भर्खरै :

ख्वपमा बास्केट बल म्याच सम्पन्न

भक्तपुर, १९ माघ । ख्वप मा.वि. तथा कलेजको वार्षिक उत्सवको अवसरमा भइरहेको छैठौँ बास्केटबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
आइतबार भएको फाइनल खेलअन्तर्गत कक्षा ८ देखि १० सम्मको छात्र बास्केटबल प्रतियोगितामा नेपाल प्रहरीलाई हराएर सैनिक महाविद्यालय पहिलो हुन सफल भयो ।
त्यस्तै कक्षा ८ देखि १० सम्मकै छात्रा बास्केटबल प्रतियोगितामा निस्ट स्कूललाई हराएर एभरेष्ट पहिलो भए । प्लस टु छात्र प्रतियोगितातर्फको फाइनल खेलमा जनप्रेमीलाई पराजित गरी सैनिक महाविद्यालय पहिलो हुन सफल भयो ।
प्लस टु छात्रातर्फ सैनिक महाविद्यालयलाई हराएर ख्वप मावि पहिलो हुन सफल भयो ।
त्यस्तै कलेजतर्फको छात्र प्रतियोगितामा चाणक्यलाई पराजित गरी लुम्बिनी कलेज पहिलो हुन सफल भयो । छात्रातर्फको कलेजस्तरीय प्रतियोगितामा अक्सब्रिज कलेजलाई हराई जेभियर कलेज पहिलो भयो ।
विजेता विद्यार्थीहरुलाई माघ २२ गते हुने वार्षिक उत्सव उद्घाटन कार्यक्रममा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *