ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
- माघ ५, २०८२
अनुरव सैकाई
दमनको सिलसिला डिसेम्बर ११ को साँझबाट आरम्भ भयो ।
आसामको जोरहाटमा आफन्तको घरमा बसेका मानस कोनोवर र लक्ष्यज्योति गोगोईलाई प्रहरीले गिरफ्तार ग¥यो । आसामको किसान अधिकारको लागि लड्दै गरेको सङ्गठन कृषक मुक्ति सङ्ग्राम समितिको विद्यार्थी सङ्गठन ‘छात्रा मुक्ति सङ्ग्राम समिति’का मानस कार्यकारी सभापति र लक्ष्यज्योति उपाध्यक्ष हुन् ।
प्रहरीले उनीहरूलाई गिरफ्तार नगरेको, नियन्त्रणमा मात्र लिएको बताएको छ । उनीहरूलाई अर्को साँझ रिहा गरियो ।
तथापि त्यत्तिञ्जेल जोरहाट प्रहरी थानामा एउटा अर्को उजुरी दर्ता भइसकेको थियो । उजुरीमा मानस र लक्ष्यज्योतिसँगै अन्य दुई जनाको नाम पनि उल्लेख थियो ः दिव्यज्योति शर्मा र अखिल गोगोई । शर्मा कृषक मुक्ति सङ्ग्राम समितिका वरिष्ठ नेता हुन् भने अखिल सो समूहका संस्थापक, सल्लाहकार र सर्वत्र चिनिने व्यक्तित्व हुन् । वामपन्थी विचारको सो समूहको स्थापना सन् २००५ मा भएको थियो । भूमिहीनहरूको भूमि अधिकार रक्षाको निम्ति यो समूहले गतिविधि गर्दै आएको छ । तर, पछिल्ला महिनामा भने यो समूहका गतिविधि मूलतः नागरिकता संशोधन ऐन (सीएए) को विरोधमा केन्द्रित छन् ।
डिसेम्बर १२ मा दर्ता गरिएको प्रहरी उजुरीमा चार जना अभियन्ताविरुद्ध चौध वटा अभियोग लगाइएको थियो । उनीहरूविरुद्ध आपराधिक षड्यन्त्र, उपद्रव मच्चाएको, गैरकानुनी सभा आयोजना गरेको, साम्प्रदायिकता फैलाएको, सार्वजनिक हानी गरेको आदि धेरै अभियोग थोपरिएको छ ।
उनीहरूविरुद्ध प्रहरीमा उजुरी दर्ता हुुनु अघिल्लो दिन आसामको सबभन्दा ठूलो सहर र राजधानी गुवाहाटीमा नागरिकता संशोधन ऐनविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको थियो । गाउँ–गाउँबाट आएका प्रदर्शनकारीहरूलाई तर्साएर प्रदर्शनमा सहभागी बन्न दिइएको थिएन । स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । इन्टरनेट सेवा बन्द गरिएको थियो ।
आसामका अन्य केही सङ्गठनका केही वरिष्ठ नेताहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यहाँ भइरहेका विरोध प्रदर्शनको अग्रमोर्चामा अखिल आसाम विद्यार्थी सङ्गठन र असोम जातीयतावादी छात्रा परिषद् छन् । दुवै सङ्गठन आसामका प्रभावशाली जनवर्गीय सङ्गठन हुन् । तर, ती सङ्गठनका कुनै पनि उच्चपदस्थ व्यक्तिहरू आजसम्म पक्राउ परेका छैनन् ।
तथापि हिंसा भड्कियो । डिसेम्बर १२ को दिन डिब्रुगढको चबुआ बजारमा प्रदर्शनकारीहरूले लगभग सबै राज्यनियन्त्रित बन्दोबस्त ठप्प पारे । रेलवे स्टेसन, स्थानीय हुलाक कार्यालय र सुरक्षासँग सम्बन्धित कार्यालय बन्द गराएका थिए । उनीहरूले स्थानीय संसद्को कार्यालयसमेतमा आगजनी गरेका थिए ।
जोरहाटमा नागरिकता संशोधन ऐनको विरोधमा आयोजना गरिएको सभामा सहभागी बन्ने क्रममा अखिल गोगोई, दिव्यज्योति शर्मा, मानस कोनोवर र लक्ष्यज्योति गोगोईलाई प्रहरीले गिरफ्तार ग¥यो । यो त सुरुआत मात्र थियो ।
आतङ्कवादको अभियोग
डिसेम्बर १३ को मध्यरातभन्दा एक घण्टाअघि मनोरञ्जन मुजिमदार नामका एक नायब इन्स्पेक्टरले गुवाहाटीको चन्दमारी प्रहरी चौकीमा अर्को उजुरी दर्ता गरे ।
“एउटा गोप्य सूचना प्राप्त भएको छ”, सन् २००९ मा ‘क्रान्तिकारी कम्युनिस्ट केन्द्र’ नामको माओवादी सङ्गठनसँग कृषक मुक्ति सङ्ग्राम समितिलाई अखिल गोगोईले ‘गोप्यरूपमा मिलाएको’ दाबी गर्दै मुजमदारले भने । त्यसपछि क्रान्तिकारी कम्युनिस्ट केन्द्र प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सँग मिलेको थियो । गोगोईले धेरै पटक माओवादी बैठकहरू आयोजना गरेको र ‘सङ्गठनको कामको सिलसिलामा दिल्लीलगायत भारतका विभिन्न स्थानमा भ्रमण गरेको’ प्रहरी उजुरीमा आरोप छ ।
प्रहरी उजुरीमा अझ अघि लेखिएको छ–“भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को बृहत् षड्यन्त्रको हिस्साको रूपमा उनी र उनका अरू साथी आतङ्कवादी ऐनअन्तर्गत आउने गतिविधिको लागि दुरुत्साहन, षड्यन्त्र, वकालत र संलग्न हुँदै आएको पाइयो ।”
उजुरीको अन्तिम अनुच्छेदमा षड्यन्त्रमा संलग्न भएको भन्दै अरू तीनजना–मानस कोनोवर, धैर्जे कोनोवर र बिटु सोनोवलविरुद्ध मुद्दा दायर गरियो । धैर्जे कोनोवर कृषक मुक्ति सङ्ग्राम समितिका महासचिव र सोनोवल विद्यार्थी सङ्गठनका सभापति हुन् ।
उनीहरू सबैले ‘नागरिकता संशोधन ऐनविरोधी प्रदर्शनलाई अवसरको रूपमा प्रयोग गरेको’ उजुरीमा निष्कर्ष निकालिएको छ । उनीहरूका गतिविधिले ‘आसामको सुरक्षा र सार्वभौमिकतामाथि खतरा पारेको’ र ‘राष्ट्रिय एकता’ मा खलल पु¥याएको उल्लेख छ ।
आपराधिक षड्यन्त्र र गैरकानुनी सभाको अभियोगको अतिरिक्त उजुरीमा राजद्रोहको आरोप पनि लगाइएको छ । गैरकानुनी गतिविधि रोकथाम ऐन सामान्यतः आतङ्कवादीसम्बन्धी गतिविधि नियन्त्रणमा प्रयोग गरिने कानुन हो । उनीहरूविरुद्धको अभियोगमा यो कानुनलाई पनि जोडिएको छ ।
अर्को दिन डिसेम्बर १४ मा गृहमन्त्रालयले विशेष केन्द्रीय प्रतिआतङ्कवादी एकाइ ‘राष्ट्रिय अनुसन्धान एजेन्सी’लाई ‘विषयवस्तुको गम्भीरताको आधारमा’ सो मुद्दा हेर्न परिचालन ग¥यो ।
कृषक मुक्ति सङ्ग्राम समिति किन ?
नागरिकता संशोधन ऐनको विरोधमा आसाममा धेरै सङ्गठनले सडकमा विरोध प्रदर्शन गरेका छन् । नागरिकता संशोधन ऐनले भारतका तीन छिमेकी देश–बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानबाट आएका गैर–मुसलमान आप्रवासीलाई नागरिकता दिने व्यवस्था गरेको छ ।
भारतभरि नागरिकता संशोधन ऐन मुसलमानविरोधी विभेदकारी ऐन भएको भन्दै विरोध प्रदर्शन भइरहेको छ भने आसामलगायत उत्तरपूर्वी भारतका आदिवासी जनताले भने बङ्गलादेशबाट आएका आप्रवासीहरूले नागरिकता पाउँदा आफ्नो भौतिक तथा सांस्कृतिक अस्तित्व नै धरापमा पर्ने भन्दै चिन्ता गरेका छन् ।
आसामका अन्य केही सङ्गठनका केही वरिष्ठ नेताहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यहाँ भइरहेका विरोध प्रदर्शनको अग्रमोर्चामा अखिल आसाम विद्यार्थी सङ्गठन र असोम जातीयतावादी छात्रा परिषद् छन् । दुवै सङ्गठन आसामका प्रभावशाली जनवर्गीय सङ्गठन हुन् । तर, ती सङ्गठनका कुनै पनि उच्चपदस्थ व्यक्तिहरू आजसम्म पक्राउ परेका छैनन् ।
प्रहरीले सङ्गठनको आधारमा नेता–कार्यकर्तालाई पक्राउ गर्ने गरेको छ । “हामीले हिंसामा संलग्न ५ सत्न्दा बढी मानिस अहिलेसम्म पक्राउ गरेका छौँ”, आसाम प्रहरी प्रमुख भास्कर ज्योति महन्थले जानकारी दिए, “हामीले को कुन समूहको भन्ने विषयलाई आधार मानेका छैनौँ । हिंसामा संलग्न वा हिंसा भड्काउनमा मद्दत गरिरहेको आधारमा हामीले मानिसलाई पक्राउ गरेका छौँ ।”
तर, प्रहरीको यो कुरा सबैले पत्याएका छैनन् । कृषक मुक्ति सङ्ग्राम समितिप्रतिको पूर्वाग्रह प्रस्टै बुझिन्छ । यो सङ्गठन आसाम सरकारको लागि धेरै अघिदेखिको टाउको दुःखाइको विषय बन्दै आएको छ । पहिलेको काङ्ग्रेसको शासनमा भूमिहीनको लागि भूमि अधिकारको माग राख्दै यो समितिले प्रदर्शनहरू आयोजना गरेको थियो । साथै, उत्तरपूर्वमा बनाइएका ठूला बाँध परियोजनाको विरोधमा आन्दोलनको नेतृत्व त्यही सङ्गठनले गरेको थियो ।
सन् २०१६ को अप्रिलमा भारतीय जनता पार्टी (भाजपा) सरकारमा आएपछि प्रान्त सरकारसँगको द्वन्द्व अझ पेचिलो बन्दै गयो । यसको एउटा कारण समितिले भाजपाको पक्षमा मतदान नगर्न त्यहाँका जनतालाई आह्वान गरेको थियो । गोगोईलाई बारम्बार पक्राउ गरियो । उनले सन् २०१६ मा ७० दिन जेलमा बिताएका थिए । सन् २०१७ को सेप्टेम्बरमा उनलाई राजद्रोहको अभियोगमा साढे दुई महिना जेलमा राखिएको थियो । सन् २०१९ को जनवरीमा फेरि एकपल्ट उनीविरुद्ध राजद्रोहको अभियोग लगाइयो ।
अखिल गोगोईका सल्लाहकार मानिएका वरिष्ठ राजनीतिक टिप्पणीकार हिरेन गोहैनले गोगोईलाई नागरिकता संशोधन ऐनविरुद्ध जुन प्रदर्शनमा सहभागी भएको भनी पक्राउ गरिएको छ, ती प्रदर्शनमा उनी सहभागी नै नभएको बताए ।
डिसेम्बर ११ र १२ को जस्तो ‘स्वस्फुर्त जनआक्रोशको विस्फोटन’ निम्त्याउन पुग्ने गोगोईको ‘त्यत्ति बिघ्न प्रभाव नभएको’ गोहैनको भनाइ छ ।
पक्राउको सिलसिला
आसाम प्रहरीबाट गोगोईलाई मात्र पक्राउ गरिएको होइन । डिसेम्बर ११ को विरोध प्रदर्शन यता आसामका जिल्ला–जिल्लाका ठूलो सङ्ख्यामा कृषक मुक्ति सङ्ग्राम समितिका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबै विरुद्ध मूलतः एउटै अभियोग लगाइएको छ । एउटा अभियोगबाट उनीहरूले मुक्ति पाएलगत्तै अर्को अभियोगमा गिरफ्तार गरिंदै आएको छ ।

कृषक मुक्ति सङ्ग्राम समितिका नेता अखिल गोगोई
Leave a Reply