वर्तमान सरकारबारे उसैलाई बोल्न देऔँ
- भाद्र ८, २०८३
नेकाको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्षसमेत भएका एक विवादास्पद व्यक्ति शङ्कर शर्मा सन् २००२ मा नेपालको तर्फबाट अमेरिकाको निम्ति राजदूत थिए । योजना आयोगमा रहँदा उनले गरेका अनेक ऐन–कानुनविरोधी गतिविधिहरूबारे ‘आधार’ साप्ताहिकले तीन अङ्कसम्म खुलासा गरेको थियो ।
सन् २००२ मा अमेरिकाको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ मा नेपालले हस्ताक्षर ग¥यो । नेकाको शेरबहादुर देउवा सरकारमा अर्थमन्त्री भएका ज्ञानेन्द्रबहादुर कार्कीले पनि अमेरिकाको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ मा सन् २०१२ मा हस्ताक्षर गरेको खुलासा गरे । तर, उनले त्यस सम्झौताबारे व्यापक कुरा बताउनुभन्दा पनि ५ वर्षमा ५० मिलियन डलर संरा अमेरिकाले दिने र त्यसको नेपाली रूपैयाँ ५५ अर्ब हुनेमात्र बताए ।
चिनियाँ राष्ट्रपति सि चिनफिङको २४ असोज २०७६ अर्थात् (११ अक्टोबर २०१९ मा) नेपाल भ्रमण हुँदै थियो, त्यसैक्रममा असोज २० गतेको मन्त्रीपरिषद्को बैठकले नेपाल र चीनको सुपुर्दगी सन्धि अनुमोदन गरेको थियो । तर, २३ असोजको दिन अमेरिकी संसद्को विदेश मामिला समितिले चीनसँग सुपुर्दगी सन्धि नगर्न एक पत्रमार्फत ‘चेतावनीपूर्ण सन्देश’ दियो र असोज २३ गते नै मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रतिकूल परिस्थिति उत्पन्न भएकोले यसपटक चीनसँग सुपुर्दगी सन्धि नहुने अनपेक्षित जानकारी दिएको’ समाचार प्रकाशित भयो । ‘जुन पत्रले रोक्यो सुपुर्दगी सन्धि’ शीर्षकमा कान्तिपुर दैनिकले १५ माघ २०७६ अर्थात् २९ जनवरी २०२० मा खुलासा ग¥यो । संरा अमेरिकाले एसियामाथि गिद्दे दृष्टिकोण राखेको यसबाट पनि पुष्टि हुन्छ ।
सन् २०१९ मा ओली सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसमा हस्ताक्षर गरेका थिए । यसरी सार्क, बिम्स्टेक हुँदै ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ भन्दै नेपाललाई ‘हिन्द प्रशान्त रणनीतिक सैन्य गठबन्धन’ मा पु¥याउने योजना बनाइयो ।
चिनियाँ राष्ट्रपति सि चिनफिङको २४ असोज २०७६ अर्थात् (११ अक्टोबर २०१९ मा) नेपाल भ्रमण हुँदै थियो, त्यसैक्रममा असोज २० गतेको मन्त्रीपरिषद्को बैठकले नेपाल र चीनको सुपुर्दगी सन्धि अनुमोदन गरेको थियो । तर, २३ असोजको दिन अमेरिकी संसद्को विदेश मामिला समितिले चीनसँग सुपुर्दगी सन्धि नगर्न एक पत्रमार्फत ‘चेतावनीपूर्ण सन्देश’ दियो र असोज २३ गते नै मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रतिकूल परिस्थिति उत्पन्न भएकोले यसपटक चीनसँग सुपुर्दगी सन्धि नहुने अनपेक्षित जानकारी दिएको’ समाचार प्रकाशित भयो । ‘जुन पत्रले रोक्यो सुपुर्दगी सन्धि’ शीर्षकमा कान्तिपुर दैनिकले १५ माघ २०७६ अर्थात् २९ जनवरी २०२० मा खुलासा ग¥यो । संरा अमेरिकाले एसियामाथि गिद्दे दृष्टिकोण राखेको यसबाट पनि पुष्टि हुन्छ ।
यस अर्थमा भन्नैपर्छ – सत्ता भनेको निर्वाचित सरकारमात्रै होइन – बरु देशभक्तहरूको सिंहदरबार र त्यही भावनाको सेना, प्रहरी र गुप्तचर विभाग पनि हो ।
नातागोता र व्यक्तिगत स्वार्थ त्यागौँ
आइतबार १९ माघ २०७६ को ‘नेपाल’ साप्ताहिकले मुखपृष्ठमै लेख्यो– “स्वेच्छाचारी सेनापति, सेनाभित्र व्यापक सुधारको खाँचो औँल्याउने पूर्णचन्द्र थापा स्वयम् सुधारका बाधक ।”
सेनाको बारेमा साधारण जनता कहिलेकाहीँ एक जना सिपाही भर्ना गर्न पनि लाखौँ रूपैयाँ घूस दिनुपर्ने अविश्वसनीय समाचार सुनाउँथे । तर, माथिल्लो स्तरमा समेत आपसी बेमेलका कारण अनेक अनियमितताका विषयमा जनताले सुन्नपर्ने स्थिति सिर्जना भइरहेको अनुभव हुन्छ ।
स्वाभाविक विषय हो, शान्ति सेना, प्रमोसन, अनेक क्षेत्रमा अवसर पाउनेबारे असन्तोषहरू बाहिर आउने गर्छन् । तर, देश विदेशका क्रान्ति, लडाइँ र साम्राज्यवादी देशको अन्यायी आक्रमणका बारेमा राम्रो शिक्षा दिएको सुनिँदैन । सेनाको अर्थ देश रक्षाको भावनाबाट प्रेरित शक्ति हुने गर्छ, युगअनुसारको भावना त्यस शक्तिमा भएन भने एकातिर त्यो शक्तिको आत्मा (भावना) मा स्वार्थको कारण भित्रभित्रै खिया लागेको हुन्छ, अर्कोतिर कामै नलाग्ने त्यो शक्ति र हतियारको विकल्पमा जानुपर्ने परिस्थिति तयार हुनेगर्छ । यदि समयमै सेनाभित्र प्रगतिशील परिवर्तन भएन भने ‘शत्रु देश’ ले प्रमोसन, उमेरको किचलो, नागरिकता र नक्कली प्रमाणपत्रजस्ता स–साना नातागोताको स्वार्थको प्वालमा बारूद राख्ने अवसर पाउनेछन् ।
चाणक्य राजनीतिमा पनि पद र पैसाकै कारण आपसमा भिडाई सत्ता परिवर्तन गरिएका घटनाहरूबारे सबै जानकार छन् । सेना, प्रहरी, प्रशासन र गुप्तचर विभागमा शत्रु नपसेको भए न इराक हार्ने थियो, न त लिबिया नै । इरानको सेना र गुप्तचर विभागमा समेत कमी–कमजोरी नभएको भए एक माथिल्ला सेना नायकको कार्यक्रम, यात्राको समय तथा वाहनबारे थाहा हुने थिएन न त ड्रोनबाट मारिनुपर्ने नै थियो । त्यस्तै सद्दाम हुसेन र कर्णेल गद्दाफी पनि सीआईएबाट मारिने थिएनन् । आफ्नो प्रमोसन, पद र पैसाको निम्ति सेनाभित्र हुने किचलो सा¥है नसुहाउने कुरा हो । शत्रुलाई हसाउने यस्तो काम गर्नु मनासिब छैन । स्वार्थको भाइरसलाई समयमै निर्मूल पानुपर्छ ।
Leave a Reply