तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २१ माघ । विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर अस्पतालमा ‘म हुँ र म सक्छु’ नाराका साथ एक सचेतनामूलक कार्यक्रम मङ्गलबार सम्पन्न भयो । सन् २००० मा फ्रान्सको राजधानीमा सम्पन्न क्यान्सरसम्बन्धी विश्व सम्मेलनको निर्णयअनुसार क्यान्सर रोगबारे जनचेतना जगाउन प्रत्येक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर क्यान्सर दिवस मनाइन्छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको स्वास्थ्योपचारको जिम्मेवारी राज्यले लिनुपर्ने बताउँदै स्वास्थ्य क्षेत्र व्यापार–व्यवसाय हुन नहुने बताउनुभयो ।
देशका राष्ट्र प्रमुख र सरकार प्रमुख तथा नेता, मन्त्रीहरू स्वदेशमै उपलब्ध स्तरीय सेवा नलिई विदेशमा उपचार गर्न जाने गलत प्रवृत्तिले सरकारी र स्वदेशी अस्पतालको मनोबल घटेको र जनतामाझ विश्वासको सङ्कट सिर्जना भई बर्सेनि अरबौँ रुपैयाँ स्वास्थ्य उपचारको नाममा विदेश गइरहेको उहाँले औँल्याउनुभयो ।
निजी क्षेत्र र एनजीओ÷आइएनजीओलाई सरकारले अस्पताल सञ्चालन स्वीकृति दिएका कारण सरकारी अस्पतालको स्तरोन्नति हुन नसकेको उल्लेख गर्दै प्रमुख प्रजापतिले सेवा क्षेत्रमा स्वार्थी र व्यापारिक मानसिकताले कमिसन र नाफाको चलखेल बढिरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको घरदैलो नर्सिङ सेवाको स्वास्थ्य प्रतिवेदनअनुरूप भक्तपुरमा नसर्ने रोगको जोखिम बढिरहेको जानकारी दिँदै क्यान्सरजस्तो नसर्ने रोगबारे सचेतना जगाउन सके रोगको उपचारमा टेवा पुग्ने औँल्याउनुभयो ।
उहाँले भक्तपुर क्यान्सर अस्पतालले देशभरिका क्यान्सर रोगीहरूको सेवा गरिरहेको चर्चा गर्दै अस्पतालको जिम्मेवारी नजिकको सरकारको रूपमा रहेको स्थानीय तहमातहत हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठले क्यान्सर रोगसित लड्न उपचारलाई स्तरीय बनाउँदै लानुका अतिरिक्त क्यान्सरको रोकथाम र समयमै उपचारको निम्ति जनचेतनामूलक अभियान आवश्यक भएको औँल्याउनुभयो ।
उहाँले देशका २० प्रतिशत क्यान्सरका बिरामीको उपचार गरिरहेको भक्तपुर क्यान्सर अस्पताललाई सरकारले एनजीओले चलाएको अस्पताल भनी विभेद गरेको बताउनुभयो । भक्तपुर क्यान्सर अस्पताल आत्मनिर्भर अस्पताल भएको र कुनै एनजीओले चलाइरहेको अस्पताल नभएको बताउँदै उहाँले अस्पताललाई सङ्घ, प्रदेश वा स्थानीय सरकारमातहत राख्न माग गर्नुभयो ।
कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले भक्तपुर अस्पताल परिसरमा रहेका क्यान्सर अस्पताल, धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रलगायत तीनवटै अस्पताल मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका डा. रोशन प्रजापतिले धन्यवाद ज्ञापन गर्दै क्यान्सरको रोकथामको चेतनालाई विस्तार गर्नसके ठूलो उपचार खर्च जोगिन्छ भन्नुभयो ।
कार्यक्रममा डा. मुना कार्की र नर्स राधिका माकजूले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पताल, शिर मेमोरियल अस्पताल नर्सिङ्ग कलेज, काठमाडौँ मेडिकल कलेज र केयू मेडिकल कलेजका नर्स, डाक्टर तथा विद्यार्थीहरूले सचेतनामूलक नृत्य, गीतिनाटक, गीतलगायत प्रस्तुत गर्नुभयो ।
Leave a Reply