपाली भूमि भारतले फिर्ता गर्नुपर्ने हो । अहिलेसम्म दिइरहेको छैन । भारत मिचेको नेपाली भूमि छोड्ने पक्षमा छैन । भारत मिचेको जति नेपाली भूमि पचाउने दाउमा छ । मिचेको भूमिसमेत भारतमा गाभेर भारतले नयाँ नक्सा बनाउनु त्यसको उदाहरण हो ।
नेपाल–भारत सीमा विवाद अहिलेको होइन । उहिलेदेखिको सीमा विवाद अहिलेसम्म सुल्झिएको छैन । भारतले नयाँ नक्सा बनाएको सार्वजनिक भएपछि देशका सबैजसो राजनीतिक दल, नागरिक समाज र अन्यले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने माग राख्दै जुलुस, विरोध प्रदर्शन तथा घेराउ गरे । जनताको दबाबमा सरकारले पनि राजनीतिक दलका नेताहरूको बैठक राखेर परामर्श लिएको हो । सहभागी दलका प्रतिनिधिहरूले नेपाली भूमि फिर्ता लिनुपर्नेमा एकमतले जोड दिए । नेपाली भूमि फिर्ता लिने अभियान झन्डै दुई महिना चल्यो । सरकारले कूटनीतिक प्रयासबाट सीमा विवाद हल गर्ने वाचा ग¥यो । नेपाली भूमि सुरक्षा गर्ने विषयमा राष्ट्रिय सहमति भएकै हो, सरकारले राष्ट्रिय समर्थन पाएकै हो । राष्ट्रिय समर्थन पाउँदा पाउँदै पनि नेपाली भूमि असुरक्षित भइरहेको छ । नेपाली भूमि मिचेको ठाउँमा सरकार बेखबर छ । नेपाली भूमिमा नेपालीले पाइला हाल्न सकेका छैनन् । उल्टो नेपाली नेपाली भूमिबाट खेदिरहेको पाउँछौँ, देख्छौँ, भोग्छौँ । नेपाली भूमि नेपालको भन्न, बनाउन या पाउन सरकारलाई केको डर ¤ सरकार किन पछि परेको रु आफ्नो सम्पति आफूले जोगाउन पनि डर लाग्ने कस्तो सरकार ¤ भारतले धेरै ठाउँमा धेरै जग्गा मिचिसकेको छ । तर, भारत नेपाली भूमि मिचेको बताउँदैन ।
अहिले परराष्ट्र स्तरमा नेपाल–भारतबीच सीमा विवादसम्बन्धी बैठक फागुनमा बस्न लागेको जानकारी प्रकाशमा आएको छ । दिन अझै निर्धारण गरिएको छैन । सरकारले हालसम्म प्राप्त प्रमाणहरूका आधारमा नेपाली भूमि नेपालको बनाउनुपर्छ । अब हुने बैठकमा नेपाल सरकारले आफ्ना प्रमाणहरू एक–एक पेश गर्नुपर्छ । नेपाली भूमि नेपालको नक्सामा छैन भने प्रमाणकै आधारमा राख्नुपर्छ । नेपाली भूमि नेपालको नक्सामा नहुनुका विभिन्न प्राविधिक कारण हुनसक्छ, कमी कमजोरी हुनसक्छ । कसैको कमजोरीले नेपाली भूमि भारतको हुनसक्दैन । जोतेको, भोगेको र पहिलेका प्रमाणहरू अद्यापि जीवन्त छन् । त्यही प्रमाण जुटाएर नेपाली भूमि नेपालको बनाउनुपर्छ । यसमा नेपाल सरकार पछि पर्नुहुँदैन । सरकारले देशव्यापी उठेको स्वरको कदर गरेर नेपाली भूमि फिर्ता लिनैपर्छ ।
Leave a Reply