सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
– ली छिङछिङ
चिनियाँ कम्युनिस्ट पार्टीका प्रारम्भिक तहका सङ्गठन (सेल समिति) हरू चीनको राजनीतिक प्रणालीका महत्वपूर्ण हिस्सा हुन् । सन् २००८ मा गएको वेनचुआन भूकम्प र सन् २००३ मा सार्सको सङ्क्रमणजस्ता प्राकृतिक विपत्ति अथवा जनस्वास्थ्य महामारीको समयमा ती प्राथमिक सङ्गठनले सशक्त साङ्गठनिक परिचालनको क्षमता पुष्टि गरेका छन् । यसको सबभन्दा पछिल्लो दृष्टान्त मध्यचीनको हुपेई प्रान्तको राजधानी उहानबाट फैलिएको नोबल कोरोना भाइरसबाट हुने निमोनियाको सङ्क्रमणको प्रतिरोधमा उनीहरूले यतिबेला खेलिरहेको भूमिका हो ।
धेरै विदेशी तथा पश्चिमा सञ्चारमाध्यमलाई चीनमा प्रारम्भिक तहका पार्टी सङ्गठनको काम गर्ने शैलीबारे थाहा छैन । चीनको यो प्रणालीले कसरी काम गर्दोरहेछ भनी बुझ्न चीन बाहिरको संसारको निम्ति अहिलेको समय एउटा उपयुक्त अवसर हो । कोरोना भाइरसको महामारी अझै फैलिरहेको छ । चीनको अवस्था अझै पनि चिन्ताजनक छ । वास्तवमै यो महामारीको रोकथाम र नियन्त्रण गर्न हामीले हरेक समुदाय र घर–परिवारलाई जोड दिन अपरिहार्य छ । यो कामको लागि पार्टीका प्रारम्भिक समितिले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । महामारीको प्रतिरोध गर्न हामी सक्छौँ वा सक्दैनौँ भन्ने कुरा ती सङ्गठनको परिचालनमा निर्भर रहनेछ ।
सङ्क्रमण घना भएका क्षेत्रजस्तै उहानमा चीनका प्रारम्भिक तहका पार्टी समिति व्यापक परिचालन गरिएको छ । महामारीको प्रतिकार गर्न पार्टी समितिबीच प्रभावकारी सम्पर्क सञ्जाल बिस्तार गरिएको छ । उदाहरणको लागि, महामारी फैलिएपछि उहानबाट अन्यत्र गएका मानिस तत्काल पहिचान गरी उनीहरूलाई अलग राख्ने उचित बन्दोबस्त गरिएको छ । सङ्क्रमित बिरामीबाट रोगको सङ्क्रमण नहोस् भनी प्रारम्भिक समितिले कडा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । यसले स्थानीय स्तरमा रोग सङ्क्रमणको सम्भावना कम गरेको छ ।
सन् २०१८ को अन्त्यसम्ममा चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य सङ्ख्या ९ करोड नाघ्यो । प्रारम्भिक तहका सङ्गठनको सङ्ख्या ४६ लाख १० हजार पुगेको छ । ती सबै सङ्गठन पूर्णतः परिचालन भए एउटा ठूलो शक्ति बन्नेछ । आज चीन कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेको छ र यो प्रक्रियामा चिनियाँ कम्युनिस्ट पार्टीका प्रारम्भिक सङ्गठन तत्कालै लडाइँको अग्रमोर्चामा परिचालित छन् ।
वास्तवमा यी प्रारम्भिक समितिहरू आज ठूलो दबाब झेलिरहेका छन् । उदाहरणको लागि महामारी फैलिएसँगै उहानका अधिकांश अस्पतालहरूमा थामिनसक्नु भीड भयो । त्यत्तिबेला सङ्क्रमणको लक्षण नदेखिएका मानिसलाई घरमै हेरचाह गर्नुप¥यो । यसले उहानका प्रारम्भिक तहका पार्टी सङ्गठनको काम बढ्यो । हालैका वर्षमा उहानमा प्रारम्भिक तहका पार्टी सङ्गठन निर्माण प्रभावकारी बनेको छ । त्यसकारण स्थानीय चिनियाँ जनताबीच कोरोना भाइरसको महामारीविरुद्ध लड्न पार्टी समितिहरूलाई सहज भएको छ ।
सङ्क्रमण घना भएका क्षेत्रजस्तै उहानमा चीनका प्रारम्भिक तहका पार्टी समिति व्यापक परिचालन गरिएको छ । महामारीको प्रतिकार गर्न पार्टी समितिबीच प्रभावकारी सम्पर्क सञ्जाल बिस्तार गरिएको छ । उदाहरणको लागि, महामारी फैलिएपछि उहानबाट अन्यत्र गएका मानिस तत्काल पहिचान गरी उनीहरूलाई अलग राख्ने उचित बन्दोबस्त गरिएको छ । सङ्क्रमित बिरामीबाट रोगको सङ्क्रमण नहोस् भनी प्रारम्भिक समितिले कडा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । यसले स्थानीय स्तरमा रोग सङ्क्रमणको सम्भावना कम गरेको छ ।
प्रारम्भिक पार्टी सङ्गठनले रोगबारे जनचेतना फैलाउन पनि भूमिका खेलिरहेका छन् । उत्तरी चीनको भित्री मङ्गोलिया स्वशासित क्षेत्रका प्रारम्भिक समितिहरूले स्थानीय जनताको भाषामा छोटो श्रव्यदृश्य सामग्री बनाएर महामारी फैलिनबाट रोक्न जनचेतना फैलाउने जिम्मेवारी पूरा गरिरहेका छन् ।
चीनमा अहिले फैलिएको महामारीको प्रतिकारमा सम्पूर्ण प्रारम्भिक सङ्गठनले समग्रमा खेलिरहेको भूमिकाबारे अहिले नै मूल्याङ्कन गरिहाल्ने समय भएको छैन । तथापि चीनबारे थप कुरा जान्न केही विदेशी र विदेशी मिडियाको लागि यो उपयुक्त अवसर हो । चीन आज महामारीविरुद्ध लडिरहेको बेलामा केही पश्चिमा मिडिया चीनको राजनीतिक प्रणालीको अवमूल्यन गर्न लागिपरेका छन् । ती मिडियाले चीनमा प्रारम्भिक तहका पार्टी सङ्गठनको परिचालन बुझ्न सके राम्रो हुने थियो । त्यो कुरा बुझ्न सकेमात्र उनीहरूले चीनलाई थप वस्तुगत र विस्तृतरूपमा बुझ्न सक्नेछन् ।
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवाद ः अनिल
Leave a Reply