भर्खरै :

कोरोना भाइरसविरुद्ध संयुक्त लडाइँ लडौंँ

चीन सरकारले कोरोना भाइरस नियन्त्रणको काम प्रभावकारीरूपमा गर्दै छ । तर, पश्चिमा केही सञ्चारमाध्यम र सरकारहरूले कोरोना भाइरसविरुद्धको चिनियाँ प्रयासलाई हतोत्साही पार्ने समाचार प्रशारित गर्दै छन् । अधिकांश देशले चीन सरकारको यो प्रयासलाई प्रशंसा पनि गरेका छन् । केही यसप्रकार छन् ः
चीनको उपायले यहाँका जनतालाई मात्र सुरक्षा गर्दैन, बरु संसारकै जनताको सुरक्षा गर्छ ।
टेड्रोस आदहानेम घेबे्रयेसुस
विश्व स्वाथ्य सङ्गठनका महानिर्देशक
 कम्बोडियाले चीनको उडानलाई स्थगित गर्ने छैन । सङ्कटको साथी नै सच्चा साथी हुन् । कोरोना भाइरसविरुद्धको लडाइँमा कम्बोडिया चिनियाँ जनताको साथमा छ ।

हुन सेन,  प्रधानमन्त्री, कम्बोडिया


कोरोना भाइरस नियन्त्रण गर्न चिनियाँ सरकारले लिएको प्रभावकारी र शक्तिशाली उपायलाई फ्रान्स उच्च प्रशंसा गर्छ र यसको सङ्क्रमण रोक्न प्रतिबद्ध छ । चीनलाई आवश्यक सबै सहयोग गर्न फ्रान्स इच्छुक छ ।
                                                                                            जियान येभेज ले ड्रयायन
फ्रान्सेली विदेशमन्त्री
 नयाँ कोरोना भाइरसको सङ्क्रमणविरुद्धको चिनियाँ सरकार र जनताको लडाइँमा अष्ट्रेलियाली सरकारको दृढ समर्थन छ ।
यो सङ्क्रमणविरुद्धको लडाइँबारे अन्तर्राष्ट्रिय समुदायसँग खुला र पारदर्शीरूपमा समयमै सूचना प्रवाह गरेकोमा अष्ट्रेलिया चीनको प्रशंसा गर्दछ ।

मारिसे पायने
अष्ट्रेलियाली विदेशमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *