अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
चौतर्फी दबाबपछि चीनको उहानमा रहेका नेपालीलाई नेपाल फर्काउने सरकारले निर्णय गरेको छ । नेपाल फर्किन चाहने विद्यार्थीले पेइचिङस्थित नेपाली राजदूतावासमा अनलाइन फारम भर्ने व्यवस्था गरिएको छ । आइतबारसम्म १८० जना नेपालीले स्वदेश फर्किन आवेदन फारम भरिसकेका छन् । भारतले ३२३ जना आफ्ना नागरिकलाई उहानबाट स्वदेश फर्काएपछि बल्ल नेपाल सरकार त्यो विषयमा गम्भीर बनेको देखियो ।
नत्र उहानमा रहेका नेपालीलाई ‘भगवान भरोसा’ मा छोडिएको थियो । सरकारले कुनै ठोस कदम चाल्ने सङ्केत देखाएको थिएन । उहानबाट आएका नेपालीलाई नेपालमा कहाँ राख्ने निक्र्योल हुन नसक्दा पनि नेपाल फर्काउने प्रतिक्रिया लम्बिएको देखिन्छ । सरकारले उताबाट आएका नेपालीलाई भरतपुर अस्पतालमा राख्ने तयारी गरेको बताइएको छ ।
उहानमा रहेका विद्यार्थीले धेरै दिनअघि नै आफ्नो कठिनाइबारे पेइचिङस्थित नेपाली राजदुतावासमा जानकारी गराएको र नेपालकै विभिन्न सञ्चारमाध्यमले त्यसबारे लगातार समाचार प्रकाशन गरेका थिए । उहानका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले स्वास्थ्यमन्त्री र परराष्ट्रमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए । तर, विषयको गम्भीरता न त पेइचिङ दूतावासले न सरकारले नै गम्भीरतापूर्वक लिन सकेको थियो । यसले नेपालको प्रशासनमा व्याप्त ढिलासुस्तीलाई उजागर गरेको छ ।
उहानबाट नेपाली फर्काउन सरकारले देखाएको हलुका प्रवृत्ति उहानबाट नेपाली नेपाल आएपछि दोहोरिए अवस्था भयावह हुनेछ । उहानबाट आउने नेपालीहरू रोग सङ्क्रमित भइसकेका होइनन् । तथापि सम्भावित क्षति रोक्न उनीहरूलाई निश्चित अवधि अलग राख्नुपर्ने हुन्छ । त्यसको निम्ति सरकारले उचित बन्दोबस्त गर्न नसके कोरोनाको महामारीले नेपाललाई पनि गाँज्न सक्ने र त्यो परिस्थितिमा नेपालको स्वास्थ्य प्रणालीले महामारी थाम्न सक्ने छैन । चीनले जुन तदारुताका साथ कोरोना भाइरसको प्रतिरोध गरिरहेको छ, त्यस्तो प्रतिरोध नेपालले गर्नसक्दैन ।
नेपालमा अधिकांश अस्पताल रोग उपचार केन्द्रभन्दा रोगको भण्डार बनेका छन् । अस्पतालको सरसफाइ र स्वच्छतामा अझै पनि अनगिन्ती समस्या छन् । ती समस्याबारे सरकार कहिल्यै पनि गम्भीर बन्न सकेन । कदाचित कुनै सङ्क्रामक रोग नेपाल प्रवेश गरे तिनलाई उचित रोकथाम गर्नसक्ने स्वास्थ्य प्रणाली नेपालले विकास गर्न सकेको छैन । विदेशीसमक्ष हात फैलाएकै भरमा देशको स्वास्थ्य प्रणाली चलिरहेको देखिन्छ । गर्मीमा फैलिएको डेङ्गुको सङ्क्रमण रोक्न सरकारले प्रभावकारी कदम चाल्न सकेको थिएन । भगवान भरोसे नीतिकै भरमा आजसम्मको स्वास्थ्य प्रणाली चलेको छ ।
राज्यले आजभोलिको मात्र सोचेर पुग्दैन, कालान्तरसम्मको चिन्तन गर्नसक्नुपर्छ । चीनजस्तो प्रभावकारी स्वास्थ्य प्रणाली भएको देशमा आज कोरोना भाइरसको सङ्क्रमणले १४ हजारभन्दा बढी मानिस सङ्क्रमित बन्नुपरेको छ । कोरोना वा अन्य कुनै त्यस्तै घातक रोग नेपालमा प्रवेश गरे रोकथामको लागि नेपाल सरकारले पूर्वाधार र जनशक्ति तयारी गर्नेबारे तयारीमा कहिल्यै ध्यान दिएको देखिएन । विकासको नाममा झूटा आश्वासन र सस्तो प्रचारबाजीमा रुमलिएको सरकार यस्ता विषयमा भने गम्भीर बन्न चुकिरहेको छ ।
Leave a Reply