अन्तर्राष्ट्रिय युवा दिवस र भदौ ९ (कालो दिन) को सम्झना
- भाद्र ८, २०८३
अफ्रिका अफ्रिकीहरूको आफ्नो बनाउनको निम्ति इतिहासमा थुप्रै लडाइँहरू भए । उपनिवेशवाद र साम्राज्यवादले दश नङ्ग्रा गाडेको अफ्रिकी महादेशमा सङ्घर्षका थुप्रै आँधीबेहरी उठे । अफ्रिकाको स्वतन्त्रताको निम्ति थुप्रै स्वतन्त्रता सेनानीहरूले आफ्नो प्राण पनि अर्पे । अफ्रिकी जनताको मुक्तिको निम्ति शोषण र दमनको सिलसिलाविरुद्ध थुप्रै – थुप्रै क्रान्तिकारी अफ्रिकी युवाहरूले रगत बगाए । अफ्रिकाको इतिहास भन्छ – स्वतन्त्रता र मुक्तिको निम्ति लड्नुको विकल्प छैन । अफ्रिकाको इतिहासबाट नेपाली समाजले सिक्न आवश्यक छ ।
चरम गरिबी, अभाव, रङ्गभेद, जातीत्ेद, आर्थिक असमानता के हो अफ्रिकीहरूलाई राम्रो अनुभव छ । त्यही असमानता, विभेद र शोषणविरुद्ध अफ्रिकी जनता जागी उठे । त्यसबीचबाट कयौँ क्रान्तिकारी कार्यकर्ता तथा नेताहरू तयार भए । तीमध्ये सम्झनै पर्ने एउटा नाम हो – क्रिस हानी । अफ्रिकामा उपनिवेशवाद र साम्राज्यवादविरूद्ध उठेका प्रत्येक लहरहरूबाट नेपाली समाज र राजनीतिक वृत्तले शिक्षा हासिल गर्न सके श्रेयस्कर हुन्छ । किनभने, यतिबेला नेपाल साम्राज्यवादी हस्तक्षेप र नवउपनिवेशवादी ज्यादती सामना गर्दै छ ।
प्राकृतिक स्रोत र मूल्यवान् खनिजहरूको भण्डारका रूपमा रहेको अफ्रिकी महादेशका देशहरूमा युरोपेली उपनिवेशवादी र पश्चिमा साम्राज्यवादी देशहरूले आज पनि लुट मच्चाइरहेकै छन् । अफ्रिका मानिसको जन्मथलो मानिन्छ । मानव सभ्यताको सुरुआत अफ्रिकाको माटोबाटै भएको मानव इतिहासका अन्वेषकहरू बताउँछन् । त्यही मानिसको उद्गमस्थलमा कुनैबेला दास व्यापार हुन्थ्यो । मानिसको पशुतुल्य किनबेच हुन्थ्यो । पुस्तकको भूमिकामा नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ लेख्नुहुन्छ – “पश्चिमा साम्राज्यवादको समृद्धि अफ्रिकी जनताको रगत र पसिनाले बनेको हो ।” अफ्रिकी दासहरू अमेरिकी साम्राज्यवादको प्रमुख श्रमशक्ति थिए ।
त्यसकारण, पत्रकार समाज नेपालद्वारा केही समय अगाडि प्रकाशित पुस्तक ‘अफ्रिकी क्रान्तिकारी नेता क्रिस हानी’ को सङ्क्षिप्त जीवनीको चर्चा सान्दर्भिक होला । त्यसो त नेपाली साहित्य जगतमा अफ्रिका र अफ्रिकी नेताहरूको विषयमा निकै कममात्र पुस्तकहरू छापिएका छन् । यो पुस्तक नेपाली साहित्य जगतमा एउटा उपहार सिद्ध हुनेमा सन्देह नहोला ।
पुस्तकले क्रिस हानीको जीवनचर्चासँगै अफ्रिकाको भूगोल, इतिहास, सामाजिक अवस्थिति अफ्रिकी जनताको सांस्कृतिक अवस्था, राजनीति र अर्थतन्त्रबारे जानकारी दिएको छ ।
प्राकृतिक स्रोत र मूल्यवान् खनिजहरूको भण्डारका रूपमा रहेको अफ्रिकी महादेशका देशहरूमा युरोपेली उपनिवेशवादी र पश्चिमा साम्राज्यवादी देशहरूले आज पनि लुट मच्चाइरहेकै छन् । अफ्रिका मानिसको जन्मथलो मानिन्छ । मानव सभ्यताको सुरुआत अफ्रिकाको माटोबाटै भएको मानव इतिहासका अन्वेषकहरू बताउँछन् । त्यही मानिसको उद्गमस्थलमा कुनैबेला दास व्यापार हुन्थ्यो । मानिसको पशुतुल्य किनबेच हुन्थ्यो । पुस्तकको भूमिकामा नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ लेख्नुहुन्छ – “पश्चिमा साम्राज्यवादको समृद्धि अफ्रिकी जनताको रगत र पसिनाले बनेको हो ।” अफ्रिकी दासहरू अमेरिकी साम्राज्यवादको प्रमुख श्रमशक्ति थिए ।
अफ्रिकीहरूमाथि उपनिवेशवादीहरूले गरेका अन्याय, अत्याचार, दमन र लुटविरुद्ध आन्दोलनको महत्वबारे अफ्रिकी जनता पनि जागरूक बन्दै गए । अफ्रिकाका थुपै्र देश र ठाउँहरूमा स्वतन्त्रता र मुक्तिका निम्ति सङ्घर्ष सुरु भयो । वर्गीय मुक्तिका निम्ति आन्दोलनको अगुवाइ भयो । दोस्रो विश्वयुद्धपछि भने अफ्रिकी महादेश उपनिवेशवादविरोधी स्वतन्त्रता आन्दोलनले गति प्राप्त ग¥यो भन्ने जानकारी पुस्तकबाट मिल्छ ।
अफ्रिकाको रङ्गभेदविरोधी आन्दोलन, वर्गीय मुक्ति आन्दोलन र उपनिवेशवादविरोधी आन्दोलन, यी सबै मातृभूमि स्वतन्त्रता सङ्ग्रामको रूपमा अगाडि बढ्यो । स्वतन्त्रता सङ्ग्रामीहरूको बलिदानी र समर्पणभावकै कारण स्वतन्त्रता आन्दोलन सफलतामा टुङ्गियो । क्रिस हानी तीमध्ये एक हुन् । उनी शान्तिका पक्षपाती थिए । उनी भन्थे – “यदि तिमी शान्ति चाहन्छौ भने तिमीले सामाजिक न्यायको निम्ति लड्नैपर्छ ।” क्रिस हानी उपनिवेशवादविरोधी लडाइँ सँगसँगै अफ्रिकामा समाजवादी आन्दोलनलाई अगाडि बढाउन चाहने युवा नेतामध्ये एक थिए । उनी भन्थे – “समाजवाद अत्यन्त गहु्रङ्गो र जटिल सिद्धान्त होइन । समाजवादले घरबारविहीनका लागि आवासको कुरा गर्छ । यसले तिर्खाएकाहरूको निम्ति स्वच्छ पानी प्रदान गर्छ । यो स्वास्थ्य उपचार र ज्येष्ठ नागरिकको गौरवपूर्ण जीवनका निमित्त हो । गाउँ र सहरबीचको ठूलो भेद हटाउने कुरा यसले गर्छ । सबैका लागि सुलभ शिक्षा र किसानहरूको बजारको पक्ष समाजवादले लिन्छ । अर्थतन्त्र मुठ्ठीभर मान्छेको हातमा रहन्न ।” क्रिस हानी सोभियत समाजवादबाट अत्यन्त प्रभावित थिए । अफ्रिकाको कम्युनिस्ट आन्दोलनमा क्रिस हानीको योगदान उल्लेखनीय छ ।
नयाँ युग र दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको विचारप्रधान पत्रिका ‘अफ्रिकी कम्युनिस्ट’ बारे हानी कलेजमा छलफल चलाउँथे । पत्रिकाले जनपक्षीय र चेतनामूलक लेखरचना छाप्थ्यो । टा«न्सकेई गाउँलाई ‘फरक विकासको नमुना’ बनाउने नाउँमा किसानलाई भूमिको स्वामित्वबाट वञ्चित गर्न खोजिँदा कम्युनिस्ट पत्रकार गोभान् एम्बेकीले कलममार्पmत लडेका थिए ।
सन् १९५६ को अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका सदस्य र समर्थकको गिरफ्तारीसम्बन्धी कानुनी सङ्घर्ष, सन् १९५७ को अलेक्सान्द्र बस बहिष्कार आन्दोलन, सन् १९५७ को बेथल कृषि मजदुर काण्डले पनि स्वतन्त्रता आन्दोलनलाई सघायो । ती सङ्घर्षहरूबारे लेख्ने जनपक्षीय लेखकहरूले साँचो अर्थमा आन्दोलनलाई सघाए ।
माक्र्सवाद र साम्यवादी सिद्धान्तको गम्भीर अध्ययनले हानीको उद्देश्य र विचारमा परिपक्वता ल्याएको प्रसङ्ग पुस्तकले प्रस्तुत गर्छ ।
सन् १९६० मार्च २१ मा सार्पीभिल्ले र लाङ्गामा भएको नरसंहार, प्रधानमन्त्री भिर्वोरेडले पैmलाएको श्वेत आतङ्क, राष्ट्रिय काङग्रेसमाथि भिर्बोरेडको प्रतिबन्धको प्रतिरोधमा हानीको भूमिकाबारे उल्लेख छ । सन् १९६१ डिसेम्बर १६ मा काङ्ग्रेसको सशस्त्र दस्ता एमके (ःप्) गठन भयो । हानी एमकेको सैनिक नियम असाध्यै मन पराउँथे । नियममा लेखिएको थियो – “एमके जनताको युद्ध लड्दै गरेको जनताको सेना हो । यसमा हाम्रा जनताका सबभन्दा उत्पीडित, सबभन्दा शोषितका छोराछोरी समावेश छन् । यसकारण हामी गौरव र निष्ठाका साथ दाबी गर्छौँ, एमके देशको हतियार हो ।”
केपटाउनमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको सङ्गठन र स्वतन्त्रता आन्दोलनबारे मिहिन चर्चा पुस्तकमा छ । विद्यार्थी र युवाहरूलाई सङ्घर्षका लागि तालिमको सन्दर्भदेखि पश्चिमी केपटाउनको क्षेत्रीय समितिको माथिल्लो गोप्य समितिमा हानीको निर्वाचनसम्मको सन्दर्भ पुस्तकमा प्रस्तुत छ । जाम्बियामा हानीको प्रवासदेखि सोभियत सङ्घसम्मको यात्राबारे उल्लेख छ । रुसमा रुसीहरूको व्यवहार र समाज देखेर उनी समाजवादी व्यवस्थाप्रति दृढनिश्चयी बनेको जिकिर गर्छिन् लेखिका सुशिला । त्यतिबेला हानी कम्युनिस्ट पार्टीको सदस्य बनिसकेका थिए ।
बोत्सवाना अर्धसैनिक बलसामु आत्मसमर्पणबाट हानी नेतृत्वको टोलीले धोका पायो । परिणामतः उनले गाबोरोन कारागारको जीवन बिताउनुप¥यो । वान्के हमलाको असफलताका कारण केलाई भावी योजनाबारे चिन्तन गरेका हानीले काङ्ग्रेसलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रकै कारण उनी उपेक्षित हुनुपरेको तथ्य पुस्तकले उजागर गर्दछ ।
मोरोगोरो सम्मेलनमा हानीको स्थान र भूमिका, लेसोथोबाट हानीको भूमिगत गतिविधिबारे चर्चा पठनीय छ । दक्षिण अफ्रिकामा मन्डेलापछिका लोकप्रिय नेता क्रिस हानी हुन् भन्ने थुप्रै दृष्टान्त पुस्तकले प्रस्तुत गर्दछ । मित्रमात्र होइन कैदीहरू, शत्रुहरूसँग पनि नम्र व्यवहार गर्ने धैर्य, असल विश्लेषक र आमूल परिवर्तनका पक्षपाती हानीको व्यक्तित्वबाट सिक्न आवश्यक छ । कम्युनिस्ट पार्टीका महासचिव बनेका हानीले जनताको मन जित्न सफल रहे । दक्षिण अफ्रिकाको कम्युनिस्ट आन्दोलनको जटिलता, रङ्गभेदविरोधी र वर्गीय मुक्ति आन्दोलनमा दक्षिणपन्थीहरूको हमलाहरू र त्यसको सामना हानीको जीवनीले बताउँछ । दक्षिणपन्थीहरूले नै तयार पारेका जानुज वालुसले लामो तयारीपश्चात् हानीको गोली हानी हत्या गरे । सन् १९९४ अप्रिल १० का दिन सदाका लागि उनी बिदा भए । अफ्रिकी राष्ट्रिय काङ्ग्रेसद्वारा जारी गरेको वक्तव्यको भनाइ पुस्तकमा उद्धृत छ – “मुक्ति सङ्घर्ष र जातिवादविरुद्धको प्रतिरोधप्रति अतुलनीय प्रतिबद्धता भएकै कारण रङ्गभेदी शासनका मतियारहरूले कामरेड क्रिस हानीको हत्या गरेका छन् । दक्षिण अफ्रिकामा प्रजातन्त्र र स्वतन्त्रता स्थापनाको सङ्घर्षमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने व्यक्तित्व क्रिस हानीप्रति श्रद्धा व्यक्त गर्दै राष्ट्रिय काङ्ग्रेस आफ्नो झन्डा झुकाउँछ ।” राष्ट्रिय काङ्ग्रेसले हानीको हत्यालाई ‘अक्षम्य अपराध’ को संज्ञा दियो ।
यो पुस्तकले अफ्रिकाको उपनिवेशवाद तथा साम्राज्यवादविरोधी सङ्घर्ष र तिनका नायकबारे राम्रो जानकारी दिने हुनाले नेपाली पाठकको निम्ति यो राम्रो पाठ्यसामग्री साबित हुने विश्वास छ ।
Leave a Reply