भर्खरै :

राज्यआतङ्कमा बाँचेको आसाम

अनुरव सैकाई
दमनको सिलसिला डिसेम्बर ११ को साँझबाट आरम्भ भयो ।
आसामको जोरहाटमा आफन्तको घरमा बसेका मानस कोनोवर र लक्ष्यज्योति गोगोईलाई प्रहरीले गिरफ्तार ग¥यो । आसामको किसान अधिकारको लागि लड्दै गरेको सङ्गठन कृषक मुक्ति सङ्ग्राम समितिको विद्यार्थी सङ्गठन ‘छात्रा मुक्ति सङ्ग्राम समिति’का मानस कार्यकारी सभापति र लक्ष्यज्योति उपाध्यक्ष हुन् ।
प्रहरीले उनीहरूलाई गिरफ्तार नगरेको, नियन्त्रणमा मात्र लिएको बताएको छ । उनीहरूलाई अर्को साँझ रिहा गरियो ।
तथापि त्यत्तिञ्जेल जोरहाट प्रहरी थानामा एउटा अर्को उजुरी दर्ता भइसकेको थियो । उजुरीमा मानस र लक्ष्यज्योतिसँगै अन्य दुई जनाको नाम पनि उल्लेख थियो ः दिव्यज्योति शर्मा र अखिल गोगोई । शर्मा कृषक मुक्ति सङ्ग्राम समितिका वरिष्ठ नेता हुन् भने अखिल सो समूहका संस्थापक, सल्लाहकार र सर्वत्र चिनिने व्यक्तित्व हुन् । वामपन्थी विचारको सो समूहको स्थापना सन् २००५ मा भएको थियो । भूमिहीनहरूको भूमि अधिकार रक्षाको निम्ति यो समूहले गतिविधि गर्दै आएको छ । तर, पछिल्ला महिनामा भने यो समूहका गतिविधि मूलतः नागरिकता संशोधन ऐन (सीएए) को विरोधमा केन्द्रित छन् ।
डिसेम्बर १२ मा दर्ता गरिएको प्रहरी उजुरीमा चार जना अभियन्ताविरुद्ध चौध वटा अभियोग लगाइएको थियो । उनीहरूविरुद्ध आपराधिक षड्यन्त्र, उपद्रव मच्चाएको, गैरकानुनी सभा आयोजना गरेको, साम्प्रदायिकता फैलाएको, सार्वजनिक हानी गरेको आदि धेरै अभियोग थोपरिएको छ ।
उनीहरूविरुद्ध प्रहरीमा उजुरी दर्ता हुुनु अघिल्लो दिन आसामको सबभन्दा ठूलो सहर र राजधानी गुवाहाटीमा नागरिकता संशोधन ऐनविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको थियो । गाउँ–गाउँबाट आएका प्रदर्शनकारीहरूलाई तर्साएर प्रदर्शनमा सहभागी बन्न दिइएको थिएन । स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । इन्टरनेट सेवा बन्द गरिएको थियो ।

आसामका अन्य केही सङ्गठनका केही वरिष्ठ नेताहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यहाँ भइरहेका विरोध प्रदर्शनको अग्रमोर्चामा अखिल आसाम विद्यार्थी सङ्गठन र असोम जातीयतावादी छात्रा परिषद् छन् । दुवै सङ्गठन आसामका प्रभावशाली जनवर्गीय सङ्गठन हुन् । तर, ती सङ्गठनका कुनै पनि उच्चपदस्थ व्यक्तिहरू आजसम्म पक्राउ परेका छैनन् ।

तथापि हिंसा भड्कियो । डिसेम्बर १२ को दिन डिब्रुगढको चबुआ बजारमा प्रदर्शनकारीहरूले लगभग सबै राज्यनियन्त्रित बन्दोबस्त ठप्प पारे । रेलवे स्टेसन, स्थानीय हुलाक कार्यालय र सुरक्षासँग सम्बन्धित कार्यालय बन्द गराएका थिए । उनीहरूले स्थानीय संसद्को कार्यालयसमेतमा आगजनी गरेका थिए ।
जोरहाटमा नागरिकता संशोधन ऐनको विरोधमा आयोजना गरिएको सभामा सहभागी बन्ने क्रममा अखिल गोगोई, दिव्यज्योति शर्मा, मानस कोनोवर र लक्ष्यज्योति गोगोईलाई प्रहरीले गिरफ्तार ग¥यो । यो त सुरुआत मात्र थियो ।
आतङ्कवादको अभियोग
डिसेम्बर १३ को मध्यरातभन्दा एक घण्टाअघि मनोरञ्जन मुजिमदार नामका एक नायब इन्स्पेक्टरले गुवाहाटीको चन्दमारी प्रहरी चौकीमा अर्को उजुरी दर्ता गरे ।
“एउटा गोप्य सूचना प्राप्त भएको छ”, सन् २००९ मा ‘क्रान्तिकारी कम्युनिस्ट केन्द्र’ नामको माओवादी सङ्गठनसँग कृषक मुक्ति सङ्ग्राम समितिलाई अखिल गोगोईले ‘गोप्यरूपमा मिलाएको’ दाबी गर्दै मुजमदारले भने । त्यसपछि क्रान्तिकारी कम्युनिस्ट केन्द्र प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सँग मिलेको थियो । गोगोईले धेरै पटक माओवादी बैठकहरू आयोजना गरेको र ‘सङ्गठनको कामको सिलसिलामा दिल्लीलगायत भारतका विभिन्न स्थानमा भ्रमण गरेको’ प्रहरी उजुरीमा आरोप छ ।
प्रहरी उजुरीमा अझ अघि लेखिएको छ–“भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को बृहत् षड्यन्त्रको हिस्साको रूपमा उनी र उनका अरू साथी आतङ्कवादी ऐनअन्तर्गत आउने गतिविधिको लागि दुरुत्साहन, षड्यन्त्र, वकालत र संलग्न हुँदै आएको पाइयो ।”
उजुरीको अन्तिम अनुच्छेदमा षड्यन्त्रमा संलग्न भएको भन्दै अरू तीनजना–मानस कोनोवर, धैर्जे कोनोवर र बिटु सोनोवलविरुद्ध मुद्दा दायर गरियो । धैर्जे कोनोवर कृषक मुक्ति सङ्ग्राम समितिका महासचिव र सोनोवल विद्यार्थी सङ्गठनका सभापति हुन् ।
उनीहरू सबैले ‘नागरिकता संशोधन ऐनविरोधी प्रदर्शनलाई अवसरको रूपमा प्रयोग गरेको’ उजुरीमा निष्कर्ष निकालिएको छ । उनीहरूका गतिविधिले ‘आसामको सुरक्षा र सार्वभौमिकतामाथि खतरा पारेको’ र ‘राष्ट्रिय एकता’ मा खलल पु¥याएको उल्लेख छ ।
आपराधिक षड्यन्त्र र गैरकानुनी सभाको अभियोगको अतिरिक्त उजुरीमा राजद्रोहको आरोप पनि लगाइएको छ । गैरकानुनी गतिविधि रोकथाम ऐन सामान्यतः आतङ्कवादीसम्बन्धी गतिविधि नियन्त्रणमा प्रयोग गरिने कानुन हो । उनीहरूविरुद्धको अभियोगमा यो कानुनलाई पनि जोडिएको छ ।
अर्को दिन डिसेम्बर १४ मा गृहमन्त्रालयले विशेष केन्द्रीय प्रतिआतङ्कवादी एकाइ ‘राष्ट्रिय अनुसन्धान एजेन्सी’लाई ‘विषयवस्तुको गम्भीरताको आधारमा’ सो मुद्दा हेर्न परिचालन ग¥यो ।
कृषक मुक्ति सङ्ग्राम समिति किन ?
नागरिकता संशोधन ऐनको विरोधमा आसाममा धेरै सङ्गठनले सडकमा विरोध प्रदर्शन गरेका छन् । नागरिकता संशोधन ऐनले भारतका तीन छिमेकी देश–बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानबाट आएका गैर–मुसलमान आप्रवासीलाई नागरिकता दिने व्यवस्था गरेको छ ।
भारतभरि नागरिकता संशोधन ऐन मुसलमानविरोधी विभेदकारी ऐन भएको भन्दै विरोध प्रदर्शन भइरहेको छ भने आसामलगायत उत्तरपूर्वी भारतका आदिवासी जनताले भने बङ्गलादेशबाट आएका आप्रवासीहरूले नागरिकता पाउँदा आफ्नो भौतिक तथा सांस्कृतिक अस्तित्व नै धरापमा पर्ने भन्दै चिन्ता गरेका छन् ।
आसामका अन्य केही सङ्गठनका केही वरिष्ठ नेताहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यहाँ भइरहेका विरोध प्रदर्शनको अग्रमोर्चामा अखिल आसाम विद्यार्थी सङ्गठन र असोम जातीयतावादी छात्रा परिषद् छन् । दुवै सङ्गठन आसामका प्रभावशाली जनवर्गीय सङ्गठन हुन् । तर, ती सङ्गठनका कुनै पनि उच्चपदस्थ व्यक्तिहरू आजसम्म पक्राउ परेका छैनन् । 
प्रहरीले सङ्गठनको आधारमा नेता–कार्यकर्तालाई पक्राउ गर्ने गरेको छ । “हामीले हिंसामा संलग्न ५ सत्न्दा बढी मानिस अहिलेसम्म पक्राउ गरेका छौँ”, आसाम प्रहरी प्रमुख भास्कर ज्योति महन्थले जानकारी दिए, “हामीले को कुन समूहको भन्ने विषयलाई आधार मानेका छैनौँ । हिंसामा संलग्न वा हिंसा भड्काउनमा मद्दत गरिरहेको आधारमा हामीले मानिसलाई पक्राउ गरेका छौँ ।”

तर, प्रहरीको यो कुरा सबैले पत्याएका छैनन् । कृषक मुक्ति सङ्ग्राम समितिप्रतिको पूर्वाग्रह प्रस्टै बुझिन्छ । यो सङ्गठन आसाम सरकारको लागि धेरै अघिदेखिको टाउको दुःखाइको विषय बन्दै आएको छ । पहिलेको काङ्ग्रेसको शासनमा भूमिहीनको लागि भूमि अधिकारको माग राख्दै यो समितिले प्रदर्शनहरू आयोजना गरेको थियो । साथै, उत्तरपूर्वमा बनाइएका ठूला बाँध परियोजनाको विरोधमा आन्दोलनको नेतृत्व त्यही सङ्गठनले गरेको थियो ।
सन् २०१६ को अप्रिलमा भारतीय जनता पार्टी (भाजपा) सरकारमा आएपछि प्रान्त सरकारसँगको द्वन्द्व अझ पेचिलो बन्दै गयो । यसको एउटा कारण समितिले भाजपाको पक्षमा मतदान नगर्न त्यहाँका जनतालाई आह्वान गरेको थियो । गोगोईलाई बारम्बार पक्राउ गरियो । उनले सन् २०१६ मा ७० दिन जेलमा बिताएका थिए । सन् २०१७ को सेप्टेम्बरमा उनलाई राजद्रोहको अभियोगमा साढे दुई महिना जेलमा राखिएको थियो । सन् २०१९ को जनवरीमा फेरि एकपल्ट उनीविरुद्ध राजद्रोहको अभियोग लगाइयो ।
अखिल गोगोईका सल्लाहकार मानिएका वरिष्ठ राजनीतिक टिप्पणीकार हिरेन गोहैनले गोगोईलाई नागरिकता संशोधन ऐनविरुद्ध जुन प्रदर्शनमा सहभागी भएको भनी पक्राउ गरिएको छ, ती प्रदर्शनमा उनी सहभागी नै नभएको बताए ।
डिसेम्बर ११ र १२ को जस्तो ‘स्वस्फुर्त जनआक्रोशको विस्फोटन’ निम्त्याउन पुग्ने गोगोईको ‘त्यत्ति बिघ्न प्रभाव नभएको’ गोहैनको भनाइ छ ।
पक्राउको सिलसिला
आसाम प्रहरीबाट गोगोईलाई मात्र पक्राउ गरिएको होइन । डिसेम्बर ११ को विरोध प्रदर्शन यता आसामका जिल्ला–जिल्लाका ठूलो सङ्ख्यामा कृषक मुक्ति सङ्ग्राम समितिका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबै विरुद्ध मूलतः एउटै अभियोग लगाइएको छ । एउटा अभियोगबाट उनीहरूले मुक्ति पाएलगत्तै अर्को अभियोगमा गिरफ्तार गरिंदै आएको छ ।

कृषक मुक्ति सङ्ग्राम समितिका नेता अखिल गोगोई


उदाहरणको लागि, गुवाहाटी प्रहरीले धैर्जे कोनोवर र बिटु सोनोवलविरुद्ध डिसेम्बर १४ मा ‘गुवाहाटीमा डिसेम्बर ११ मा भएको हिंसाको मुख्य योजनाकार’ को आरोपमा पक्राउ ग¥यो । उनीहरूलाई गैरकानुनी भेला, उपद्रव, कफ्र्यु उल्लङ्घन, सर्वसाधारणको जीवन र सुरक्षा खतरामा पारेको र प्रहरीमाथि हमला गरेको जस्ता भारतीय फौजदारी कानुनअन्तर्गतका नौ वटा अभियोगमा पक्राउ गरिएको थियो ।
डिसेम्बर १६ मा दुई जना कार्यकर्तालाई रिहा गरियो । तर, लगत्तै केही मिनेटभित्रै अर्को कुनै अभियोगमा उनीहरूलाई पक्राउ गरियो । सबैजसो अभियोग उस्तै खालका देखिन्छन् । तर, भिन्नभिन्न सहरका प्रहरी चौकीमा उनीहरूविरुद्ध उजुरी दर्ता गरिएको छ ।
एक सातापछि जनवरी ७ मा राष्ट्रिय अनुसन्धान एजेन्सीले उनीहरूलाई हिरासतमा लियो । जोरहाट मुद्दामा मानस कोनोवरले सफाइ पाए । तर, जनवरी २३ मा उनलाई एजेन्सीले नै पुनः पक्राउ ग¥यो ।
प्रहरीले यस प्रकार पक्राउको सिलसिला नै चलायो । गोवाहाटीभन्दा पर तल्लो आसामको बोनगाई गाउँमा कृषक मुक्ति सङ्ग्राम समितिका तीनजना जिल्लास्तरीय नेताहरू महिधर राय, नन्ददेव नाथ र सैलिन दासलाई विगत एक महिनादेखि जेलमा कैद गरिएको छ । नाथमाथि उस्तै चार वटा मुद्दा लगाइएको छ । उनीविरुद्ध विभिन्न धार्मिक समूहबीच साम्प्रदायिक उपद्रव भड्काएको आरोप पनि लगाइयो । राय र दासविरुद्ध समान प्रकृतिका आरोप लगाइएको छ ।
समितिका डिब्रुगढ एकाईका नेता शशी शेन्स्वा र डिबोजी बारुह पनि अहिले जेलमा छन् । उनीहरूविरुद्ध पाँच–पाँच वटा मुद्दा लगाइएको छ । शेन्स्वालाई जनवरी २० मा पक्राउ गरिएको थियो । बारुह जेलमा बसेको धेरै साता बितिसकेको छ । उनीहरूविरुद्धको एउटा मुद्दामा जनवरी १० मा उनीहरूले सफाइ पाए पनि अझै जेलकै कोठामा छन् ।
सोही समितिका अर्का नेता बिजु तामुली पनि अहिले जेलमा छन् । उनीविरुद्ध लगाइएका दस अभियोगमध्ये एउटा अभियोगमा त सफाइसमेत पाउन सकिन्न । ‘मानिसलाई मृत्युको भय वा गम्भीर क्षतिको डर देखाएर जबरजस्ती चन्दा सङ्कलन’ को आरोप फिर्ता लिन नमिल्ने मुद्दा हो ।
यस्ता दृश्टान्त धेरै छन् ।
‘जुझारु सङ्गठन’
कृषक मुक्ति सङ्ग्राम समितिलाई आक्रमणको निशाना बनाइनुको मूल कारण भने अरू सङ्गठनको तुलनामा यो सङ्गठनको सक्रियता र जुझारु गतिविधि भएको गोहैनको भनाइ छ । सन् २०१९ मा गोगोईसँगै उनीविरुद्ध पनि राजद्रोहको मुद्दा लगाइएको थियो ।
“कृषक समितिले उठाएका विषय आदिवासी जनतामा मात्र सीमित छैन । यसले व्यापक जनताको मुद्दाको प्रतिनिधित्व गरेको छ । दीर्घकालमा यो सङ्गठन सत्ताको लागि ‘ठूलो खतरा’ बन्न सक्छ”, उनले भने ।
सामाजिक वैज्ञानिक सञ्जय बारबोरा यो भनाइमा सहमत छन् । “कृषक मुक्ति सङ्ग्राम समितिले भूमि र स्रोतको विषयमा कुरा गरेको छ । यी मुद्दाले सरकारलाई तर्साएको छ”, उनले भने ।
“कम क्रान्तिकारी सङ्गठनहरू कानुनको अक्षर पालना गर्छन् । सरकारको लागि उनीहरू व्यवस्थापन गर्न सकिने हुन्छन्”, उनले भने ।
निराधार आरोप
कृषक मुक्ति सङ्ग्राम समितिका नेताहरू आफ्नो सङ्गठनले माओवादी विचारधारा मान्ने आरोप निराधार भएको बताउँछन् । “जनतालाई बिल्ला थोपर्ने यो सरकारको काम हो”, समितिका सहअध्यक्ष भास्को डी सैकियाले भने । कृषक समितिका अहिलेसम्म पक्राउ नगरिएका उनी नै मात्र एक जना पदाधिकारी छन् । “कम्युनिस्ट, माओवादी आदि भनेर जनतामा भय उत्पन्न गरेर हामीबाट टाढा राख्ने सरकारको दाउ हो । हिजो काङ्ग्रेसको सरकारले पनि त्यसै गरेका थिए । भाजपाले पनि अहिले त्यही गरिरहेको छ”, उनले भने ।
काङ्ग्रेसको सरकारले पनि गोगोईलाई धेरै पटक विभिन्न अभियोगमा पक्राउ गरेको थियो । सन् २०१० मा आसाम प्रहरीको गुप्तचरी प्रतिवेदनमा गोगोईको माओवादीहरूसँग सम्बन्ध भएको लेखिएको थियो । वास्तवमा अहिलेको प्रहरी उजुरी पनि यही आधारमा तयार गरिएको हो । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) भित्र घुसेका राष्ट्रिय अनुसन्धान कार्यालयका एक जना व्यक्तिको भनाइको आधारमा गोगोईको सम्बन्ध माओवादीसँग भएको प्रहरीले दाबी गर्दै आएको हो ।
ती व्यक्तिले दिएको बयानमा सन् २००९ मा मध्य आसामको गोलाघाटमा भाकपा (माओवादी) का केही सङ्गठन र कृषक मुक्ति सङ्ग्राम समितिका सदस्यको आयोजनामा एउटा बैठक भएको उल्लेख छ । त्यो बैठकपछि समितिका केही सदस्य भने माओवादीमा सामेल भएका थिए ।
तर, ती सदस्य को – को थिए, बयानमा उल्लेख छैन । नौ पृष्ठको सो बयानमा गोगोईको नाम मात्र उल्लेख छ ।
प्रहरीका वरिष्ठ अधिकारीहरूका अनुसार गोगोईले धेरै समयअघि माओवादी नेताहरूसँग भेटघाट गरेको भए पनि हालसालै उनी माओवादीमा संलग्न भएको कुनै प्रमाण फेला परेको छैन । त्यसो भए प्रहरी उजुरीमा प्रहरीले किन निराधार यस्तो कुरा लेख्यो ? दस वर्षअघि एक जना व्यक्तिले दिएको बयानलाई नै प्रहरीले किन आधार मानेको छ ?
उजुरी दर्ता गर्ने प्रहरी नायब इन्स्पेक्टर मुजमदारले आफू सो विषयमा बोल्न नसक्ने बताए । उनले सो विषयमा यो मुद्दा हेरिरहेका पुतुल भाष्याले भन्न सक्ने बताए । तर, भाष्याले यो मुद्दा राष्ट्रिय अनुसन्धान एजेन्सीले हेरिरहेको बताए । एक वरिष्ठ प्रहरी अधिकारीले अखिल गोगोईलाई सरकारले जसरी पनि पक्राउ गर्न खोजिरहेको र डिसेम्बर ११ मा सरकारले पक्राउ गर्ने निर्णय गरेको बताए ।
आन्दोलन
अखिल गोगोईको पक्राउ भारतमा राष्ट्रिय चासोको विषय बनेको छ । नागरिकता संशोधन ऐनको विरोधमा भारतभरि भइरहेका विरोध प्रदर्शनको क्रममा उनको रिहाइको माग उठेका छन् । तथापि गोगोई र उनका साथीहरूको रिहाइको लागि आसाममा अझै आन्दोलन उठ्न बाँकी नै छ ।
यसरी आन्दोलन उठी नहाल्नुको कारण आसामका मध्यमवर्गबीच गोगोईको लोकप्रियता पछिल्ला दिनमा घट्नुको सङ्केत पनि हुनसक्छ । त्यसको एउटा कारण बङ्गलादेशी मुसलमान समुदायप्रति उनको नरम सोचाइ पनि हुनसक्ने पर्यवेक्षकहरू बताउँछन् । आसामका मध्यमवर्गले ती मुसलमानहरूलाई ‘खतरा’ मान्दैआएका छन् । सन् २०१६ मा काजीरङ्गका बङ्गलादेशी मुसलमान बस्ती हटाउने सरकारको निर्णयको गोगोईले विरोध गरेका थिए । स्थानीय सञ्चारमाध्यमले काजीरङ्गका मानिसहरू अनाधिकृतरूपमा जङ्गल मासेर बसेका मानिस भनी प्रचार गरेका थिए ।
अखिल आसाम विद्यार्थी सङ्गठन र आसोम जातीयतावादी छात्र परिषद्ले समेत उनको रिहाइको माग गरेका छन् । “विरोध प्रदर्शनको क्रममा गिरफ्तार गरिएका सबै मानिसको रिहाइको हामी माग गर्छौँ । तर, मेरो विचारमा एक जना व्यक्तिको रिहाइमा भन्दा आन्दोलनलाई नागरिकता ऐन खारेज गराउने विषयमा केन्द्रित गर्नुपर्छ”, अखिल आसाम विद्यार्थी सङ्गठनका लुरिनज्योति गोगोईले भने ।
अहिलेको समय कृषक मुक्ति सङ्ग्राम समितिको निम्ति निकै चुनौतीपूर्ण समय बनेको छ । समितिका अधिकांश सदस्यहरू लुकेर हिँड्नुपरेको छ । हप्तौँदेखि नेता कार्यकर्ताको मोबाइल बन्द छ । “अवस्था यति विकराल छ । हामीले पत्रकारसँग कुरा गर्न पनि सोच्नुपर्ने भएको छ । भाजपाले हामीलाई दुश्मन करार गरेको छ”, कृषक समितिका नेता सैकाईले भने ।
स्रोत ः स्क्रोल.आईएन
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *