भर्खरै :

विश्व क्यान्सर दिवस बढ्दै छ क्यान्सरका बिरामी

देविका दनेखू
काठमाडौँ, २० माघ । विश्वमा सन् २०१८ मा धेरै सङ्ख्यामा नयाँ क्यान्सर रोगीहरू देखिए । त्यसमध्ये ९६ लाखले ज्यान गुमाए । क्यान्सरका रोगीको सङ्ख्या यसरी नै बढ्दै गए सन् २०४० सम्ममा प्रत्येक वर्ष विश्वमा २ करोड ७० लाख नयाँ क्यान्सर बिरामीहरू देखिने अनुमान गरिएको छ ।
नेपालमा मात्र सन् २०१८ मा १३ हजार ९९७ जना नयाँ क्यान्सर रोगीहरू विभिन्न अस्पतालमा उपचारको लागि आएका देखिन्छन् । नेपालमा क्यान्सर रोगीहरूको दर्ता प्रणाली प्रभावकारी नभएकोले यकिन तथ्याङ्क भने उपलब्ध छैन ।

नेपालको सन्दर्भमा क्यान्सर रोगको उपचार गर्नुभन्दा रोकथामका गतिविधिलाई अझ प्रभावकारी बनाउन आवश्यक छ किनभने क्यान्सरको उपचार महँगो छ । पाठेघरको मुखको क्यान्सरलाई पूर्णरूपले रोकथाम गर्न सकिन्छ । प्रत्येक १–३ वर्षमा प्याप स्मेयर Pap smear) जाँच गरेर पाठेघरको मुखको (cervix) क्यान्सरबाट जोगिन सकिन्छ । त्यस्तैगरी अविवाहित किशोरीहरूलाई ज्एख् (HPV -Human Papilloma Virus) विरुद्धको खोप कार्यक्रमलाई सबै जिल्लामा लागू गरेर प्रभावकारी बनाउन सके पूर्णरूपमा रोकथाम गर्न सकिन्छ ।

फोक्सो र स्तन क्यान्सर विश्वमा पहिलो स्थानमा आउने क्यान्सर भए पनि नेपालमा भने पुरुषमा फोक्सोको क्यान्सर बढी देखिएको छ । त्यस्तै महिलामा पाठेघरको मुखको क्यान्सर बढी भएको पाइन्छ । नेपालमा बर्सेनि २० हजार क्यान्सर बिरामीले ज्यान गुमाउनु परेको छ । जबकि ३० प्रतिशत क्यान्सर निदान र उपचार गर्न सकेमा ३५ प्रतिशत क्यान्सर रोग पूर्णरूपमा निको पार्न सकिन्छ ।
नेपालको सन्दर्भमा क्यान्सर रोगको उपचार गर्नुभन्दा रोकथामका गतिविधिलाई अझ प्रभावकारी बनाउन आवश्यक छ किनभने क्यान्सरको उपचार महँगो छ । पाठेघरको मुखको क्यान्सरलाई पूर्णरूपले रोकथाम गर्न सकिन्छ । प्रत्येक १–३ वर्षमा प्याप स्मेयर Pap smear) जाँच गरेर पाठेघरको मुखको (cervix) क्यान्सरबाट जोगिन सकिन्छ । त्यस्तैगरी अविवाहित किशोरीहरूलाई ज्एख् (HPV -Human Papilloma Virus) विरुद्धको खोप कार्यक्रमलाई सबै जिल्लामा लागू गरेर प्रभावकारी बनाउन सके पूर्णरूपमा रोकथाम गर्न सकिन्छ । त्यस्तै गरी मद्यपान र धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले फोक्सोको क्यान्सरको साथै अन्य क्यान्सरको सम्भावना धेरै गुणा बढ्ने भएकोले यी पदार्थको सेवनलाई निरुत्साहित गर्नुपर्छ । स्तन क्यान्सरको रोकथामको लागि आफ्नो स्तन आफैँ जाँच गर्ने तरिकाको विषयमा महिलाहरूलाई जानकारी दिन सकेमा सुरुमै यसको पहिचान गर्न सकिन्छ ।
रगतको क्यान्सरका बिरामीहरूको सङ्ख्या पनि पछिल्लो समय निकै बढेको छ । हाम्रो दैनिक जीवनशैली र खानपानमा आएको परिवर्तन यसको कारण हुनसक्ने विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । पछिल्ला तथ्याङ्कअनुसार नेपालमा ७ सय जना ल्युकेमिया (Leukemia), २ सय जना लिम्फोमा  (Lymphoma), ७० जना मल्टिपल माइलोमा (Multiple Myeloma) का बिरामी देखापरेका छन् । रगतको क्यान्सर रोगका बिरामीको उपचार गर्ने अस्पताल नेपालमा एउटैमात्र निजामती कर्मचारी अस्पताल भएकोले धेरै बिरामी छिमेकी मुलुकमा महँगो खर्च गरेर उपचार गर्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *