अन्तर्राष्ट्रिय युवा दिवस र भदौ ९ (कालो दिन) को सम्झना
- भाद्र ८, २०८३
क्रिश्चिना
२०४० सालतिरको कुरा हो । काठमाडौँ नयाँ सडकको दमकल (वारूणयन्त्र) कै लाममा शाह परिवारका एक दम्पतिसँग भेट भयो । झण्डै ६०–६५ वर्षका शाहको भनाइ थियो – “हामी माथिल्ला परिवारका केही केटाहरू सन् १९१७ को रूसी अक्टोबर समाजवादी क्रान्तिबाट प्रभावित थियौँ । त्यसबेला अङ्ग्रेजी भाषाका स–साना पुस्तिकाहरू पढ्थ्यौँ – पुँजीवादी क्रान्ति, पुँजीवादी र समाजवादी व्यवस्था, रूसी समाजवादी क्रान्ति, सोभियत सङ्घको संविधान आदिबारे ।”
चिया खाँदै एक नेवार परिवारको पुरानो शैलीको कोठामा शाहजीले आफ्नो अनुभव बताए, “पूर्वी नेपाल, तराई र पश्चिम नेपालमा क्रान्ति भएको समाचार सुनेर हामी केटाहरू आ–आफ्ना घरको बन्दूक लिएर बिहान सबेरै भक्तपुर नगरकोट पुग्यौँ । दुई दिन हिँडेर हामी सिन्धुपाल्चोकतिर पुग्यौँ । राती हामीले गाउँका जनतालाई जम्मा पारेर रूसी क्रान्तिबारे बतायौँ र नेपालमा पनि त्यस्तै क्रान्ति गर्न आह्वान ग¥र्यौँ ।
भोलिपल्ट बिहानै हामी हिँड्यौँ । गाउँका स्थानीयसँग सोध्दै अगाडि बढ्यौँ । दुई–तीन दिनको बासपछि हामी सिन्धुली पुग्यौँ । तर, हामीलाई बाटो देखाउने, हामीले क्रान्तिकारी भाषण गर्दा ताली बजाउने र हामीलाई खान–पिन गर्न सहयोग गर्नेहरू सबै हामीसँगै बास बस्थे !
साथीहरू आपसमा कुरा गर्दा हामी एक निचोडमा पुग्यौँ, हामी क्रान्तिकारीहरूलाई सरकारले ‘बुर्जुवा’ (पुँजीवादी) बनाउन मीठो–मीठो खाना, नयाँ जुत्ता र लुगाको बन्दोबस्त गर्दै छ । यसकारण, हामी भाग्नैपर्छ । एक जना सिपाहीले हामीलाई बताएअनुसार पूर्व १ नं. (काभ्रे) देखि नै हाम्रो पछाडि गुप्तचरहरू पठाइएको रहेछ र हाम्रो हेरचाह गर्नसमेत मानिस लगाइएको रहेछ । हाम्रो तर्फबाट केही अनिष्ठ नहोस् र अरूबाट पनि हामीमाथि नराम्रो नहोस् भनी बन्दोबस्त मिलाइसकिएको र बडाहाकिमलाई घरबाट सूचना दिइसकिएको रहेछ !
सिन्धुलीको सदरमुकाममा हामी पक्राउ प¥यौँ । हाम्रा बन्दूकहरू सबै प्रहरीले राखे, हामीलाई एक कोठामा थुनियो । हामीलाई केही कष्ट नहोस् भनी बडाहाकिमले अ¥हाएका थिए । हामीले खसीको मासुसँगै मीठो खाना खायौँ । एकछिनपछि हाम्रो निम्ति नयाँ जुत्ता ल्याइए र नुहाउन फेर्ने लुगा, साबुन र रूमालहरूको पनि बन्दोबस्त भएको सुन्यौँ ।
साथीहरू आपसमा कुरा गर्दा हामी एक निचोडमा पुग्यौँ, हामी क्रान्तिकारीहरूलाई सरकारले ‘बुर्जुवा’ (पुँजीवादी) बनाउन मीठो–मीठो खाना, नयाँ जुत्ता र लुगाको बन्दोबस्त गर्दै छ । यसकारण, हामी भाग्नैपर्छ । एक जना सिपाहीले हामीलाई बताएअनुसार पूर्व १ नं. (काभ्रे) देखि नै हाम्रो पछाडि गुप्तचरहरू पठाइएको रहेछ र हाम्रो हेरचाह गर्नसमेत मानिस लगाइएको रहेछ । हाम्रो तर्फबाट केही अनिष्ठ नहोस् र अरूबाट पनि हामीमाथि नराम्रो नहोस् भनी बन्दोबस्त मिलाइसकिएको र बडाहाकिमलाई घरबाट सूचना दिइसकिएको रहेछ ¤
हामीलाई पहरा दिने सिपाहीसँग हामी बजार घुम्छौँ भनी त्यहाँबाट उम्कियौँ । बन्दूक फिर्ता नदिँदा हामी सशङ्कित भइसकेका थियौँ ।
हामी तराईमा पुग्यौँ । हल्ला भइरहेको थियो – पूर्वबाट किराती सेना आईपुग्यो । मानिसहरू भन्दै थिए, आयकथुम्बा र अन्य केहीका नाम । केहीले भने, “तिनीहरूसँग दूरबीन छ र कालो चश्मा लगाएका कमान्डर घोडामा चढेका थिए । तिनीहरू क्षेत्री–बाहुनहरूलाई शोषक भन्दै सा¥है घृणा गर्थे । तिनीहरू नयाँ मानिसलाई विश्वास गर्दैनथे । त्यसकारण, हामी फार्मेसगञ्जको रेलबाट रक्सौलतिर गयौँ र दुई–चार दिनपछि हामी घर फक्र्यौँ ।”
श्रीमती शाह पनि आफ्ना श्रीमान्को किशोर क्रान्तिकारिता वा क्रान्तिकारी रोमानी भावना सुन्दै मुसुमुसु हास्ँदै थिइन् । देशको अन्यौल र अनिश्चित स्थितितिर औँल्याउँदै शाहजी भन्दै थिए, “पछि मैले सुनेँ – बेलायती गोर्खा सेनाका निवृत्त एक कमान्डर नै २००७ सालमा काडमाडौँ हान्ने उद्देश्य राख्थे । तर, उनी साधारण बिरामीकै अवस्थामा, सम्भवतः विष प्रयोगबाट मारिए । नेपालको त्यो अन्यौलको स्थितिमा दार्जीलिङमा पढेका एक अमात्यलाई पटनामा कुराकानी गर्न पठाइएको थियो । तर, बीपी कोइरालाहरू त्यस राई–लिम्बुका सेनाबारे बेखवर थिए ।”
पत्रकार मित्रले शाहजीसँग सोधे, “शाहजी तपार्इँ सम्भ्रान्त परिवारका किशोरहरूलाई बोल्सेविक क्रान्तिबारे पढाउने र पुस्तक दिने शिक्षक को हुनुहुन्थ्यो ?”
“आदरणीय शिक्षकको नाम हो – प्रेमबहादुर कंसाकार । पुस्तक ल्याउनुहुने साहु हुनुहुन्थ्यो – भक्तबहादुर श्रेष्ठ, बुक सेलर । सम्भवतः उहाँले नै राजा त्रिभुवनकहाँ सहिद धर्मभक्तमार्फत पुस्तकहरू पठाउनुहुन्थ्यो ।”
सम्भ्रान्त परिवारका किशोरहरू समेत शिक्षकमार्फत नै सन् १९१७ को बोल्सेविक क्रान्तिबाट प्रभावित भएको अध्ययनबाट पुष्टि हुन्छ ।
Leave a Reply