भर्खरै :

सुखभोगमा संयम

प्रा. डा. धनरत्न शाक्य
जीव चराचर प्राणीमात्रको लागि प्रकृतिले नै इन्द्रिय संवेदना आवश्यक बनाएको छ । पाँच इन्द्रियहरूका माध्यमबाट बाह्य वातावरण र संसारसँग आन्तरिक मनको सूचना, संवेदना र भोग्य कुराहरूको सञ्चार हुने गर्छ । जीवनको लागि खानपिनको स्वाद, गन्ध, ध्वनिको श्रवण, दृश्य र स्पर्शको भोगाइ आवश्यक हुन्छ । जीवनको सुरुवातसँगै नै अन्नपानी (पोषण), अक्सिजन, न्यानो चाहिन्छ । यो बिना जैविक प्रक्रिया रोकिन्छ । यस हिसाबले मानिसलाई पनि अरू जीवलाई जस्तै जीवन चलाउनको लागि प्रकृतिले नै यी कुराहरू भोग्नुपर्ने बाध्यतामा राखेको छ । मानिस निद्रा, आहार, आराम, भयबाट छुटकाराजस्ता आवश्यकताहरूको दृष्टिकोणले पशुसँग समान हो भन्न सकिन्छ । प्रकृति धर्मले इन्द्रिय सुखभोग आवश्यक छ भन्छ, इन्द्रिय सुखभोग नगर भन्दैन । तर, संयम जरुरी भएको होसियारी र खबरदारी पनि हर मोडमा औँल्याउँछ ।
इन्द्रिय भोगका यी कुराहरूमा नियन्त्रण, अनुशासन र नियमको पालना नहुने हो र जे मन लाग्यो त्यो गर्दै हिँड्ने हो भने मान्छे अरु पशु र जनावरहरूभन्दा पनि झन् गयगुज्रेको, निकृष्ट र तल्लो स्तरको हुने देखिन्छ । पेट भरेको बाघले अगाडिबाट गुज्रेको हरिणलाई पनि केही गर्दैन । लोभी मानिस टन्न खाएर डकारेको अवस्थामा पनि मिठो कुरा अगाडि ल्यायो भने फेरि खानमा लालायित हुन्छ । जनावर पनि निश्चित समय र ऋतुमा मात्रै मैथुन वा रतिक्रियामा सहभागी हुन्छ । मान्छे लम्पट छ भने न समय, न परिस्थिति, नातागोता, स्वास्थ्य भन्छ,न उचित अनुचित वा भूत भविष्य, केही वास्ता, विचार वा ख्याल नराखी यौनाचारमा लिप्त हुनपुग्छ । यसले गर्दा मानव सभ्यताका हरेक कालखण्डहरूमा कुनै न कुनै यौनरोगहरू र यौन विकृतिजन्य जटिलताहरूले जीवन र जगतलाई थिल्थिलो बनाएकै छ । प्रकृतिमा चराचर र पशुलाई पनि थाहा छ, राति आराम गर्ने बेला हल्ला गर्न र वातावरण अशान्त बनाउन मिल्दैन । तर मानिस त यस्तो छ कि उनीहरूमध्ये कतिलाई नियम, नीति, धर्मभन्दा बाहिर गएर केही गर्नमा भविष्य, भावी पुस्ता, समाज र अरू मानिसलाई खराब असर र त्रास हुने काममा रोमाञ्चित अनुभव हुन्छ । अरूको भाग लुटेर खान, निमुखा, कमजोर वा आफैँलाई गुण लगाउने अर्काे मानिसलाई पनि डर, धम्की, समस्या र तनावमा राख्नमा ऊ भित्रभित्रै रमाउँछ ।

इन्द्रिय भोगका यी कुराहरूमा नियन्त्रण, अनुशासन र नियमको पालना नहुने हो र जे मन लाग्यो त्यो गर्दै हिँड्ने हो भने मान्छे अरु पशु र जनावरहरूभन्दा पनि झन् गयगुज्रेको, निकृष्ट र तल्लो स्तरको हुने देखिन्छ । पेट भरेको बाघले अगाडिबाट गुज्रेको हरिणलाई पनि केही गर्दैन । लोभी मानिस टन्न खाएर डकारेको अवस्थामा पनि मिठो कुरा अगाडि ल्यायो भने फेरि खानमा लालायित हुन्छ । जनावर पनि निश्चित समय र ऋतुमा मात्रै मैथुन वा रतिक्रियामा सहभागी हुन्छ ।

मध्यरात वा नमिल्ने समयमा पनि बेफिक्री चर्काे स्वरमा बाइक या गाडी दौडाउनमा मज्जा लाग्छ । अरूको जीवन तहसनहस पारेर आफ्नो परिवार र दुनियाँ बसाउनमा सफलता देख्छ । बढ्दो आवश्यकता, तृष्णा, इच्छा, आकाङ्क्षा, तिनका माध्यम र प्रविधिका कारण मानिस आफैंले खनेको खाडलमा (बहुसङ्ख्यक मानिसलाई) निस्कनै गा¥हो पर्ने हिसाबले खसेको अवस्था देखिँदैछ । मोबाइल, इन्टरनेटको दुरुपयोग र लत बच्चादेखि वृद्ध, अनपढदेखि बुद्धिजीवी सबैलाई गाँज्नेवाला सेन्सरी प्लेजर बन्दैछ । अब आवारापन, रात्री जीवन र कोलाहल यो युगको सूचक बन्दैछ । तनाव, जटिलता र अन्तरद्वन्द्वले एक्काइसौँ शताब्दी आक्लान्त देखिँदैछ । हिजोआज नशामा यातायातका साधन चलाउँदा हुने सप्ताहिक दुर्घटनाहरू बढेको तथ्याङ्कले उसलाई छुँदैन । दुर्घटना, नशाको जटिल विथड्रल वा रोगबाट इमर्जेन्सीमा शिथिल भएर आउँदा र परिवारजन शोकमग्न हुँदा पनि अलि तङ्ग्रिएपछि ऊ ‘डोपामिन सर्ज’ खोज्न पुगिहाल्छ । पुख्र्याैली जमिन वा सम्पत्ति बेचेर भएपनि आफ्ना सन्तानको लालनपालन, शिक्षा, दीक्षा, तालिम र भविष्यको लागि उद्यत अभिभावकलाई समेत अबको पुस्ता गाउँ वा पुख्र्याैली घरमा नै छाडेर मदमस्त र स्वतन्त्र सहरिया वा आधुनिक जीवन रोज्दछ । भोलि आफू वृद्ध बन्नै नपर्ने जसरी अभिभावकलाई बुढाबुढी भन्दै लत्याउने जमात वर्तमानको यथार्थ बन्दैछ । आफ्नो शक्ति, पद, रुप वा सामथ्र्यको बलले आफ्नो चाहना र इच्छा पूर्तिको लागि कसैलाई पगाल्न, बेर्न, छोप्न, पेल्न, थिच्न, फुटाउन, जुटाउन वा केही केही गर्न बाँकी राख्दैन, अर्काे पक्षको बिनाकुनै मतलब । गान्धीले तीन बाँदरमार्फत गरेको खबरदारी ‘खराब नहेर्नु, नभन्नु र नसुन्नु’को खिलाफमा त यो समयले जङ्ग र अभियानै छेडेजस्तो भयो । अबको आम मानिस जे अनुचित र खराब हो त्यही हेर्न, भन्न, सुन्न र गर्नमा उद्यत, लालायित र रोमाञ्चित देखिन्छ । मानौँ अहिलेको यो फेशन, ट्रेन्ड वा लहर नै हो । युग र समाजको संवाहक, अभिभावक, शिक्षक, नेता वा सर्जकहरू नै मानौँ तृष्णाको चङ्गुलमा मस्त भएर उल्टो दिशा लाग्दैछन् । अरूको सम्पत्तिमा आँखा गाड्नु, जसरी हुन्छ कमाउनु, धाँक जमाउनु, पद, शक्ति र नातागोताका भरमा आफू अनुकूल सार्वजनिक साधन स्रोतमाथि कब्जा जमाउनुले समाज, समुदाय र समग्र मानव संस्कृतिको जग धर्मर हुने नै भयो । यस प्रवृत्तिले गर्दा मानिस न अहिले सुखी, शान्त र स्वस्थ छ न भोलिको पिँढीलाई नै सुखी, शान्त र स्वस्थ हुन दिनेवाला छ ।
अहिलेको शिक्षा जानकारीमा अत्याधिक आधारित देखिन्छस बहुश्रुत हुनमा जोड छ । केही हदसम्म सीपमूलक र तर्क र कल्पना वा विश्लेषणमुखीसम्म छ । पेशा, व्यवसाय, समाज र कुनै पनि कर्म, व्यवहारमा ठिक बेठीक, उचित अनुचित, नीति सङ्गत असङ्गत केलाउने पहुँच र ज्ञान अहिलेको ओझेलमा परेको शैक्षिक पक्ष हो । नीति नियम, आद्यात्म, विवेक, धर्मको प्रभाव आमस्तरमा नगन्य देखिन्छ । यसको कुरा गर्ने अधिकांशले पनि बाहिर सतहमा कुरा यौटा गर्ने, व्यवहार अर्को गर्ने वा राम्रो आदर्शको कुरा भजाएर भित्र आफ्नै मात्र दुनो सोझ्याउने स्वार्थ सिद्धिमा लीन हुने गरेको दृश्तान्तले जग नै भ्रमित भएको स्थिति छ । शिक्षाले वास्तवमा जीवन, समाज र भविष्य सहज, सरल, सफल, सम्पूर्ण र सुखद बन्दैछ कि जटिल, विफल, विखण्डित र दुःखद बनाउँदैछ, हामी विनासोच दिनपर दिन असङ्गत र प्रगतिको तृष्णामा बसिभूत हुँदै गइरहेछौँ । यस्तो अवस्थामा कानुन, नितिनियम र इथिक्स र अद्यात्म र धर्मको कुरा गौण बन्ने नै भयो । यथास्थितिलाई व्यक्तिगत, पारिवारिक, सामाजिक, राज्य र विश्वस्तरमै अनुकूलतामुखी परिवर्तनतिर दोहो¥याउन कानुन, नीतिनियम र इथिक्स र अद्यात्म र धर्मको विकल्प हुनसक्तैन । यिनले नै भुक्ताभावमा अनियन्त्रित मान्छेमात्र लाई विभिन्न तहमा नियन्त्रणमा रहन वा राख्न सहायता पुग्नेछ ।
कानुनले समाज र तेस्रो पार्टीसम्मलाई स्पष्टरूपमा प्रभावित पार्ने खालका व्यवहारलाई वाञ्छनीय बनाउने निर्देशन दिन्छ ।
नीतिनियम र इथिक्सले कुनै पनि व्यवहारमा अर्काे पक्ष अथवा जो, जे र जहाँ निकटको सम्पर्कमा छन्, तिनको हिसाबले पनि विचार, सोच र ख्याल राख्ने पहुँच सिकाउँछ वा यस्तो निर्देशन दिन्छ ।
अध्यात्म (क्उष्चष्तगब)ि आफू, आफ्नो जीवन उद्देश्य र अर्थलाई निर्देशित गर्ने दृश्तान्त दिन्छ भने धर्म (च्भष्निष्यल) वास्तवमा समुदाय प्रदत्तभन्दा पनि विश्वजनिन् प्रकृतिजन्य नियमतिर दोहो¥याउँछ ।
आफैंप्रति, निकट दोस्रो पक्ष र अरू वा समाज वा तेस्रो पक्ष सबैप्रति मानसम्मान इज्जत राखूम्, हानी नहोस्, हित होस्, गोप्यतार विश्वसनियता राखौँ भन्ने सिद्धान्तले यी सबै पहुँचहरू निर्देशित रहन्छन् ।
यी पहुँचहरू परस्परमा परिपूरक रहन्छन् । यथार्थमा आफूलाई न्याय, हित वा कल्याण गर्नेले कुनैपनि पक्षको न्याय, हित वा कल्याण नै गर्नेछन् । अहित वा हानी गर्नै सक्तैनन् । अरूको इज्जत र गोप्यताको कदर राखेर आफ्नो इज्जत र व्यक्तिगत गोप्यताको पनि मान राख्छन् । कानुन, निति अध्यात्म र धर्म अतः परस्परमा पुरक र सहयोगी हुन्, न कि अन्तरविरोधी वा भिन्न ।
यस्तो पहुँचको लागि माध्यम भने मान्छेको मन नै हो । मनोविज्ञानको भाषामा, मनको ‘इद’ अंश बच्चाजस्तै ठिक बेठीक, उचित अनुचित र उपयोगी अनुपयोगी भन्ने सोच्दै नसोची यथाशीघ्र जेकुरा पनि पाउन, हासिल गर्न, भोग्न लालायित रहन्छ । मिठो मसिनो खाइहालुँ, राम्रो नरम र न्यानो लाइहालुँ, क्युट, ह्याण्डसम वा मनपर्ने हेरुँ, जे मन लाग्यो त्यो सुनुँ, सुनिरहुँ वा मनोहारी गन्ध सुगन्ध सेन्टमा लत्थिउँ भन्ने ध्याउन्न रहन्छ । ‘सुपरइगो’ त्यसमा नियमकानुन, निति, इथिक्स, अद्यात्म र धर्मको हिसाबले कदी लाउनखोज्छ । ‘इद’ र ‘सुपरइगो’ बीच सधैं द्वन्द्व चलिरहन्छ । ‘इगो’ यी दुई मनोवस्थाहरूको बीचमा सामञ्जस्य, सम्झौता गरेर सन्तुलन र सन्तोष खोजिरहन्छ ्र हर कुरा बुझेर, परिणाम केलाएर, ‘इद’को इन्द्रिय सुख, भोग्ताभाव, भोगाइ, तुस्ति र तृप्ति तथा ‘सुपरइगो’को कडाइ, सुखापन, विमुखी प्रवृत्ति र अहम्को बीचमा विवेकी, सन्तुलित र सचेत खुशी ‘इगो’ खोजिरहन्छ । ‘इद’को खाइहालुँ, लाइहालुँ, सुनुँ, हेरुँ, सुघुँ वा भोगिहालुँ भन्ने अधिर उफ्राइमा ‘सुपरइगो’को लाठी ध्यानमा राखेर ‘इगो’ले कुनै कुरा गर्दा नियमसम्मत छ छैन, सजायको भागी हुनुपर्ने पो हो कि, समाज, संस्कृति, परम्पराले सिकाएअनुरूप नभई बन्धुबान्धव, इष्टमित्र, छरछिमेक, समाज, परिवार, राज्यको अहित पो हुने हो कि, आफ्नै तन, मन र सामाजिक स्वास्थ्य अनुकुल छ छैन र समग्रमा आफ्नो जीवन उद्देश्य सङ्गत हो होइन भनेर सम्झाएर मनको माध्यमबाट खुशी पाउने चेष्टा गर्दछ । उसलाई यस कुरामा, नियमकानुनले स्पष्टरूपमा अरुको हानि नगर्न, नलुत्न, चोरी नगर्न निर्देशन दिन्छ । इथिक्सले सँगै रहेबसेका अरुको ख्याल राख्न र त्यो अर्काे पक्षको हिसाबले मिल्ने नमिल्ने पनि सोच्न प्रेरित गर्छ । प्रकृति धर्मले सार्वजनिन स्वभाव र प्रकृतिप्रदत्त हिसाबले आचरण, व्यवहार वा भोगाइ सम्पूर्ण स्वास्थ्य सङ्गत राख्न भन्छ भने अद्यात्मले खाने, लाउने, हेर्ने, सुन्नेलगायत यावत् इन्द्रिय भोगाइ र सुखले जीवनको लक्षसँग एकाकार हुनमा सघाउँछ कि दिग्भ्रमित भनी सवाल गर्छ र सम्झाउने गर्छ । यी कुराहरूले मान्छेलाई भोकका बावजुद पनि लुटेर नखान भन्छ, थकाइको अवस्थामा पनि महिलाको सिटमा बसमा महिलालाई सिट छाड्नुपर्ने कुरा दर्साउँछ, परपुरुष र महिला र वेश्यागमन नगर्न र कमसेकम कन्दम प्रयोग गर्न पनि भन्छ । चेतनाको उच्च तहमा हर घडी, जे गरेपनि, जे जस्तो इन्द्रिय सुख, अनुभव र भोगाइले पनि जीवन लक्ष्यको कति नजिक लग्छ भनी सोधेर झक्झकाइरहन्छ । आफूलाई नमारी अरु मानिस, जगत र समाजको निमित्त सोच्ने, काम गर्ने र फिलिङ गर्ने स्वरूपमा हुने चारित्रिक अनुवादले मान्छे जीवनको लक्ष्य नजिक पुग्ने हो ।
वास्तविक खुशी र यस्तो सन्तुलनको लागि मन बसमा राख्ने प्रज्ञाको उपयोग गर्नुपर्छ, अनुशासनमा रहने शील पालना गर्नुपर्छ र समाधी धारण गर्नुपर्छ । भगवान बुद्धले वैज्ञानिकरूपमा मिहिन भावातीत प्रज्ञाद्वारा यसको लागि चतुरआर्य सत्य मनन् गरेर, आर्यअष्टाङ्गिक मार्ग अपनाउनुपर्ने तथ्य औंल्याउनुभयो । दशपारमिता पूरा गरेर अर्थात् आफूमा धैर्य, क्षान्ति, विर्य जस्ता गुणहरू विकास गरेर मङ्गलसुत्र धर्म पालना गर्ने उपदेश दिनुभयो । आफैँ नै सजग र प्रकाशित भएर जीवन र जगतमा आइपर्ने यावत् कुराहरूप्रति तटस्थ रहेर व्यहोर्ने तथा, इन्द्रिय सुखको भुग्ताभावदेखि पर संयमित, सचेष्त रहने उपायले नै वास्तविक खुशी हासिल हुने हो ।
drdhanashakya@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *