भर्खरै :

चीनमा कोरोना भाइरसको सङ्क्रमण

डन स्टेनबक
चीनमा कोरोना भाइरस फैलिएपछि र त्यो भाइरस मानिसबाट मानिसलाई सरेको प्रमाण फेला परेपछि त्यहाँको सरकारले जनतालाई घरबाट सकभर बाहिर ननिस्कन, यात्रा नगर्न र सार्वजनिक कार्यक्रम रद्द गर्न आह्वान ग¥यो । सरकारको यस्तो आह्वानपछि नयाँ वर्ष मनाउन विभिन्न ठाउँमा घुम्न जाने मानिसको सङ्ख्या निकै कम भयो । तर, सम्भवतः यसले धेरै मानिसको जीवन जोगिएको छ ।
कोरोना भाइरसमाथि नियन्त्रण गर्न सहयोग पुगोस् भनी चीन सरकारले नयाँ वर्षको बिदा तीन दिन थप गरेको छ । चीन सरकारले भाइरस नियन्त्रण गर्न अरबौँ डलर खर्च गरिसकेको छ ।
यो प्रकोपले चीनको अर्थतन्त्रमा कति प्रभाव पा¥यो भन्ने कुराको पूर्ण आङ्कलन गर्न अहिले हतारो होला । तथापि सम्भावित असरबारे केही पूर्वानुमान भने लगाउन सकिन्छ ।
क्षमता बढ्यो तर नयाँ खतरा आइलाग्यो
अन्तर्राष्ट्रिय बजारले कोरोना भाइरसको सङ्क्रमणप्रति निकै तिखो तर अस्थायी प्रतिक्रिया जनाएको छ । भाइरसको सङ्क्रमण पूर्णतः रोकथाम नहुँदासम्म अवस्था यही रहनेछ । विश्लेषकहरूले कोरोना भाइरसको सङ्क्रमणको प्रभाव मूल्याङ्कन गर्न सन् २००२–०३ मा फैलिएको गम्भीर श्वासप्रश्वाससम्बन्धी रोगलाई आधार मानिरहेका छन् ।
सार्सको सङ्क्रमण नियन्त्रणको विषयमा चीनको आलोचना भएको थियो । रोकथाम हुनुअघि नै सार्स अन्तर्राष्ट्रियरूपमा फैलिसकेको थियो । सार्स सङ्क्रमणको एक दशकपछि एच ठ एन ढ नामको अर्को इन्फ्लुयन्जा रोकथाममा भने चीनले दु्रत गतिमा काम ग¥यो । त्यसको सर्वत्र प्रशंसा भयो । त्यो रोग फैलिन पाएन ।
पछिल्ला वर्षमा चीनले रोग नियन्त्रण र रोकथाम गर्न राष्ट्रिय तथा स्थानीय स्तरमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । प्रयोगशाला र अस्पतालजस्ता पूर्वाधारको उल्लेख्य विकास गरिसकेको छ ।
नोवल कोरोना भाइरसको विषयमा चीनका जिम्मेवार निकायले विश्व स्वास्थ्य सङ्गठनलगायत अन्य अन्तर्राष्ट्रिय संस्थालाई समयमै सावधान गराएको थियो । यस्ता भाइरस नियन्त्रणको लागि चीनको क्षमता पनि अभिवृद्धि भएको छ । तथापि संसारका विभिन्न देशबीचको नजिकिँदो सम्पर्कको कारण रोग फैलिने सम्भावना पनि उत्तिकै छ अर्थात् अहिले नयाँ खतरा देखापरेको हो ।
सन् २००३ को चीनको हवाई, रेल र थल मार्ग आजको तुलनामा सानो अंशमा मात्र सीमित थियो । अधिकांश चिनियाँहरू त्यतिबेला गाउँमा बस्थे । तर, आजको चीन फरक भइसकेको छ । चीन संसारकै सबभन्दा ठूलो सुविधाको केन्द्र बनेको छ । चीनका ६० प्रतिशतभन्दा बढी मानिस आज घना बस्ती भएका सहरमा बसोबास गर्छन् । त्यसै कारण भाइरस सङ्क्रमण पुष्टि भएलगत्तै चीन सरकारले हुपेई प्रान्तको उहान सहर र वरपरका सहरी क्षेत्रलाई बन्द गर्नु परेको थियो । यो निर्णयबाट ५ करोड १० लाख मानिस प्रभावित बनेका छन् । यो जनसङ्ख्या दक्षिण कोरियाको जनसङ्ख्या बराबर हुन आउँछ ।
सार्सको सङ्क्रमण नयाँ वर्षको समयमा भएको थिएन । कोरोना भाइरसको सङ्क्रमण यतिबेला नयाँवर्षको समयमा भएको छ । चिनियाँ नयाँ वर्षको समयमा संसारकै सबभन्दा ठूलो सङ्ख्यामा मानिसले यात्रा गर्छन् । त्यसै कारण पनि चीन सरकारले रोगको सङ्क्रमणको खतरा कम गर्न विशेष कदम चाल्नुप¥यो । यसले ठूलठूला सहरमा महामारी फैलिँदा त्यसविरुद्ध लड्ने नयाँ तरिकासमेत पत्ता लाग्न सक्छ ।
मानवीय र आर्थिक क्षति
सार्सको सङ्क्रमण फैलिँदा संसारभर ८ हजार १ सय मानिस त्यसबाट सङ्क्रमित थिए । ७७४ जना मानिस मरेका थिए । मर्नेमध्ये अधिकांश चीनको मूलभूमि र हङकङ विशेष प्रशासनिक क्षेत्रका थिए । एक जना सार्स सङ्क्रमित व्यक्तिले झन्डै २–५ जना अरू मानिसलाई सङ्क्रमण गरेको थियो । अहिलेको कोरोना भाइरसले चीनमा मात्र ९ हजारभन्दा बढी मानिसलाई सङ्क्रमण गरेको छ । २ सत्न्दा बढी मानिसको निधन भएको छ । सुरुको अनुसन्धानले कोरोना भाइरसबाट सङ्क्रमित एक जना व्यक्तिले २–३ मानिसमा सङ्क्रमण गराएको देखाएको छ । सङ्क्रमण दरको हिसाबमा दुवै रोगमा समानता देखिन्छ । यद्यपि नयाँ कोरोना भाइरसको मृत्यु दर कम मात्र प्राणघातक देखिन्छ । सार्सको तुलनामा एकचौथाइ मात्र । तथापि कोरोना भाइरस सङ्क्रमणको दर भने निकै आकाशिंदै जाने सम्भावना छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार नयाँ कोरोना भाइरसले हुर्किने क्रममा २ देखि १४ दिनसम्म रोगका कुनै लक्षण देखाउने गर्दैन । त्यसकारण यो रोगको रोकथामको लागि पुरानो तरिकाले मात्र काम गर्ने अवस्था छैन । यसको अर्थ चिनियाँ अधिकारीहरूले भनेजस्तै यो रोगबाट अझ भयानक आर्थिक क्षति पुग्ने सम्भावना छ । कोरोना भाइरसको पछिल्लो महामारीले यातायात, पर्यटन र यात्रा, रेस्टुराँ तथा खुद्रा व्यापारलाई प्रभावित बनाउनेछ ।
आर्थिक वृद्धिमा असर
कोरोना भाइरसको सङ्क्रमणअघि चीन मध्यम आर्थिक पुनःस्थापनामा फर्किरहेको थियो । संरा अमेरिकासँग व्यापार युद्ध भएर पनि सन् २०१९ मा चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) ६.१ प्रतिशत थियो । सघन औद्योगीकरणपछि यस्ता सकारात्मक अवनति सामान्य हो । तथापि आगामी सन् २०२० को लागि आर्थिक वृद्धिदर ५.८ देखि ६.२ प्रतिशत पूर्वानुमान गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणपछि तीन वटा सम्भावना देखिन्छः पहिलो, सार्सले जस्तो प्रभाव पारेको अवस्थामा ५ प्रतिशतभन्दा तल आर्थिक वृद्धि दर घट्ने छ । तर, यो छोटो समयमै पुनःस्थापित हुन सम्भव छ । यसको प्रभाव गहिरो खालको भए पनि छोटो समयको लागि मात्र हुने गर्छ । यसको बृहत् प्रभाव तुलनात्मकरूपमा न्यून र क्षेत्रीय स्तरको मात्र हुने गर्छ ।
दोस्रो, त्यसभन्दा बढी प्रभाव परेको अवस्थामा आर्थिक वृद्धिमा गहिरो नकारात्मक प्रभाव पर्नेछ । त्यसको क्षतिपूर्ति पनि ढिला मात्र हुनेछ । यस्तो प्रभाव व्यापक र विश्वव्यापी हुन सक्छ ।
तेस्रो, त्योभन्दा पनि खराब अवस्थामा त्यसको नकारात्मक असर निकै कडा हुनसक्छ । अहिलेको प्रकोप नयाँ वर्षको दौडादौडको समयमा फैलिएको छ । त्यसमाथि चीनकै सबभन्दा प्रमुख यातायात केन्द्रबाट यो रोग फैलिएको छ । सन् २०२० मा उहानमा यातायात सुविधा ७.८ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो ।
संरा अमेरिकासँग व्यापार युद्ध थालनी गर्नुअघि चीनमा अफ्रिकी स्वाइन फ्लु नामको रोग फैलिएको थियो । त्यो प्रकोपले चीनका आधा सुङ्गुर मार्नुपरेको थियो । सुङ्गुरको मासुको मूल्य शतप्रतिशतले बढेको थियो । अहिले कोरोना भाइरस फैलिएको छ । नजिक–नजिकै फैलिएका रोगको समष्टिगत आर्थिक प्रभावबारे यकिन हिसाब गर्न गाह«ो छ ।
यतिबेला भने चीन सरकारको मुख्य ध्यान नोबल कोरोना भाइरसको सङ्क्रमण रोकथाम नै बनेको छ । समयान्तरमा चीनले राष्ट्रिय र स्थानीय तहमा जनस्वास्थ्य अनुगमनमा ध्यान दिने प्रणालीको विकास गर्नेछ । ठूला सहरमा आकस्मिक व्यवस्थापनमा सुधार गर्नुपर्छ । चीनलाई यस्ता खालका जैविक चुनौतीबाट जोगाउनुपर्छ ।
(लेखक भारत, चीन र अमेरिका प्रतिष्ठान (संरा अमेरिका), साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठान (चीन) र युरोपेली सङ्घ केन्द्र (सिङ्गापुर) मा काम गरिसकेका डिफरेन्स ग्रुप सम्बद्ध हुनुहुन्छ ।)
स्रोत ः चाइना डेली
नेपाली अनुवाद ः अनिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *