भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, २० माघ । भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले क्षति पु¥याएको प्रसिद्ध ङातापोल मन्दिरको जीर्णोद्धार ६५ लाख १३ हजार ३५८ रूपैयाँको लगत इस्टिमेट तयार गरी जीर्णोद्धार सुरू गरिएको छ । नेपालकै अग्लो विश्व प्रसिद्ध ङातापोल (पाँचतले) मन्दिर जीर्णोद्धारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नेपाल भूकम्पीय जोखिमको हिसाबले ११ औँ स्थानमा रहेकोले जीर्णोद्धार र पुनःनिर्माणमा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने प्रविधि समेट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले जोड दिनुभयो, “सम्पदा जीर्णोद्धार र पुनःनिर्माणमा मौलिक प्रविधि र सामग्रीलाई बिर्सनु हुँदैन । पाँचतले मन्दिरको चिरा परेको ठाउँमा सिमेन्ट प्रयोग गरिएको सच्याउनुपर्छ ।”
उहाँले भन्नुभयो, “हावापानी र घामले पनि सम्पदाको आयु घटाउँछ । यसकारण समय–समयमा सम्पदाको जीर्णोद्धार र पुनःनिर्माण आवश्यक छ । सम्पदा संरक्षणको लागि स्रोतको व्यवस्था छ । स्रोत जग्गा र कुटको रूपमा रहेको छ । यसको अभिलेख गुठी संस्थान र पुरातत्व विभागमा हुनुपर्छ । गुठी जग्गा रैतानी गरिएको भए रकम हुनुपर्छ । स्रोत सार्वजनिक गर्नु आवश्यक छ ।”
मन्दिरमा काठको संरचना मानिसको शरीरमा हड्डीजस्तै हुने उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, “भैरवनाथको रथ दुईतिरबाट तान्दा नबिग्रिने गरी बनाइन्छ । त्यसरी नै पाँचतले मन्दिरको निर्माण गरिएको हुुँदा भूकम्पमा पाँचतले मन्दिर सुरक्षित रहेको हो । यसतर्फ सरोकारवालाले ध्यान दिनु आवश्यक छ ।”
जीर्णोद्धार र पुनःनिर्माण गर्दा गुणस्तरीय निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले स्थानीय जनताको उपभोक्ता समितिमार्फत जीर्णोद्धार गरिए गुणस्तरीय सामग्री राखिने र मौलिक प्रविधि र सामग्री पनि समेटिने छ भन्नुभयो ।
उहाँले जानकारी दिनुभयो, “पाँचतले मन्दिरको पाँच तला पेटी ५४ दिन र पूरै मन्दिर ६ महिनामा तयार भएको नयाँ पुस्ताको लागि उत्साह र गौरवको विषय हो । अहिले कुनै योजना सुरू गर्न डीपीआर, ड्रइङ, लईको लागि ५–६ वर्ष लाग्छ ।”
माटोमा मास र चाकु मिसाएर बलियो बनाउने पुरानो प्रविधिलाई उपयोग गर्नुपर्ने र स्थानीय सिकर्मी र डकर्मीसँग परामर्श गरी जीर्णोद्धार कार्य अगाडि बढाउनुपर्ने आवश्यकता सांसद सुवालले औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “सम्पदा जीर्णोद्धारको लागि २१–२५ फिटको काठको अभाव भइरहेको छ । सरकारी निकायले समयमा आवश्यक काठ सहुलियत मोलमा सुलभ गरिदिनु आवश्यक छ । मन्त्रालयका केही सचिवहरू सम्पदाबारे जानकारी नभएको भनी पन्छिएका छन् ।
“वास्तुकलाको भौतिकवादी व्याख्या आवश्यक छ । मानिसको दुःख हरण गर्ने दैवी शक्तिको रूपमा मान्नु अन्धविश्वास नै हो । सरकारी अङ्गमा बसेकाहरूले इमानदारीपूर्वक काम गरेमा मानिसको दुःख हरण हुनेछ ।”, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल
बाँकी पृष्ठ २ मा
विश्व प्रसिद्ध…
प्रजापतिले सन् १७०२ मा राजा भूपतीन्द्र मल्लको पालामा निर्मित ङातापोल मन्दिर ३१७ वर्षसम्म पनि जस्ताको तस्तै रहनु उत्कृष्ट प्रविधिको प्रमाण हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाले मौलिक प्रविधिलाई जोड दिंदै मौलिक स्वरूपमै जीर्णोद्धार गर्ने र मन्दिरमा अवस्थित हरेक वस्तुको क्षतिबारे अध्ययन र अनुसन्धान गर्दै सुरक्षित अभिलेखीकरण गरिरहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले ऐतिहासिक र पुरातात्विक सम्पदाहरूको पुनःनिर्माण वा जीर्णोद्धारको कार्य साधारण जनतालाई जानकारी गराई आवश्यक राय–सुझाव सङ्कलन र छलफलको आवश्यकता औँल्याउनुभयो । सांस्कृतिक सम्पदाहरूको मौलिक नाम संरक्षण गर्नुपर्ने बताउँदै प्रदेश सदस्य गोसाईले ङातापोल मन्दिर जीर्णोद्धारमा कुनै किसिमको कमी हुन नदिन विज्ञ र प्राविधिकहरूको सुझाव आवश्यक छ भन्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले सम्पदा संरक्षणको कार्य नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने विचार व्यक्त गर्दै सम्पदा संरक्षणलाई विशेष महत्व दिई भक्तपुर नगरपालिकाले विज्ञहरूको सल्लाह र सुझावलाई मनन गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
प्राध्यापक सुदर्शनराज तिवारीले प्राचीन प्रविधि र सामग्री उपलब्ध भएसम्म त्यसैको प्रयोग गर्नुपर्नेमा जोड दिँदै आधुनिक सामग्री प्रयोगको नाउँमा मन्दिरको छानामा जर्मन प्रोजेक्टले तार्र्पेत राख्ने काम सुरू गरेपछि धेरै सम्पदाहरूको बेहाल भएको जानकारी दिनुभयो ।
“भनपाले ५५ झ्याले दरबारको जीर्णोद्धार गरेर नमुना काम गरेको छ । पाँचतले मन्दिर र ५५ झ्याले दरबारमा तत्काल उपलब्ध सबै खालका प्रविधि र वस्तु प्रयोग भएको छ”, उहाँले भन्नुभयो ।
पूर्वनिर्देशक विष्णुराज कार्कीले ङातापोलमा राखिएका टुँडालहरूको अध्ययन गराउनुपर्ने, अमूर्त सम्पदाहरूलाई जोगाउनुपर्ने, भक्तपुर नपाबाट निर्माण सम्पन्न सम्पदा संरक्षणबारे प्रतिवेदन तयार गर्नुपर्ने, ङातापोलको गारो र अन्य विषयबारे प्राविधिक अध्ययन गराउनुपर्नेमा जोड दिनुभयो ।
संरक्षणविद् ई. भरत शर्माले आफ्नो मौलिक प्रविधि छोडेर अरूको सहयोग माग्न नहुने बताउँदै पुनःनिर्माण उपभोक्ता समितिमार्फत निर्माण कार्य गर्नु उदाहरणीय छ भन्नुभयो । उहाँले सम्पदाहरूलाई जीवन्तता दिने विज्ञहरूको सुझाव लिई कार्य अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले भक्तपुरको मन्दिरको प्रोफाइल बनाउनुपर्ने चर्चा गर्दै मन्दिर सञ्चालनका लागि आर्थिक व्यवस्था गर्नुपर्ने र मन्दिरहरूको मौलिक नामहरू परिवर्तन गर्न नहुने बताउनुभयो ।
प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले ङातापोलको तल्लो तलामा चिरा परेको बारे अध्ययन हुनुपर्ने र ङातापोल मन्दिरको बेलाबखतमा संरक्षण र संवद्र्धन हुनुपर्ने बताउनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले मन्दिरमा कार्य गर्ने कामदारको सुरक्षालाई विशेष ध्यान दिई हेल्मेट, लुगा, जुत्ता, बेल्टको प्रयोग अनिवार्य गर्नुपर्ने बताउँदै मर्मत सम्भारको क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराउन नहुने तथा सम्भावित चोरीलाई रोक्न सीसीटीभी क्यामेरा जडान गरी सुरक्षा व्यवस्थापन गर्नुपर्ने जानकारी दिनुभयो ।
गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंका सहायक प्रशासक हरिप्रसाद सुवेदीले भक्तपुरका अमूर्त सम्पदाहरूमा पनि नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिँदै सांस्कृतिक सम्पदाहरूमा प्रयोग गरिएका काठहरू बलियो रहेको बताउनुभयो ।
दरबार हेरचाह कार्यालयका पुरातत्व अधिकृत मोहनसिंह लामाले विश्व प्रसिद्ध मन्दिर जीर्णोद्धार कार्यको स्थलगत अध्ययन गरी आवश्यक सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको सो कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका आ.ई. रविना शिल्पकारले ङातापोल मन्दिरबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
Leave a Reply