उहान, २ फेब्रुअरी । कोरोना भाइरस सङ्क्रमणको अवस्था गम्भीर देखापरेको चीनको हुपेई प्रान्तको उहान सहरमा संसारलाई चकित पार्ने गरी दस दिनमा अत्याधुनिक अस्पताल निर्माण सम्पन्न भएको छ । स्थानीय दुई अस्पताल हो शन शान र लै शन शान अस्पताल क्रमशः फेब्रुअरी २ तारिख र ५ तारिखमा निर्माण पूरा भएर बिमारीको उपचारलाई औपचारिक सुरु गर्दै छन् । यी दुवै अस्पतालमा २५०० भन्दा बढी शैय्या हुने छन् ।
हो शन शान अस्पतालको निर्माण दश दिनमा पूरा भएको छ । लै शन शानको निर्माण अझ छिटो भएको छ । पाँच दिनमै अस्पताल निर्माणको ६० प्रतिशतको कार्य पूरा भएको छ । तीव्रगतिको कामको मुख्य कारण चीनको निर्माण प्रविधिको नविनता देखापरेको छ । यस निर्माणमा वर्तमान निर्माण उद्योगमा सबैभन्दा उन्नत पूर्वनिर्मित निर्माण प्रविधि प्रिफेब निर्माण प्रविधिले दक्षतालाई अधिकतम बनाउने लक्ष्यलाई साकार तुल्याएको छ ।
अस्थायी निर्माण भए तापनि यी दुबै अस्पतालको चिकित्सा प्राविधिक स्तर उच्च छ । अस्पताललाई सङ्क्रमण प्रतिरोधी बनाइएको छ । त्यसले चिकित्सकका लागि सुरक्षितरूपमा काम गर्ने वातावरण सिर्जना हुनेछ ।
चीनले यसरी निकै छोटो समयमा अस्पताल बनाएको यो पहिलो घटना भने होइन । यसअघि सन् २००३ मा सार्सको महामारी रोकथामको लागि पेइचिङमा याओताङशान अस्पताल पनि एक सातामा निर्माण भएको थियो । उहानमा छोटो समयमा अत्याधुनिक अस्पताल निर्माणको अनुभव चीनलाई यतिबेला पनि काम लागेको छ ।
“इन्जिनियरिङ कर्ममा चीन अब्बल छ । अग्ला अग्ला भवनसमेत छोटो समयमा बनाउने चिनियाँहरूका धेरै रेकर्ड छन् । पश्चिमाहरूलाई यो तीव्रता कल्पना गर्न पनि गाह«ो छ”, विदेश सम्बन्ध परिषद् नामको संस्थाका विश्व स्वास्थ्यसम्बन्धी वरिष्ठ अधिकारी याङझोङ ह्वाङको भनाइ उद्धृत गर्दै बीबीसीले ३१ जनवरीमा लेखेको छ ।
यसैबीच चीनको केन्द्रीय सैनिक आयोगका अध्यक्ष सी चिनफिङले एक हजार शैय्याको हो शन शान अस्पतालमा बिरामी उपचार गर्न १४ सय जनमुक्ति सेना परिचालन गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न राष्ट्रपति सी स्वयम्ले प्रत्यक्ष नेतृत्व गरिरहनुभएको छ । सङ्क्रमणमाथि नियन्त्रण गर्न, देशका स्वास्थ्यकर्मी जम्मा गर्ने र सबभन्दा आवश्यक पर्ने स्थानमा परिचालन गर्ने, नयाँ अस्पताल बनाउने, चिनियाँ नयाँ वर्षको बिदा लम्ब्याउने, विद्यालय र व्यापारिक निकाय खुल्ने दिने पछि सार्ने र यात्रा गर्न रोक लगाउने निर्णय गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *