भर्खरै :

क्यान्सर रोगीलाई निःशुल्क उपचार आवश्यक

नेपालमा क्यान्सरका बिरामीको सङ्ख्या बढिरहेको छ । त्यसकारण धूमपान, मद्यपान, सुर्तीजन्य पदार्थको सेवन, खानेकुरामा विषादि आदि कारणले क्यान्सर रोगी बढ्नुका मूल कारण हुन् । तरकारीमा अत्याधिक विषादि प्रयोग हुनु र अखाद्य मिसावटले पनि क्यान्सर हुने गर्छ । इन्जेक्सन गरिएका खानेकुराको सेवन पनि क्यान्सरको कारण हो ।
हिजोभन्दा नेपालीको औसत आयु पनि बढेको छ । स्वास्थ्य परीक्षण गराउने र क्यान्सरबारे जानकारी बढेको हुनाले पनि क्यान्सरको रोगी बढेको देखिएको हो । हामीसँग हिजो क्यान्सरको परीक्षण गर्ने प्रविधि थिएन । त्यसकारण आफूलाई क्यान्सर भएको मानिसले थाहा पाउँदैनथे ।

  • आजभोलि मानिसको जीवनचर्या पनि क्यान्सरको एउटा कारण हो । नियमित व्यायाम गर्नुभन्दा अधिकांश मानिस वाईफाईमा निमग्न हुने गरेका छन् । सामाजिक सञ्जालमा समय बढी बिताउने गरेका छन् । वातावरणमा प्रदूषण क्यान्सरको अर्को कारण हो । नेपालमा क्यान्सर पीडितमध्ये महिलालाई मुख्यतः पाठेघरको मुख र स्तनको क्यान्सर हुने गरेको छ । पुरुषलाई फोक्सो, ठूलो आन्द्रा र पेटको क्यान्सर हुने गरेको छ । बच्चाहरूलाई रगत र लिम्फोको क्यान्सर हुने गरेको छ ।

आजभोलि मानिसको जीवनचर्या पनि क्यान्सरको एउटा कारण हो । नियमित व्यायाम गर्नुभन्दा अधिकांश मानिस वाईफाईमा निमग्न हुने गरेका छन् । सामाजिक सञ्जालमा समय बढी बिताउने गरेका छन् । वातावरणमा प्रदूषण क्यान्सरको अर्को कारण हो ।
नेपालमा क्यान्सर पीडितमध्ये महिलालाई मुख्यतः पाठेघरको मुख र स्तनको क्यान्सर हुने गरेको छ । पुरुषलाई फोक्सो, ठूलो आन्द्रा र पेटको क्यान्सर हुने गरेको छ । बच्चाहरूलाई रगत र लिम्फोको क्यान्सर हुने गरेको छ ।
संसारमा वार्षिक झन्डै ९९ लाख मानिस क्यान्सरको कारण मृत्युवरण गर्छन् । तीमध्ये एकतिहाइलाई जनचेतना र उपचारमार्फत जोगाउन सकिन्छ अर्थात् ३३ लाख मानिसलाई हामी क्यान्सरको मुखबाट निकाल्न सक्छौँ । त्यसको लागि मूलतः स्वास्थ्यप्रतिको चेतना र स्वस्थ जीवनचर्या नै अपरिहार्य छ ।
क्यान्सरबाट जोगिन मूलतः धूमपान, मद्यपान, पोलेको मासु सेवन, रसायन प्रयोग भएका खानेकुरा खान बन्द गर्नुपर्छ ।
क्यान्सर वंशानुगत रोग पनि भएकोले आफ्नो परिवारको कोही व्यक्ति क्यान्सर रोगी थियो भने तिनका छोराछोरीले विशेषतः स्वास्थ्यको ख्याल गर्न जरुरी छ ।
भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ । भक्तपुर क्यान्सर अस्पतालमा सन् २०१८ मा ३२ सयमा मानिस क्यान्सरबाट पीडित थिए भने सन् २०१९ मा त्यो सङ्ख्या बढेर ३४ सय पुगेको छ । सन् २०१८ मा ६८ हजार मानिस परीक्षणको लागि आएका थिए भने सन् २०१९ मा ८१ हजार मानिसले अस्पतालबाट सेवा लिएका छन् ।
सरकारले क्यान्सरको बिरामीलाई एक लाख सहयोग गर्ने गरेको छ । केही मानिस सरकारले दिने यो रकम बढाउनुपर्ने माग गरिरहेका छन् । मेरो विचारमा यसरी पैसा दिनुमात्र समस्याको समाधान होइन । एक लाख पैसा त त्यत्तिकै सकिन्छ । ३–४ लाख दिएर पनि त्यस्तै हुन्छ । मुख्य कुरा सरकारले सात वटै प्रदेशमा क्यान्सर सेन्टर स्थापना गरेर क्यान्सरका बिरामीको निःशुल्क सेवाको बन्दोबस्त गर्न सक्नुपर्छ । सरकारले चाहे यो गर्न सम्भव छ ।
भक्तपुर क्यान्सर अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको तलब तथा आवश्यक पूर्वाधार बन्दोबस्त सरकारबाट गर्छ भने निःशुल्क सेवा दिन तयार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *