भर्खरै :

कोरोना भाइरसको खोप अनुसन्धानमा चीन र संसार

 डा. वाङ शान (सियान बहुप्राविधिक विश्वविद्यालय)
सन् २०२० को जनवरी १२ मा चीनको उहानमा नोबेल कोरोना भाइरसको सङ्क्रमणबाट अज्ञात सरुवा निमोनिया फैलिएको जानकारी चीनले विश्व स्वास्थ्य सङ्गठनलाई औपचारिक जानकारी गरायो । लगत्तै चीनका सात वटा जैविक–प्रविधि (बायो–टेक) कम्पनीले कोरोना भाइरसको रोकथामको लागि तीव्रतर गतिमा परीक्षण सामग्री (टेस्ट किट्स) को विकास गरे । २३ जनवरीबाट उहान सहर बन्द गरियो । तर, त्यत्तिञ्जेल चीनका अधिकांश प्रान्तमा कोरोना भाइरसको परीक्षण सामग्री उपलब्ध गराइसकेको चीन सरकारको भौतिक सामग्री सुपरीवेक्षण तथा प्रशासन आयोग (एसएएसएसी) ले जानकारी दियो । संरा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले पनि छोटो समयमै यो रोगको परीक्षण सामग्री पत्ता लगायो । तर, ती सामग्री सीडीसीमा मात्र उपलब्ध छन् । स्थानीय स्तरमा पाउन सकिन्न ।
चीनमा अहिले आधा घण्टाभित्र कोही व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित हो वा होइन भन्ने कुरा पत्ता लगाउन सकिन्छ । साङ्घाइको जनस्वास्थ्य केन्द्रले कोरोना भाइरस रोकथाम गर्ने स्प्रेको विकास गरेको छ । हरेक बिहान र बेलुकी ०.५ मिलिदेखि १ मिलिसम्म घाँटीमा त्यो स्प्रे छर्न सके कोरोना भाइरसबाट जोगिन सकिन्छ । त्यो औषधिले चीनमा तोकिएको आवश्यक मापदण्ड पनि पार गरेको छ ।
जनवरी २७ को दिन कोरोना भाइरसको प्रतिरोध गर्ने सो औषधिको पहिलो किस्ता साङ्घाइ जनस्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा प्रयोगमा ल्याउन सकिने गरी पठाइएको थियो ।

हङकङ विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजी विभागका प्रमुख प्राध्यापक युआन गोयोङले खोपको आधार तयार गर्न आफू सफल भएको घोषणा गरे । साथै उनले पशुमा खोप परीक्षण गर्न सहकार्यको लागि आफू तयार रहेको बताए । अमेरिकाको म्यासाचुसेटस्थित एउटा कम्पनीले एक महिनाभित्र आफूले आविष्कार गरेको खोप पशुमा परीक्षण गरिने बताएको छ । सबै कम्पनी र संस्थाले यसरी कम्मर कसेर खोप आविष्कार गर्नमा छोटो समयमै उल्लेख्य प्रगति हासिल गरेका छन् । यसको मूल कारण भने उहानमा पहिलोपटक नयाँ निमोनिया पत्ता लागेलगत्तै चिनियाँ वैज्ञानिकहरूले रोगको मूल जरा नोबेल कोरोना भाइरसको आणुवंशिक शृङ्खला दस दिनमै सार्वजनिक गर्न सक्नु हो । चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाएको यो आणुवंशिक शृङ्खला निःशुल्करूपमा सबैलाई उपलब्ध गराइएको थियो ।

आज संसारभरका वैज्ञानिकहरू कोरोना भाइरसको खोप उत्पादनको लागि दिनरात मिहिनेत गरिरहेका छन् । उहानको भाइरोलोजी प्रतिष्ठानले चिनियाँ विज्ञान प्रतिष्ठानसँग मिलेर नोबेल भाइरस पत्ता लगाउन भाइरसप्रतिरोधी औषधि, पशुमा त्यसको प्रभाव र खोप विकास गर्न मिहिनेत गरिरहेको छ । चिनियाँ रोग नियन्त्रण तथा रोकथाम संस्थाले पनि खोप विकासको लागि अनुसन्धान गरिरहेको छ । नयाँ कोरोना भाइरस पत्ता लागेपछिको सबभन्दा पहिलो भाइरस त्यही केन्द्रमा अनुसन्धान गरिएको थियो । कोरोना भाइरसको थप अनुसन्धानको लागि त्यसले आधार निर्माण गरेको थियो । अरू पनि धेरै चिनियाँ कम्पनी र अनुसन्धान केन्द्रहरूले खोज अनुसन्धान जारी राखेका छन् । उदाहरणको लागि साङ्घाइको तोङ्जी विश्वविद्यालयसम्बद्ध तोङफाङ अस्पतालको ट्रान्सलेसनल मेडिसिन प्याटफोर्मले सिवेई (साङघाई) बायोटेक्नोलोजी कम्पनी लिमिटेडसँगको सहकार्यमा नोबेल कोरोना भाइरसको खोप अनुसन्धान र विकास (आर एन्ड डी) गर्ने काम थालेको छ ।
हङकङ विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजी विभागका प्रमुख प्राध्यापक युआन गोयोङले खोपको आधार तयार गर्न आफू सफल भएको घोषणा गरे । साथै उनले पशुमा खोप परीक्षण गर्न सहकार्यको लागि आफू तयार रहेको बताए । अमेरिकाको म्यासाचुसेटस्थित एउटा कम्पनीले एक महिनाभित्र आफूले आविष्कार गरेको खोप पशुमा परीक्षण गरिने बताएको छ । सबै कम्पनी र संस्थाले यसरी कम्मर कसेर खोप आविष्कार गर्नमा छोटो समयमै उल्लेख्य प्रगति हासिल गरेका छन् । यसको मूल कारण भने उहानमा पहिलोपटक नयाँ निमोनिया पत्ता लागेलगत्तै चिनियाँ वैज्ञानिकहरूले रोगको मूल जरा नोबेल कोरोना भाइरसको आणुवंशिक शृङ्खला दस दिनमै सार्वजनिक गर्न सक्नु हो । चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाएको यो आणुवंशिक शृङ्खला निःशुल्करूपमा सबैलाई उपलब्ध गराइएको थियो ।
पाकिस्तान, श्रीलङ्कालगायत विभिन्न देशबाट चीनमा पढ्दै गरेका रोग सङ्क्रमित वा असङ्क्रमित विद्यार्थीलाई चीन सरकारले हेरचाह गरिरहेको छ । विभिन्न वैज्ञानिक र अनुसन्धान टोलीले आपसमा सहकार्य गरिरहेका छन् भने चीन सरकार, विभिन्न संस्था र निकायबीच पनि आपसमा सहकार्य अघि बढिरहेको छ । अलिबाबाका संस्थापक चिनियाँ व्यापारी मा युनले कोरोना भाइरसको खोप विकास गर्न आफ्नो सहयोगी संस्थामार्फत् १ करोड ४४ लाख अमेरिकी डलर चन्दा दिएका छन् । कोरोना भाइरसको औषधि विकास गर्न ‘द बिल एन्ड मेलिन्दा गेटस् फाउन्डेसन’ ले आकस्मिक ५० लाख अमेरिकी डलर आफ्नो सम्बद्ध चिनियाँ साझेदारलाई प्रदान गरेको छ ।
केही चिनियाँ कम्पनीहरूले अनुसन्धानको लागि आवश्यक भटमासलगायतका पदार्थ चन्दास्वरुप उपलब्ध गराएका छन् । कोरोना भाइरसको सामना गर्न चीनले कृत्रिम बौद्धिक (एआई) र बिग डाटालगायत अत्याधुनिक प्रविधिको भरपुर प्रयोग गरेको छ । सार्वजनिक कम्पनी झोङ्के शुग्वाङले अनुसन्धान निकायलाई केही कम्प्युटिङ शक्ति(कम्प्युटिङ पावर) निःशुल्क उपलब्ध गराएको छ । अलिबाबा क्लाउडले सार्वजनिक वैज्ञानिक अनुसन्धान प्रतिष्ठानलाई नयाँ औषधि र खोप आविष्कारको लागि आवश्यक कम्प्युटिङ शक्ति उपलब्ध गराएको छ ।
“हामीले धेरै चाँडै नयाँ रूपको कोरोना भाइरसलाई निमिट्यान्न बनाउने ‘अन्तिम हतियार’ प्राप्त गर्ने विश्वास छ”, युनान कृषि विश्वविद्यालयका चिनियाँ प्राध्यापक तोङ याङले भने । उनले नयाँथरीको कोरोना भाइरसले व्याक्टेरियल निमोनियासँग मेल हुँदा प्राणघातक रूप लिएको बताए । व्याक्टेरियल निमोनियाको उपचारको लागि खोपको आविष्कार भइसकेको छ । सत्र वर्षअघि गर्मी महिना सुरु भएसँगै सार्स रोग नियन्त्रणमा आएको थियो । भाइरस उच्च तापक्रममा बाँच्न सक्दैन । चिनियाँ जनताले चीनको उदयका लागि अनेकन चुनौती सामना गरिरहेका छन् । कोरोना भाइरस चिनियाँ जनताको लागि चुनौती र अवसर दुवै हो । यसबाट चिकित्सा क्षेत्र र सामाजिक व्यवस्थापनमा चीनलाई नयाँ ज्ञान र अनुभव हासिल गर्ने अवसर प्राप्त भएको छ । चीनले अहिले हासिल गरेको अनुभव पक्कै पनि बेल्ट एन्ड रोड कार्यक्रममा सहभागी देशहरूलाई बाँड्नेछ ।
अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *