भर्खरै :

अछाममा एमसीसीको विरोध

अछाम, १९ माघ । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा नेमकिपा कमलबजार नगर समितिको आयोजनामा गैरीटाँडमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा अछाम जिल्ला समितिका अध्यक्ष झङ्करबहादुर शाहीले अमेरिकी एमसीसी परियोजना संरा अमेरिकी साम्राज्यवादको वित्तीय हतियार भएको बताउनुभयो । उहाँले सदनबाट एमसीसी पारित गर्नु चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न संरा अमेरिकालाई लाइसेन्स दिएको हुने बताउनुभयो ।
“एमसीसी पारित भए नेपाल संरा अमेरिकाको स्प्रीङबोर्ड हुनेछ”, शाहीले भन्नुभयो ।
कार्यक्रममा नेमकिपा कमलबजार नगर समितिका रणबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घका सुन्तली शाही, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका गीता शाही, बालीसरा शाही, सुशीलबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *